Blogger templates

Pages

Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

11 Jan 2012

गुरुकूलमा अन्तिम नाटक

२७ पुस, काठमाडौं । छिटै ठाउँ छोड्नुपर्ने तनाव भएपनि कलाकारहरुको जाँगर नसेलाएको देख्दा अचम्म लाग्छा । पहिले पजिले जस्तै गरि उनीहरु दर्शकलाई भरपुर मनोरञ्जन दिनको लागि नाटक मञ्चन गरिरहेका भेटिन्छन  ।
अब यो ठाउँमा  अन्तिम नाटक यही हो भन्ने थाहा पाएका दर्शकलाई भने  नाटकको दृश्यसँगै गुरुकूलको भौतिक संरचना देखेर टीठ लागेको छ । ‘जाँदाजाँदै भएपनि हामीले दर्शकका लागि मनोरञ्जनका लागि नाटक मेला गरेका हौं’ गुरुकूलका निर्देशक सुनील पोखरेलले बताउनुभयो  ।
काठमाडौंको पुरानो बानेश्वरमा रहेको आरोहण गुरुकूलमा अहिले अन्तिम नाटक मेला भैरहेको छ । गत पौष  २२ गतेदेखि सुरु भएको मेला २९ गतेसम्म चल्ने गुरुकूलले जनाएको छ । पहिलो दिन ‘अटलबहादुरको आतंक’, दोस्रो र तेस्रो दिन ‘बुख्याँचा’ मञ्चन भैसकेपछि अहिले ‘मायादेवीको सपना’ मञ्चन भैरहे जानकारी प्राप्त भएको छ । नाटकमेलामा पहिलेजस्तै अहिले पनि दर्शकको उत्तिकै घुईंचो लाग्ने गरेको गुरुकूलले जनाएको छ । ‘दैनिक दुईसय भन्दा धेरै दर्शकले मेलामा सहभागी जनाउने गरेका छन्’ गुरुकूलका रंगकर्मी रामहरि ढकालले बताउनुभयो ।
जग्गाधनीले जग्गा बेचेपछि गुरुकूल तत्कालको लागि बन्द हुने अवस्थामा पुगेको हो । पौष मसान्तसम्म मात्रै म्याद भएकाले अब कहाँ जाने भन्ने चिन्ता कलाकारहरुलाई छ । अर्को ठाउँ नभेटिएकाले तत्काल बन्द बाहेक अर्को विकल्प नभएको गुरुकूलले बताएको छ । ‘जग्गाधनीले छोड्न भनिसकेपछि अब हामी नियमित नाटक प्रदर्शन गर्न नसक्ने अवस्थामा पुगेका छौं’ पोखरेलले भन्नुभयो ।
आरोहण गुरुकूलले विगत ९ वर्षदेखि पुरानो बानेश्वरमा जग्गा भाडा लिएर नाटक प्रदर्शन तथा प्रशिक्षण कार्यक्रम गर्दै आएको छ । अहिले गुरुकूलका भौतिक संरचना धमाधम भत्काउने काम भैरहेको छ । त्यहाँका भौतिक सामान र कलाकारलाई कसरी व्यवस्थित गर्ने भन्ने चिन्ता भएपनि गुरुकूलले २९ गतेसम्म नाटक मेलालाई निरन्तरता चाहिं दिने भएको छ ।

No comments:

Blogger news