आज घरमा बत्ती, पंखा, टिभि निभाउन बिर्सनुभयो ? यस्तै हुन्छ हतारमा । मोटर चलाएर पानी पनि तान्नुपर्ने होला ? यस्तै यस्ते अन्य धेरै समस्याहरु हामी आम मानिसको समस्या हो तर अब चिन्ता नलिनुस । किनकि अब तपाई जहाँ भएपनि मोबालको एसएमसबाट यी सबै कामहरु गर्न सक्नुहुनेछ । यस्तो समस्याको समाधान गर्ने उपाया निकालेका हुन् लुम्बिनी इन्जिनियरिङ कलेज भलबारीका विद्यार्थीहरुले
बिई इन्जिनियरीङ अध्ययन गरिरहेका विद्यार्थीहरुले होम बेस्ड अप्लाएन्स कन्ट्रोलर बनाएका हुन् । यो सेवा सुचारु गर्नका लागि घरमा एसएमएस डिभाइस राखिन्छ र विद्युतीय स्वीच नम्बर तोकिन्छ । त्यसपछि तपाई जहाँ भएपनि जुनसुकै मोबाइलबाट पनि एसएमएस गरेर बत्ती अन अफ गर्न सक्नुहुनेछ । दैनिक जीवनमा प्रयोग हुने यी सामान त्यक्ति महंगो पनि नभएको यसको निर्माण गर्ने विद्यार्थीहरु बताउँछन् । करिव दश हजार रुपैयाँको लागतमा सबै काम गर्न सकिने यो सुविधाले विभिन्न किसिमका दुर्घटनाहरुबाट बचाउने काम पनि गर्छ । विद्यार्थीहरुले गरेको यो कार्यप्रतिको प्रोत्साहन दिने उद्देश्यले उक्त जिल्लामा विभिन्न कार्यालयहरुमा यसको माग भइरहेको बताएका छन् । त्यस्तै कक्षा समय अनुसार घन्टी बज्ने अनि व्यक्ति पिच्छे पंखा चालु हुने र बन्द हुने प्रविधिको पनि यी विद्यार्थीहरुले निर्माण गरेका छन् ।
No comments:
Post a Comment