लैङ्गिक भेदभाव विश्वभरी नै एउटा बढ्दो समस्याको रुपमा देखापरेको छ । एउटा लिङ्गद्वारा विपरीत लिङ्गमाथि भेदभाव भैरहेको छ । जसले एउटा गम्भिर प्रश्न खडा गरेको छ कि यसलाई कसरी रोक्न सकिन्छ ? यदि हामीले समयमा नै यसप्रति सजगता अपनाएर सहकार्य गरि हाम्रो देशमा यस्ता घिनलाग्दा कार्यलाई रोक्न सकिन्छ ।
Showing posts with label लेख रचना. Show all posts
Showing posts with label लेख रचना. Show all posts
10 Mar 2014
26 Feb 2014
कलियुगको विष सेवनले केही हुँदैन
शुक्राचार्यको शक्ति प्राप्तिले दैत्यराज बलिको राज्यमा दैत्य, असुर तथा दानव अति प्रबल भएका र त्यही बेला देवराज इन्द्र दुर्वासा ऋषिको श्रापले शक्तिहीन भएका थिए भने दैत्यहरुको राज तिनै लोकमा भएको थियो । यसबाट स्वर्गका राजा इन्द्रदेव सहित सम्पूर्ण देवगण त्यसबाट एकदमै भयभित भएका थिए । यस किसिमको समस्या समाधानको लागि केवल विष्णु नै सक्षम भएको भनि सम्पूर्ण देवगणमा छलफल चल्यो र ब्रम्हासहित सम्पूर्ण देवगण विष्णु भगवान् कहाँ पुगेर स्तुति गर्दै विष्णुलाई आफ्ना सम्पूर्ण समस्याको कथन गरे । तब भगवान् विष्णुले मधुर वाणीमा भन्नुभयो कि यस समय तपाइहरुको लागि संकटकाल छ । दैत्य, दानव, असुरहरुको उन्नति भैरहेको छ र तपाईहरुको अवनति हुँदैछ । त्यसैले यो संकटकाललाई मैत्रीपूर्ण भावले व्यतीत गर्नुपर्दछ । तपाईहरु दैत्यहरुसँग मित्रता गर्नुहओस् अनि क्षीर सागरमा मन्थन गरेर त्यसबाट अमृत निकालेर सेवन गर्नुहोस् । दैत्यको सहायताले यहो कार्य सहजै सफल हुन्छ । यस कार्यको लागि दैत्यहरुको हरेक शर्तहरु मान्नुहोस् र अन्त्यमा आफ्ना् काम सम्पन्न गर्नुहोस् । यसरी अमृत पिएपछि तपाईहरु अमर हुनुहुनेछ अनि तपाईहरुमा दैत्यलाई मार्नको लागि सामथ्र्य पैदा हुन्छ ।
14 Feb 2014
नेपाली शिक्षाको सार तत्व
न्युन स्तरको सरकारी शिक्षा र गुणस्तरीय शिक्षामा सर्वसाधारणको पहुँच यी दुइ असमानता नै नेपालका शैक्षिक क्षेत्रले भोगिरहेका दुई मुख्य समस्याहरु हुन् । यो समस्या समाधान गर्नको लागि एकिकृत रुपमा एकै दृष्टिकोण भएको सूचना, सञ्चार तथा प्रविधिमा आधारित मूल आधारका शिक्षा पद्धति लागु गर्नुपर्ने हुन्छ । उच्च शिक्षा हासिल गर्न चाहने विभिन्न भौगोलिक स्थिति र आर्थिक स्थिति भएका विद्यार्थी, शिक्षक र अभिभावकहरुलाई पनि यसमा समेट्न सकोस् । त्यस्तै कितावलाई मात्र
1 Feb 2014
बृद्ध हुनु दोष हो ?
बृद्ध हुनु कसैको दोष हैन । समयको गतीसँगै जीवनमा एक पटक हरेकले यो अवस्थामा पुग्नै पर्छ । तर प्रायः कसैले पनि बुद्धावस्थालाई सहज रुपमा स्वीकार गर्न सकेको अवस्था छैन । आफू त्यहाँ नपुग्दा सम्म प्रायः त्यो अवस्थाको बारेमा कल्पना पनि गरिँदैन । विशेषगरी वितेका केही दशक यता हाम्रो देशको उत्पादन प्रणालीमा आएको परिवर्तनसँगै जीवन शैलीमा पनि परिवर्तन आएको छ । अघिल्लो पुस्ताको पालासम्म अधिकाँश परिवार कृषि व्यवसायमा निर्भर थिए । खेती–पाती गर्ने, वस्तु–भाउ पाल्ने र परम्परागत ढंगले अगाडि बढ्ने प्रक्रियाले पारिवारिकसंरचना सहज ढंगले चलिरहेको थियो । एउटै घरमा बाजे–बज्यै, छोरा–बुहारी, नाती–नातिनी रहने
21 Jan 2014
विद्यार्थीमा सञ्चार प्रक्रियाका आधारभूत आवश्यक्ताको कमी
![]() |
| रामकृष्ण खतिवडा‘रविन्स’ |
- संसारमा जो कोही पनि संगठित रुपमा वा मौखिक रुपमा पढ्न, लेख्न र संवाद तथा संचार प्रक्रिया गर्न सक्षम छन् । तर दुर्भाग्यवश, धेरै जसो मानिसहरु अथवा विशेषगरी विद्यार्थीहरुमा सञ्चार गर्नको लागि चाहिने आधारभुत वा महत्वपूर्ण तत्वहरुको अभाव छ । यो एउटा विरोधाभासपूर्ण सत्य हो कि आजको २१ औं शताब्दिको युगमा पनि विश्वमा धेरै जसो विद्यार्थीहरु पूर्ण रुपमा शिक्षित छैनन् ।
6 Dec 2013
जेष्ठ नागरिक व्यवस्थापन एक चुनौती
बढ्दो जेष्ठ नागरिकहरुको संख्याको कारणले गर्दा आज सबै राष्ट्रको ध्यान यो विषयतिर दिनदिनै बढ्दैछ र यसबारे अन्तराष्ट्रिय समूह पनि विस्तारै कृयासिल हुँदैछन् ।
संयुक्त राष्ट्र संघले पनि आफ्नो वार्षिक कार्यक्रममा जेष्ठ नागरिकको कार्यक्रम जस्तो अक्टोबर १ तारिखलाई अन्तराष्ट्रि बृद्ध वर्ष र जुन १५ लाई विश्व जेष्ठ नागरिक दुव्र्यवहार विरुद्धको चेतना कार्यक्रम मनाउने गर्दछ जसलाई नेपालमा पनि मनाउँदै आइएको छ ।
28 Dec 2012
आलुवाद
आलु कस्तो मिलनसार छ भने गान्टोमा स्वयं गान्टे मूलादेखि लिएर अग्लोमा लौकासम्म चुच्चेमा स्वयं चुच्चेकरेलादेखि लिएर बुच्चेमा परवरसम्म, आँदिएकोमा गुन्दु्रकदेखि लिएर बाँधिएकोमा कुरिलोसम्म, जेसँग मिलाई दिनु होस् आलु ठ्याम्मै मिलि हाल्छ । त्यसैले धनी, गरिब, मानी, मगन्ते, विद्वान, लुम्फु, बुद्धिमान्, लट्ठु साराका भान्सामा आलुको समान सम्मान छ, समान प्रवेश र प्रतिष्ठा छ । यस अर्थमा आलूूलाई समाजवादी, समन्वयवादी, साम्यवादी तपाईं जे नाम दिनुहोस्, वस्तुतः आलुको मूल सिद्धान्त आलुवाद नै हो । जतिसुकै समानताको आदर्श राखे पनि आफू आफूमा मैले नगर्नु आलुवादको विशेषता हो ।
25 Dec 2012
18 Jan 2012
Behavior of Argiope bruennichi
Anyone can surprise while reading this news. We can find such a animal creature in the world where male will be killed and eaten after having sex. Male can also be happy to be killed. But, this story is not belong to the human creatures but to animal creatures. This story is about to Argiope Brunennichi type of spider. According to the research of German scientist female spider kill the male one after having sex to protect her child and make more effective. Is't this surprise ! we have to give one big salute to both of them for protecting child and giving die for child. Even some are not ready to die. 30 spider were selected on research and among them male one use to run away but female use to catch and kill than eat too. Counted as an honest creatures are being selfish so we have to be proud to this an innocent spider.
8 Nov 2011
Know yourself
How one can know other's capacity? This is not possible. Because after making relationship with then come to know slowly. Astrologist can also tell about you and about you're…….. But he/she can tell only that what his/her education thought them. Poet can't write poetry without peace environment. One popular say is there "Where sun can't goes there is poet". As same as, until man can't find his/her capacity he/she will not successes and can't get value of his/ her labor. Man can't get value of labor until thought deepness of work. See thief can also do labor but, if he will caught his labor will waist. Currently what we are doing this is only for daily needs. Several sisters and brother's are doing hard work and labor struggling too but they can't get success as their expectation. Yes! Same thing is happening because we have to care of our working place from where we can get exact value of our labor, time, capacity etc. One thing; no sure to be rich if we do labor it will automatically give's result when time come. We have to work and do labor until our body works. Lack of food to eat, lost/ loose of property etc. and 0 money at hand. These all are out cover of our life. Generally without money there is nothing but we don't have run after money. If so, there is no any big mistake in the world. In politics: Nelson Mandela, Abraham Lincoln, Mahatma Gandhi, Bishwersher Psd. Koirala, in cricket; Sachin Tendulkar , In football; Rakesh Shrestha, Madona look these person and thought a while they are getting or not their value of time, labor and capacity. I am also trying to follow the same way and request to all readers to follow as well
1 Sept 2011
सहि ठाउमा श्रम गरौ
हेर्दा कसले कसको क्षमता चिन्न सक्छ र ? यो सम्भव छैन । किनकि संगत गर्दै जाँदा सबै कुरा अलि अलि गरेर थाहा हुने हो । भन्न त बाटामा बस्ने ज्यातिषले पनि भन्छ तर उसको ज्ञानले जे देखाउँछ त्यहि नै हो त्यो बाहेक उसले अरु कुनै पनि कुरा भन्न, गर्न र देखाउन सक्दैछ । कविले गहिराईमा नडुबिकन कविता लेख्छ सक्दैन । भनाई न छ “जहाँ रवी पुग्दैन त्यहाँ कवि पुग्छ” त्यसै गरी जवसम्म मानिसले आफूमा भएको क्षमताको पहिचान गर्न सक्दैन, जवसम्म आफूमा भएको क्षमता प्रदर्शन गरेर देखाउँदैन तवसम्म उसले आफ्नो श्रमको सहि मूल्य पाउन सक्दैन । मानिसले जति मेहेनत गरेपनि उचित प्रतिफल त्यत्रिबेलासम्म प्राप्त गर्दैन जवसम्म उसले श्रमको गहिराईलाई नियाल्दैन । गर्न त चोर, फटाहाले पनि मेहेनत गर्छन् तर पक्रियो भने उनिहरुको मेहेनत त्यसै खेर जान्छ । त्यस्तै अहिले हामी मानिसहरु जति पनि दुःख, मेहेनत अथवा संघर्ष जो जो जे जे गरिरहेका छौँ त्यो केवल आवश्यक्ता पुरा गर्नको लागि मात्र गरिहेको छौँ । धेरै दाजु भाई, दिदि बाहिनिहरु मेहेनत गर्नुहुन्छ तर उचित प्रतिफल पाइराख्नु भएको छैन र सोचेजस्तो पनि हुँदैन । हो त्यस्तै भइरहेको छ किनकी हामीले मेहेनत गर्ने ठाउँको विषेश ख्याल गर्नुपर्छ । जसबाट आफ्नो श्रमको मूल्य, समय, क्षमता आदि इत्यादि सबैको मोल पाईयोस् । एउटा कुरा दुःख र संघर्ष गर्दैमा सुःख पाउनैपर्छ भन्ने कहिले पनि छैन । दुःख गरे सुख मिल्न सक्ला तर समय नआईकन कुनै पनि काम बन्दैन । आफ्नो तर्फबाट हात पाखुरी चलेसम्म कर्म गर्न छाड्नु हुँदैन । खान नपाउनु, आफन्त , धन सम्पत्ति आदि इत्यादि गुमाउन, बगलीमा एक पैसा नहुनु दुःख होइन त्यो त केबल बाहिरी आवरण हो । हुन त आजको समयमा पैसा नभईकन कुनै पनि चिन पाइन्छ तर त्यसो भन्दैमा पैसाकै पछि लाग्नु जस्तो महान् भूल संसारमा अरु कुनै भूल नै छैन । अमेरिकी राजनीनिमा नेलसन मन्डेला, अब्राहम लिकंन, भारतमा गान्धी, मनमोहन सिंह, नेपालमा विश्वेशेर प्रसाद कोइराला, त्यस्तै फुटबलका हस्ती म्याडोना, राकेश श्रेष्ठ, क्रिकेटमा सचिन तेन्डुल्कर आदि हस्तीहरुको संघर्ष हेर्नुहोस् उनीहरुले श्रम र समयको उचित मूल्य पाएका छन् कि छैनन् । म पनि यहि सिद्धान्तलाई शिरोपर गर्दै अघि बढिरहेको छु र पाठक वर्गबाट पनि यहि किसिमको अपेक्षा राख्दछु ।
1 Nov 2010
मेरो बिचार
म एउटा लेखक हुँ । मलाई लेख्न मन पर्छ । म एउटा पाठक पनि हुँ । मलाई पढ़न मन पर्छ । कहिलेकाहीँ मलाई लाग्दछ म एउटा पाठक नभएर एउटा लेखक पनि मात्र भएको भए कति धेरै पुस्तक लेख्थेँ होला । फेरि कहिलेकाहीँ मलाई यस्तो पनि लाग्दछ म एउटा लेखक नभएर एउटा पाठक मात्र भएको भए मैले कति धेरै पुस्तकहरू पढ्दथेँ होला । मैले अहिले त के पनि अनुभूत गर्न थालेको छु भने यदि म जागिरे नभएको भए मैले कति धेरै पुस्तक लेख्दथेँ होला । कति धेरै मुस्तक पढ्दथेँ होला । यसरी हेर्दा मेरो लेखनलाई अवरोध पु¥याउने मेरो लेखन मात्र रहेनछ । मेरो जागिर पनि एउटा तगारो रहेछ ।
मैले विश्वविद्यालयबाट डिग्री प्राप्त गरेको थिएँ । मलाई थियो मेरो त्यस्तो डिग्री वा प्रमाणपत्र जागिर खानको लागि नै हो । यदि मैले विश्वविद्यालयबाट डिग्री गरेर पनि जागिर खान्न भने मेरो त्यो डिग्रीको के काम भयो ? मैले डिग्री लिनुको अर्थ के भयो ? यसैले म के सोच्न वाध्य थिएँ भने हातमा डिग्री भएपछि मैले आफ्नो लागि जागिर नखाए पनि डिग्रीको लागि जागिर खानै पर्दछ । अर्काे कुरो यो पनि हो । जागिर खानु मेरो आवश्यक्ता पनि हो । पेट पाल्नको लागि पनि मैले जागिर खानै पर्दछ । पेट पाल्नको लागि भानुभक्तले त जागिर खाएका थिए भने म को हुँ र मैले जागिर नखाऊँ । आखिर इतिहारस हेर्दा कस्ता कस्ता ठूला ठूला लेखकहरूले त जागिर खाएका थिए भन्ने कुरा चाल पाइन्छ । शेक्सपियरले नाट्यशालामा जागिर खाएका थिए । शायद नाट्यशालामा जागिर खाएको हुनाले नै उनी विश्वविख्यात नाटककार भए । अंग्रेजी निवन्ध साहित्यका पिताा भनेर चिनिने फ्रान्सिस बेकनले पनि सरकारी जागिर खाएका थिए । अङ्ंगे्रजीका चर्चित कवि तथा समालोचक टिएस एलियट बैङ्कमा जागिरे थिए । अंङ्गे्रजीका प्रसिद्ध उपन्यासकार जोसेफ कोनार्ड नाविक थिए । उनले ब्रिटिस नेभीमा जागिर खाएका थिए । उनका उपन्यासमा समुन्द्री यात्राको वर्णन पाइन्छ । नोवेल पुरस्कारले विभूषित अमेरिकी लेखक अर्नेष्ट हेमिग्वे फौजी थिए । युद्धको बेलामा एम्बुलेनस चलाउँथे । प्रसिद्ध रुसी उपन्यासकार लियो टल्स ट्वाए सेनामा भर्ती भएका थिए । शायद सेनामा भएको कारणले नै उनले युद्ध र शान्ति जस्तो विश्व विख्यात उपन्यास लेख्न सके । हाम्रै मुलुकमा महाकवि लक्ष्मीप्रसाद देवकोटाले पनि एकपछि अर्को जागिर खान परेको हो । अर्का लेखन तगा कवि भीमनिधि तिवारी त जागिर खाएर यति आजित भएका रहेछन् कि उनले आफ्ना कवितामा जागिरे जीवन बिताउनुभन्दा गिद्ध भएरु सिनो खाई बाँच्न मन पराउने कुरा समेत पोेखे । दार्जिलिङका प्रसिद्ध लेखक रुपनारायण सिंह कलकत्ता हाइकोर्टका न्यायधीस थिए । आखिर उनी पनि जागिरे नै थिए । अङं्गे्रजीका उपन्यासका पिता भनेर चिनिने चाल्र्स डिकन्सको आर्थिक अवस्था यति कमजोर थियो कि उनले दस वर्षको उमेरमा जागिर खान प¥यो । कुनै बालश्रम कानुनले उनलाई जागिर खानबाट रोक्न सकेन । यस्तै अवस्था थियो । विश्व विख्यात अमेरिकी माक्र्सवादी लेखक हावर्ड फास्टको । उनले पनि आफ्नो गरिबीका कारणले कुनै विश्वविद्यालयको मुख देख्न पाएनन् । उनले मुख्यततः आफ्नो बालश्रमको अनुभवलाई आफ्नो विश्व विद्यालय बनाए ।
हुन त कति लेखक कविहरू आजभोली जागिर खान छोडेर कलम चलाएर नै आफ्नो जीविकोपार्जन गर्न थालेका छन् । उनीहरू लेख लेखेर नै पेट पाल्न सक्दछन् । उनीहरू किताब लेखेर नै ठूला ठूला महल बनाउन सक्दछन् । गगनचुम्बी भवन निर्माण गर्न सक्दछन् तर यस्ता लेखक हाम्रो देशमा अङ्गुलमा गनिन सकिने जति छन् । यसैले म जस्ता चार पाँच दशकसम्म कलम धस्दा पनि लेखक वा कविको मान्यता प्राप्त गर्न नसकेको प्राणीहरूले जागिरबिनाको जीवनको परिकल्पना गर्नु महामूर्खता नै हुन्छ होला शायद । यसैले म लेखक वा कवि हुन खोजेर मात्र हुँदैन । यथार्थ त के पनि हो जागिर खाएको हुनाले पनि म आफूले चाहे जस्तो कवि वा लेखक बन्न सकिरहेको छैन । कस्तो विडम्बना । लेखक वा कवि बन्नका लागि मैले जागिर खानै पर्ने । जागिर खाउकै कारणले म लेखक वा कवि बन्न नसक्ने । लेखक बनिहाले पनि जागिरमा बाँधिएर निकै महत्वपूर्ण समय खेर फाल्नुपर्ने ।
आजाभोली म सोच्न थालेको छु–मैले जागिरे जीवनबाट अवकाश लिएपछि कति धेरै लेखपढ गर्ने समय निकाल्दो हुँ । तर मलाई के कुराको डर पनि लागिरहेछ भने जागिरले मलाई फुर्सद दिए पनि लेखनले अध्ययनको लागि फुर्सद दिनेछैन । त्यसैलै म लेखनमा लागेँ भने मेरो अध्ययन रोकिन जानेछ । लेखन र अध्ययनलाई एक साथ अगाडि बढाउन सकिनेछैन । यसैले जागिरले मलाई दिने फुर्सद निरअर्थक हुन पुग्ने छ । जागिरबाट मैले फुर्सद पाए पनि मैले चाहे जसरी लेखनलाई अगाडी बढाउन सक्नेछैन । मैले चाहे जस्तै अध्ययनलाई अगाडि बढाउन सक्नेछैन ।
कुरा त्यति मात्र होइन, मैले जागिरबाट फुर्सद पाए पनि सामाजिक कार्यबाट फुर्सद पाउनेछैन । समाजमा बसेपछि असामाजिक बन्न भएन, भनिएकै पनि छ, मानिस सामाजिक प्राणी हो । त्यसैले मैले समाजका हरेक गतिविधिका हिस्सा लिनुपर्नेछ । सामाजिक कार्यमा सरिक हुन पर्नेछ । म विवाह व्रतबन्ध, पूजाआजा, झैझगडा, लेनदेन खेलकुद, चाडपर्व आदि जानुपर्नेछ । अझ कुरा त्यति मात्र होइन म कतै सभा सम्मेलन भए त्यसमा हाजिर जनाउन पुग्नुपर्ने छ । कतै जुलुस हडताल भए त्यसमा समोल हुन पुग्नुपर्नेछ । कतै नाराबाजी भए त्यसमा स्वरमा स्वर मिलाउनु पर्नेछ । कतै कुनै अन्तक्रिया भए त्यसमा वक्ता नभए पनि श्रोता बन्न पुग्नुपर्नेछ । कतै कवि सम्मेलन वा साहित्यक कार्यक्रम भए मेले त्यसमा उपस्थिति जनाइदिनु पर्नेछ । केही नभए एउटा अणु कविता भए पनि सुनाइदिनु पर्नेछ । कतै त म अतिथि वा प्रधान अतिथि पनि बनिदिनु पर्नेछ । फेरि कतै त म सम्मानित हुन पनि पुग्नु पर्नेछ । अभिनन्दित हुन पनि जानुपर्ने छ । यसरी हेर्दा मलाई मेरो जीवनको निकै महत्वपूर्ण समय मेरो लेखपढ बाहेकका कार्यमा खर्च गर्नुपर्नेछ । यसको अर्थ के हुनेछ भने मैले न चाहे जति अध्ययन गर्न सक्नेछ । न चाहे जति लेखन कार्यमा आफूलाई व्यस्त राख्न सक्नेछु । यसको अर्थ यही हुन्छ, मेरो अध्ययन र लेखनको कार्उ भनेको कार्यदेखि फुर्सद पाएको समय हो । भनौँ लेखन र अध्ययनको कार्य भनेको फुर्सदको समयको कार्य हो । शायद यही भएर होला लेखक कविहरूसँग कसैले कुनै पत्र—पत्रिकाका लागि लेखरचना मागेका उनीहरू भन्ने गर्दछन्—मलाई फुर्सद छैन । फुर्सद पाएँ भने म तपार्इँको पत्रिकाका लागि केही न केही त अवश्य कोर्नेछु । म यो भन्दिनँ, लेखक वा कविहरू सधैंँ फुर्सदमा हुन्छन् । लेखक र कविहरू सधैँ यो वा त्यो कार्यमा व्यस्त हुन्छन् । उसरी कति लेखक कवि त मादक पदार्थ सेवनमा पनि व्यस्त हुन सक्दछन् । हामीलाई थाहा भएकै कुरा हो भूपिले आफ्नो जीवनको पछिल्लो चरणमा कवितालाई भन्दा मदिरालाई प्रेम गर्न थालेका थिए । उनले आफ्नो फुर्सदको अधिकांश समय मदिराको सेवनमा नै खर्च गर्दथे । उनले त मदिराको महिमागानामा कवितै लेखेका थिए–मैले पिएकोमा...........। यही आलत हरिभक्त कटुवालको थियो । अलिकति मदिरा सेवन नगरी हरिभक्तको सरस्वती प्रसन्न हुँदैन थिइन् । आफ्नी सरस्वतीलाई उर्जावान् बनाउन पनि हरिभक्त कटुवालले मदिरापान गर्नै पर्दथ्यो । हिन्दीका प्रसिद्ध कवि हरिवंश राय बच्चनले त झन् मदिराको महिमागानमा महापुराण नै रचेका छन्— मधुशाला । जे होस् कति ऊर्जावान् लेखक कविहरूको अलिकति समय मधुशालाले पनि हजम गरेको छ । भट्टी पसलले पनि खाएको छ ।
कुरा जे भए पनि मेरो गन्थनको मुख्य विषय हो अध्ययन र लेखन । मेरो लेखनको सार हो लेखनले मेरो अध्ययनलाई कमजोर पारेको छ । फेरि मेरा लेखनले मेरो अध्ययनलाई कमजोर पारेको छ । मलाई लाग्दछ मेरो यो निष्कर्ष सही भए पनि सोह्रै आना सही होइन । सोहै्र आना सही कनि पनि होइन भने अध्ययन नै नगरी मैले आखिर के पो लेख्न सक्दछु र ? यसैले किन मेरो लेखनको लागि पनि मैले मेरो अध्ययनलाई अगाडि बढाउन पर्दछ । अध्ययनले मेरो लेखनलाई ओझिलो पार्दछ । बोझिलो पनि पार्दछ । अध्ययनले मेरो लेखनलाई ऊर्जा दिन्छ । प्रेरणा दिन्छ । बल दिन्छ । ताकत दिन्छ । यसैले लेखनको लागि पनि अध्ययन आवश्यक छ । कुरा यो पनि छ आखिर अध्ययन नगरेको मान्छेले के लेख्दछ ? उसको लेखनीमा के गहिराइ हुन्छ ? के व्यापकता हुन्छ ? हामीले बेकनको पढ्याँै भने त्यसमा अध्ययनको व्यापकता पाइन्छ । हामीले हैजलिटका निबन्ध पढ्यौ भने तिनमा पनि अध्ययनको व्यापकता पाइन्छ । चेष्टरटनका निबन्धमा पनि त्यसरी नै अध्ययनको व्यापकता पाइन्छ । शायद आफ्नो अध्ययनलाई व्यापक बनाउन नसकेको भए देवकोटाको निबन्धरू खोक्ता र बोक्ता मात्र हुन्थे होला । यसरी हेर्दा त मलाई लाग्दछ, मैले लेखनलाई अघि बढाउन पनि अध्ययनलाई अघि बढाउ आवश्यक छ । हुन त कुरो यो पनि छ । अध्ययन नै नगरेका मान्छेहरूले पनि गहिरा गहिरा कुरा भनेका छन.् । उनीहरूको हात नचले पनि मुख चलेको छ । उनीहरूले आफ्न कलमले कुनै पुस्तक नलेखे पनि उनीहरूका चेलाहरूले उनका वाणीलाई लिपिवद्ध गरिदिएका छन् । ब्रिटिस गणितज्ञ तथा दार्शनिक अल्फ्रेड ह्वाइटहेडले भनेका छन्—पश्चिमा दर्शनको इतिहास भनेकै प्लेटोमाथि लेखिएको पाद टिप्पणी मात्र हो । यिनै प्लेटोका गुरु सोक्तेटसले क, ख, ग, पनि पढेका थिएनन् । यस्ता मान्छेले आफ्ना हातले एक अक्षर लेख्ने कुरा पनि भएन तर पनि उनी प्राचीनकालमा सात बुद्धिमान मान्छेमध्ये एक मानिन्छन् । हिन्दीका सन्त कवि भनेर चिनिने कविरदास पनि कुनै पढे लेखेको व्यक्ति होइनन् तर पनि उनले मोखिक रचेका सुनाएका कविता उनका चेलाले लिपिवद्ध गरिदिएको हुनाले यतिबेला विद्यावारिधिका विद्यार्थीका लागि पढेका मान्छे थिए र ? सरस्वती आएर उनका जिब्रोमा आएर बसिदिएपछि कसको के लाग्छ र ? उनी संस्कृत वाङ्मयका महान् कवि तथा नाटककार भए । यसबाट के बुझिन्छ भने अध्ययनको लागि कुनै पुस्तक पल्टाउनु नै पर्दछ वा पुस्तकालय धाउनु नै पर्दछ भन्ने कुरा अनिवार्य शर्त भने होइन रहेछ । तर पनि हामीलाई के सोच्न वाध्य हुनुपर्दछ भने सोक्तेटस वा कविरदास ज्ञान वा अनुभव शुन्य व्यक्ति भने अवश्व थिएनन् । उनीहरूसित प्रशस्त ज्ञान हुँदो हो । उनीहरूसित प्रशस्त अनुभव हुँदो हो । यसबाछ के बुझिन्छ भने अनुभव पनि केही चीज रहेछ । शायद यही भएर पुष्पलालले भनेका थिए कि पढेकाले जान्दछ कि परेकाले जान्दछ । पढेकाले पनि नपरी जान्दैन । यसको अर्थ यही भयो व्यावहारिक ज्ञान अझ बढी उपयोगी हुँदो रहेछ । व्यवहारबिनाको अध्ययन अव्यवहारीक हुँदो रहेछ । व्यवहारबिनाको अध्ययनले गर्दा पण्डितहरू सबै कुुरा गुमाउनुभन्दा अलिकति पनि बचाउनु ठीक हो भनेर डुब्न थालेको टुप्पीमा समातेर टाउको छप्काउँदा रहेछन ।
भनिन्छ, व्यवहारबिनाको ज्ञानले मान्छे लङ्गडो हुन्छ । ज्ञानबिनाको व्यवहारले मान्छे अन्धो हुन्छ । यसबाट के बुझिन्छ भने ज्ञानको लागि अध्ययन मात्र पर्याप्त रहेनछ । मेरो यो लेखन मेरो ज्ञानसित सम्बन्धित छ भन्ने कुरा जगजाहेर छ । लेखाइको लागि ज्ञान चाहिन्छ । प्रश्न उठ्दछ— ज्ञान कहाँबाट आउँछ ? पक्कै हो, ज्ञान चिन्तन मननबाट आउँछ । ज्ञान वादविवाद र संवादबाट आउँछ । ज्ञान विश्लेषण र सश्लेष्णबाट आउँछ । ज्ञान अध्ययन र अनुसन्धानबाट आउँछ । ज्ञान अनुभवबाट आउँछ । ज्ञान प्यवहारबाट आउँछ । ज्ञान चाहे जहाँबाट आओस् लेखनको लागि ज्ञान चाहिन्छ ।
यी कुराको चर्चाले मलाई के दिव्य ज्ञान दिन्छ भने मैले मेरा लेखनबाट मेरो अध्ययनलाई बिदा दिन हुन्न त्यसरी मेरो अध्ययनबाट मेरो लेखनलाई बिदा दिन हुन्न । मेरो लेखनसित मेरो अध्ययनसित फ्युजन भएकै हुनुपर्दछ । संयोजन भएकै हुनुपर्दछ । मलाई लाग्दछ, अध्ययनबिनाको लेखन चीनी नहालेको चिया जस्तो हुन्छ । दाना नलागेको बाली जस्तो हुन्छ । फल नलागेको फूल जस्तो हुन्छ । प्राण नभएको शरीर जस्तो हुन्छ ।
कुरो जे भए पनि म पटक पटक यही कुरो सोच्न पुग्दछु कि मैले अध्ययनबाट बिदा पाए पनि लेखनलाई कति अघि बढाउन सक्दो हुँ । ठीक त्यसरी नै म पटक पटक यही कुरो सोच्न पुग्दछु कि मैले मेरो लेखनबाट बिदा पाए मेरो अध्ययनलाई कति अघि बढाउन सक्दो हुँ । मलाई कता कता मेरो अध्ययनले मेरो लेखनलाई रोके जस्तो लाग्दछ । कुन्नि किन म यस अवस्थामा मेरो लेखन र अध्ययनको फ्युजनलाई भुसुक्कै बिर्सिरहेको हुन्छु । कुन्नि किन म अध्ययनको महत्व लेखनमा हुन्छ र लेखनको महत्व अध्ययनमा हुन्छ भन्ने कुरालाई महत्व दिन खोविरहेको हुँदिन ।
यो कुरो पक्कै हो लेखनले अध्ययनको समय खान्छ । त्यसरी नै अध्ययनले लेखनको समय खान्छ । शायद यही भएर मैले अध्ययनमा डुबेको बेलामा लेखनलाई अघि बढाउनु हुँदैन । त्यसरी नै मैले लेखनमा डुबेको बेलामा अध्यययनलाई अघि बढाउनुहुँदैन । मैले एक पल पनि के कुरा भुल्नुहँुदैन भने लेखनको लागि अध्ययन आवश्वक छ । अध्ययनको लागि लेखन आवश्यक छ । यसैले मैले लेखनलाई अध्ययनको शत्रु ठान्नु हुँदैन । अध्ययनलाई लेखनको शत्रु ठान्नुहुँदैन । बरु असल हितैषी ठान्नु राम्रो हुन्छ ।
14 Sept 2010
अजबको तमासा
कुनै एक दिनको कुरा हो सभामा बादशाहले वीरबललाई भने ‘विरबल ! आज कुनै यौटा यस्तो तमाशा देखाउ जो कहिल्यै न त कहिले देखिएको होस् न त देखियोस् नै ।’ बादशाहको यस्तो मनसाय बुझेर वीरबलले मुस्कुराउँदै उत्तर दिए, ‘पृथ्वीनाथ, यो कुन ठुलो कुरा हो ! यसमा के छ र ! सरकारबाट जहिले आज्ञा बक्सिन्छ म त्यसै बेला त्यस्तो तमाशा देखाइदिन्छु ।’ वीरबलको त्यस्तो साहस देखेर बादशाहले, ‘भोलि नै देखाउ’ भने ।
तब वीरबलले, हैन महाराज । भोलि नै हैन, यसका लागि कमसेकम एक वर्षको समय मलाई बक्सनु पर्छ र यस तमाशाका लागि यथेष्ट द्रष्टव्यको पनि आवश्यक्ता पर्छ भने ।
बादशाहले भने—‘रुपियाँको लागि कुनै चिन्ता गर्नु पर्दैन । परन्तु हुन सक्छ भने समयचाहिँ अलि छोट्याउ । रुपियाँ जति भन्छौ उति अहिल्यै दिलाई दिन्छु ।
तब वीरबलले बिन्ती चढाए–‘प्रभु ! समय त मैले पहिले नै छोट्याएर भनेको हँु । यस गजबको तमाशाको लागि एक वर्षको समय र दुई लाख रुपियाँ अवश्य चाहिन्छ ।’ वीरबलको आग्रहलाई बादशाहले टालेनन् । उनले तुरुन्तै वीरबललाई दुई लाख रुपियाँ दिनु भन्ने राजकीय खजाञ्चीलाई फर्माए । खजाञ्चीबाट उसै दिन मिलेको दुई लाख रुपियाँ लिएर वीरबल आफ्नु घर गए । तब ती रुपियाँबाट एक लाख चै उनले तुरुन्तै ब्राह्मणलाई दान दिए र एक लाख चाहिँ आफूसँगै राखे ।
उता बादशाहले भने कुराको प्रशंगमा दिए, प्रसंग बदलिए पछि यी सब कुरा बिर्से पनि । यस्तैमा एक दिन विरमीको बहाना बनाएर घरै बसे, दरबार गएनन् । जब बादशाहको बोलाहट आयो त ‘आज तबीयत एकदम ठीक छैन सके भने भोलि आउँला भनेर खबर पठाइदिए । बादशाहले एकाएक वीरबलको तवीयत खराब छ भन्ने सुन्ने बित्तिकै उपचारका लागि ठूला—ठूला नामी—नामी बैद्यहरु पठाइदिए परन्तु उनको बिरामी निको भएन । आखिरमा बादशाह स्वयं नै वीरबललाई हेर्न आए तर वीरबल बोल्नै नसक्ने जीतो गरी हिकिके हिकिक् गर्दै ‘पृथ्वीनाथ, अब म जान्छु भने ।
वीरबलको त्यस्तो निराशजनक कुरो सुनेर बादशाहले उनलार्ई ढाडस दिँदै भने, “हैन वीरबल ! हैन, यस्तो कदापी हँुदैन, तिमी चाँडै नै आरोग्य भैजानेछौ, तिमी नहुँदा जस्ता कष्टले मेरा दिन बित्छन् त्यो त परमेश्वरै जान्दछ । ”
त्यसपछि वीरबलले भने, “हृ दिनदयालु ! ईश्वरको इच्छामा कसैको दाल चल्दैन, उसको अहसान(कृतज्ञता) लाई कसैले पनि रोक्न सक्तैन, जो हुनु छ; सो भएरै छाड्छ । परन्तु म अन्तिम समयमा यति प्रार्थना गर्छु कि मेरा पछि मेरा परिवारलाई सरकारको दया निगाहा रहिरहोस्, मलाई बेचैनी बढिरहेको छ, ऐया बाबा ! ओह्, उफ्” भन्र्द आफ्नु कृतिम ढोङ बढाउन थाले । बादशाहले पनि वीरबलको अन्तिम मरादालाई पूरा गर्ने प्रतिज्ञा गरे । क्यै बेरपछि बादशाह उहाँबाट बिदा भए । त्यसै रात वीरबल मरेकै जस्तो गरी उनका स्त्री र बालबच्चाहरु ऋलाप विलाप गर्दै रुन कराउन थाले । आफ्ना जानिका र आफ्ना दाजुभाई बन्धुवान्धव नातागोताका र छरछिमेकहर मलामी जान भेला भए । सबैले एकै मतो मिलाई मासका पीठाको मुर्ति बनाई मुर्दा लाने किसिमले लगे र लाश जलाउने काइदाले दाहसंस्कार गरिदिए । यता वीरबल भने आफ्ना घरको बुइँगलमा गई लुकेर बसे । उनी उहाँ लुकेर बसेको कसैले पत्तो नपाओस् भनी आफ्ना परिवारका सबैलाई कडा किसिमले चेताइयो । अर्काे दिन विहानै वीरबलका सवर्गवास भएको कुरा शहरभर फैलियो । यस दःखद समाचारले बादशाह पिरिनासम्म पिरिए, परन्तु मुसलवान अमीर र प्रतिष्ठित तथा अनेक दरबारिया मुसनवानहरुमा आनन्दको सीमा रहेन । उनीहरुले उस खुशियालीमा मिठाई बाँडे, गाई काटेर मासुको भोज लगाए, ऊँट काटेर पकुवा बवाए, साह्रै ठूलो उत्सव मनाए ।
हिन्दुहरुले वीरबलको मरण सुनेर शोक मनाए, कतिले छाक छाडे, कतिले त खल्को समेत हाले, कतिले साह्रै पीर माने, कतिले अविरल आँसुका धारा बगाए । उनको शोकमा दुइ दिन सम्म सारा पसल बन्द राखिए ।
वीरबलका काजक्रियाका लागि उना छोरालाई बादशाहले धेरै धन पठाइदिए । छोराले पनि वैदिक विधि अनुसार बाबुको काजक्रिया सके । विस्तार—विस्तार धेरैजसो वीरबललाई विर्सदै गए । वीरबलको स्थानमा मुसलवान मन्त्री भर्ना गरियो । त्यस मुसलवानले हिन्दु प्रजालाई पिर्नु सम्म पि¥यो, उनीहरुको बडो दुर्दशा भयो, सारांश सारा त्राहिमाम् भए, परन्तु त्यस मुसलमानी शासनमा हिन्दुको पुकार कहाँ कसले सुनिदिने । यस्तै प्रकारले जसरी—तसरी दस महीना विते त एक दिन वीरबल आफ्नू छोरालाई आफ्ना पास बोलाएर अराए–‘हेर बाबु ! एक लाख रुपियाँ लगेर ऊ त्यस थुम्कामाथी यौटा असाध्यै राम्रो चिटिक्क परेको साततले सानु घर एक–दुइ कोस टाढैबाट त्यहाँको बत्ती देखिने गरी एकै रातमा तयार गराऊ ।
वीरबलको छोरो पनि कम चलाक थिएन । उसले पनि सुटुक्कसित दुइ दिनसम्म मालसामान ओसार्न लाएर उस थुम्काको गुफामा थन्क्याउन लगायो र यौटा आफ्नु अति विश्वासी कारीगरलाई बोलाएर बाबुको सबै इच्छा सुनायो । त्यस चतुर कारीगरले पनि आफ्ना विश्वस्त जामीहरु लगेर एकै रातभरिमै भने मुताबिकको घर तयार गरायो, त्यस घरको भित्रपट्टि यस्तो रङ्गरोगन वार्निशले पोतिदियो कि झलक्क हेर्दा कसैले पनि यो काठको महल हो भन्न सक्तैन थियो, बाहिरपट्टि यस्ता ऐना जडिएका थिए कि जसबाट भित्रवालेको बत्तीको प्रकाश टाढासम्म पुग्दथ्यो र त्यहाँ बालेको दुइ कोस टाढाबाट पनि देखिन्थ्यो ।
खुब राम्रा—राम्रा पोशाक र आभुषण लगाएर बडो ठाटसित ठाँटिई मानो साक्षात् स्वर्गका इन्द्रको जस्तै बनेर राति सुटुक्क गएर वीरबल त्यसै घरमा पसेर बसे । भोलिपल्ट दरबारको सभा सकिने बेलामा त्यस घरबाट निस्केर राजधानीको शहरमा सरासर आए । दस महिनासम्म घरमा आराम र निश्चिन्त रहनाले वीरबल अघिभन्दा निकै नै हृष्टपुष्ट र सुन्दर देखिन्थे । त्यसमाथी झन् साह्रो राम्रा—राम्रा लुगा गहनाले गर्दा त अझ शोभायमान लाग्दथे । उनको अत्यन्त तजस्वी स्वरुप र फुर्तिलो चालढाल रवाफल देखेर नगरवासीहरुले उनलाई उनै वीरबल भनेर चिन्नन सकेनन
। कतै नहेरी कसैसित नबाली फटाफट गएर खचाखच भरिएको सभाको बीचमा पुगेर एकाएक ठिङ्ग उभिए । त्यस्तो विचित्र रुपको गन्धर्व जस्तो सुन्दर पुरुषलाई एकाएक देखेर सब सभासद्का कान ठाडठाडा भए, जीउ जिरिङ्गिए, कामकाज ठप्पिए, बातचित रोकिए, साराका आँखा उसै मुर्तिलाई हेर्न टोलाए, सबैका चाल लोलाए, सहसा सभामा सन्नाटा छायो, सकलको होशहवासै हरायो, कसैले उनलाई को हुनुहुन्छ ?’ भनेर सोध्ने हिम्मत गर्न सकेनन् , चोबदारहरुले पनि अघि द्धारमा रोकेनन् । एकदेव गुरुजीवाला वासवदत्ताको, गुलबकावलीको, इन्द्र सभाको, दशकुमारको र कादम्बरीको प्रधान पात्र जस्तो त्यस पुरुषलाई अन्तमा बादशाहले नै साहस गरेर सोधे—‘महाशय ! तपाई को हुनुहुन्छ र यहाँ कति कारणले कष्ट गर्नु भयो, यहाँ सम्म कष्ट गर्ने कारण के हो ?’
स्वयं बादशाहले यस्तरी विनम्र पाराले सोधिएका वीरबलले ‘हे पृथ्वीनाथ ! म नै हजुरको पुरानू दिवान –मन्त्री) वीरबल हँ ।’ यस्तो उत्तर सुनेर बादशाह आश्चर्यचकित भए । अनि उनले फेरि सोधे—‘ए तिमी नै वीरबल हौ ? तिमी त मरिसकेका थियौ, जसको लाश आर्यसंस्कृतिअनुसार वैदिक विधिले दाहसंस्कार भैसकेको थियो, फेरि कसरी यस्तो शरीर पाएर कुन प्रकारले यहाँ आइपुग्यौ ?’
बादशाहको यस्तो प्रश्न सुनेर वीरबलले उत्तर दिए, वास्तवमा म मरेको थिएँ, स्वर्गलोकमा पुगेपछि मलाई इन्द्रमहाराजले आफ्नू निजी मन्त्रिपरिषद्मा नियुत्त गरिबक्स्यो, यसभन्दा बढेर मलाई अर्काे थोक के चाहिन्थ्यो र ! त्यो स्वास्थ्यवर्धक खानपान, अप्सराहरुका साथको गानबजान, सुनका गिलासहरुमा भरी–भरी सुरापान, अलिकता नशाले लट्ठ्यायो कि मुखभित्र टपाटप अमृतका थोपाका दान, गन्धर्वहरुका साथ इन्द्रसभामा नाचगान’ नाचगानमा देखाएका प्रखर प्रतिभाले महाराजबाट मिल्छ ठूला—ठूला मान । महाराज उहाँ मलाई यस्तो सुख चैन छ कि जसको वर्णन थोरै समयमा गरिसिद्ध्यिाइन्न यसका लागि धेरै समय चाहिन्छ ।
वीरबलको त्यस्तो कुरो सुनेर वादशाहले फेरि सोधे अनि त तिमी त्यस्तो सुखभोग मोजमज्जा छोडेर किन यहाँ आयौ त ?’ वीरबलले विनम्र स्वरमा उत्तर दिए, ‘हजुर मेरो पुरानु मालिक होइबक्सिन्छ, यसैकारण इन्द्रमहाराजसित छुट्टी लिएर हजुरको दर्शन गर्न आएको हँु । आउँदाखेरी मालिकका लागि स्वर्गकी अति राम्री नामूद अप्सरा उर्वशीलाई पनि साथै ल्याएको छु । उसका साथमा यौटा मन चिन्ते महल पनि छ, जसलाई यहाँ बाट डेढ कोश जति पर यौटा थुम्कोमाथि राखेर ऊ उसैमा बसेकी छ । यदि हजुर मसित गैबक्सन्छ भने हनुरलाई म त्यो महल दर्शन गराउन सक्छु ।’
वीरबलको त्यस्ते कुरा सुनेर बादशाहले साँच्चै होला भनिठाने । उनले आफ्नू मनमा सोचेकि त्यो मरिसकेको मान्छे यदि त्यस्तो नभएको भए कसरी यहाँ यस्तो रुप लिएर आउन सक्थ्यो ! तब बादशाहले वीरबलको बातको सत्उासत्यको निर्णयका लागि वीरबलकै ठाउँमा भर्ति गरिएका दिवानलाई साथ लाएर पठाइदिए । वीरबल आफूचाहिँ घोडामा चढे र अरुहरुचाहिँ उनका पछि लागे । डेढकोशसम्म उनीहरुलाई पैदल हिँडाएर अनि उनले त्यस दिव्य महलको नगीचै उनीहरुलाई पु¥याए । सानु पहाडै जस्तो त्यस थुम्कोको नगिचै फेदिमा सबैलाई उभ्याएर उसै थुम्कोतिर हातले देखाउँदै वीरबलले भने—हेर्नुहोस् ! त्यस मनचिन्ते महलको सातौँ तलामाथीको झ्यालमा त्यो अप्सरा उर्वशी बसिरहेकी छ । हामीहरु धेरै जना भेला भएर आएका हुनाले त्यो हामीतिरै हेरिरहेकी छ । हेर्नुहोस् त्यसको मुख टहटहाएका चन्द्रमा जस्तै कति राम्रो देखिइरहेको छ । स्वर्गलोकलाई नै आफ्ना चहकले चकचौध पार्ने त्यही उर्वशी अप्सरा हो’ भन्ने अनेक झुटा प्रशंसा र वर्णन गरिसकेपछि उनले सोधे—‘के तपाईहरुले राम्रोसित देख्नुभो के? कि देख्नुभएन ? यदि न देखिएको भए जाँचिहेर्नोस्, किनकि तपाईहरुले बाखशाहलाई साँचो समाचार सुनाउनु छ ।
त्यस जनसमुदायमा देशका ठला—ठूला अमीर र नगरका सेठसाहूहरु थिए । उनिहरुले आ—आफ्नू मनमा सोच्न लागे कि कहीँ यो वीरबल जीत(भूत) बनेर त आएको हैन ? किनकि जति कुरो यो भनिरहेको छ र जुन कुरो यो देखाइरहेको छ त्यो कुरो कोही पनि वास्तवमा देखिरहेको छैन । केवल त्यो मनचिन्ते महल मात्र देखिइरहेको छ । यस्तै प्रकारका अनेक शंका—उपशंका खुलदुल आ—आफ्ना मनमा परेर उनिहरुले वीरबललाई सोेधे—‘जुन कुरो तपाई भनिरहनु भएको छ र देखाइरहनु भएको छ ।, वास्तवमा अहिले सम्म हामीहरुले यो पटक्कै देखेका छैनौँ ।’ तिनीहरुको यति कुरो सुनेर वीरबलले फेरि भने—‘अरे कस्तो नदेख्नु भएको, ऊ क्या त त्यो उत्तर पटिको झ्यालबाट हेरिहेकी छ, तपाईँहरुले राम्रोसित ध्यान नदिएर पो त अथवा कहिल्यै न देखेकोले अरु नै चीन ठान्नु भयो होला, तपाईहरु जस्ताले न देखे अरु कसले देख्छ ! स्वर्गका प्राणी वा पदार्थलाई न देख्ने त केबल मनुष्य लोकका पापी वर्णसंकरहरु मात्र हुन्छन्, तपाइहरुले देखिसक्नुभएको छ केबल ठम्याउन त सक्नुभएको मात्र हो । ऊ..............लौ हेर्नोस, अहिले त उसले पुरै मुन्टो नै बाहिर निकालेर हामीतिरै हेरिरहेकी छ । सबैले आँखा तानेर मरी मरी हेरे, कतै कुनै झ्यालमा पनि केही देखिएन, विचराहरुले देखुन् पनि के र ! जब उहाँ देखिने कुनै कुरै केहि थिएन । अनि वीरबलले ‘अब त मन्टो समेत निकालकी उसलाई तपाईहरुले अवश्यै देख्न पर्छ’ भनेर मन्त्रीजीलाई सोध्दा मन्त्रीले, अरुले आफूलाई वर्णसंकर संझलान् भन्ने भयले, देखेँ देखें, बल्ल पो देखेँ भने, अनि अरुहरुले पनि ‘ए त्यहि हो ? बल्ल पो देख्यौँ त भनी सबैले—‘बाफरे बाफ् !! के विध्नकी पो रहिछे मोरी त अघि नै हामीले देखिसकेका थियाँै, त्यसको केशपाशालाई बादल र मुख मण्डललाई चन्द्रमा ठानेर पो अल्मलियौँ । अरे बाबा । यस्ती राम्री स्त्री त सपनामा पनि कसैले देखेको छैन होला, धेरै के भनौँ ‘शकुन्तला नाटक’ का रचयिता कवि कालिदासले आफ्नू नाटकमा वर्णन गर्नु भएको मेनकाकी छोरी नायिका शकुन्तलालाई पनि यो मोरी त मात गर्ने खालकी । हेर्नुहोस् न सबैले उसलाई राम्रैसित देखेको स्वाङ देखाए ।
तिनीहरुको मूर्खता देखेर वीरबल मनमनै मुस्कुराइरहेका थिए । उनीहरुलाई अझ मूर्ख बनाउने विचारले उनले भने—‘तपाईहरुले जस्ती अलौकिक सुन्दरीलाई देखिरहनुभएको छ, यो कुरो बादशाहका सामने निवेदन गर्नलाई कुनै आपत्ति त छैन ? वीरबलको यस्तो प्रकारको कुरा सुनेर उनीहरुले—‘कुनै परवाह छैन । जो चीज जसरी जस्तो हामीले देखिरहेका छौँ, त्यो सत्य कुरो भन्नमा केको डर ?’ त्यसपछि वीरबलले फेरि उनीहरुलाई लिएर राजसभामा भए । उनीहरु आइपुग्न ढिलाएको देखेर अप्सरालाई अँगालो हाल्न हौसिएका अकबर अकुलाइरहेका थिए । उनीहरु आइपुग्ने बित्तिकै बादशाहले हड्बडाउँदै—के तिमीहरुले त्यो महल र उर्वशी अप्सरालाई देख्यौ ? भनी सोधे । नयाँ दिवानले हात जोडेर बिन्ती गरे ।—‘ खुदानन्द (स्वामी) ! वीरबलले भनेभन्दा पनि ज्यादै राम्रो महल र असाध्यै राम्री अप्सराको शोभा देखियो ।
नयाँ मन्त्रीको बढे—चढेको प्रशंसाले गर्दा बादशाह उसलाई भेट्न असाध्यै तम्सिए । अनि उनले उकुसमुकसिदै वीरबललाई भने—‘वीरबल त्यसलाई यहिँ ल्याऊ—न !’ बादशाहका् त्यस्तो आग्रह देखेर वीरबलले उत्तर दिए—‘पृथ्वीनाथ ! ऊ त स्पर्गकी सर्वश्रेष्ठ सुन्दरी अप्सरा हो त्यस्ती मानिनीले यहाँ आफँै आउन कठिन छ । यदि सरकार गएर ल्याए मात्रै अघि लाग्ली । किनकि उसको शान नै निहोरा गराउनु हो ।’

13 Sept 2010
Let's talk about job satisfaction
It is not essential to say we all work. We must do some kind of work to alive and to give continuation to our short life. We see labor, officer, police, and army, carpenter, plumber, architecture etc. these all are worker and according to their work they can satisfy or may not. It is because everyone can't get the work accordance to their qualification, work experience, attitude, views, abilities so that, if someone forced to work what s/he don’t agree. From here s/he starts to show her/his satisfaction.
We have seen that someone satisfy with work and someone can't because they are not agree with. You know job satisfaction is part of life. The nature of one's environment of job is an important part of life as satisfaction influences one's general life satisfaction.
SUPERVISION
To a worker, Supervision is equally a strong contributor to the job satisfaction
as well as to the job dissatisfaction. The feelings of workers towards his
supervisors are usually similar to his feeling towards the company. The role of
supervisor is a focal point for attitude formation. Bad supervision results in
absenteeism and labor turnover. Good supervision results in higher production and
good industrial relations.

CO-WORKERS
Various studies had traced this factor as a factor of intermediate importance.
One’s associates with others had frequently been motivated as a factor in job
satisfaction. Certainly, this seems reasonable because people like to be near
their friends. The workers derive satisfaction when the co-workers are helpful,
friendly and co-operative.
PAY
Studies also show that most of the workers felt satisfied when they are paid more
adequately to the work performed by them. The relative important of pay would
probably changing factor in job satisfaction or dissatisfaction.
AGE
Age has also been found to have a direct relationship to level job of satisfaction
of employees. In some groups job satisfaction is higher with increasing age, in
other groups job satisfaction is lower and in other there is no difference at all.
of employees. In some groups job satisfaction is higher with increasing age, in
other groups job satisfaction is lower and in other there is no difference at all.
MARITAL STATUS
Marital status has an important role in deciding the job satisfaction. Most of the
studies have revealed that the married person finds dissatisfaction in his job
than his unmarried counterpart. The reasons stated to be are that wages were
insufficient due to increased cost of living, educations to children etc.

EDUCATION
Studies conducted among various workers revealed that most of workers who had not
completed their school education showed higher satisfaction level. However,
educated workers felt less satisfied in their job.

WORKING CONDITION
The result of various studies shows that working condition is an important factor.
Good working atmosphere and pleasant surroundings help increasing the production
of industry. Working conditions are more important to women workers than men
workers.

24 Aug 2010
Fate and Fate-line
From the beginning of human life we are talking about fate and fate-line. Because of believe in fate and fate-lines several people west their most golden life and several people get success. Running in 21st century we still believe in it. This is not a good for all human creature do you know why? It is because; without labor we can't get fruit. If we get fruit without labor it is only for short term but not for a long term.
We had seen/heard/learn several people get success because they did hard labor likewise: Abraham Lincoln, Nelson Mandela, Benjamin Bhutto etc.
We generally use to say that our fate fate-line is bad; god didn't write good fate and fate-lines. This is falls because no one can bring his/her fate fate-line when they burn. S/he should write his/her fate and fate-line. Good or bad fate fate-line depends in his/her act.
I meant not that we should not believe in fate and fate-line but, believe in labor more than believing in fate and fate-line
One example: if you are lucky or your fate and fate-line is with you but you can't do anything to get what you won't your fate and fate-line is totally useless.
9 Aug 2010
पत्रकार
पत्रकार शव्द पत्रं र कार मिलेर बनेका छ । पत्र भन्नाले कुनै पनि किसिमको लेख वा रचना र कार भन्नाले पत्र लेखन कार्य गर्ने व्यक्ति भन्ने बुझिन्छ । १९ औा शताव्दिमा पनि पत्रकार भनेर त्यो व्यक्तिलाई चिनिथ्यो जसले पत्र लेख्ने कार्य गथ्र्यो जस्तै: चाल्र्स डिकन्स । तर पछि आएर यसको परिभाषामा वृहत परिवर्तन आयो । आज पत्रकार भनेर उसलाई चिनिन्छ जसले पत्रकारिता सम्बन्धी अभ्यास गर्छ, जसको काम पत्रकारिता हो । अनि वर्तमान घटना, रहनसहन, चालचलन, रितिस्थिती, जनचासो आदि कुराहरुको समाचार बनाउाछ । पत्रकार त्यो व्यक्ति हो जसको काम समाचार संकलन गर्ने,लेख्ने र कुनै पनि मिडिया, पत्रपत्रिका, म्यागजिन, रेडियो, टेलिभिजन, अनलाइन आदि माध्यमद्धारा साधारणा भन्दा साधारणा जनतालाई सुचित गराउने कार्य गर्दछ भनेर परिभाषित गर्न थालियो । पत्रकार समाजको अभिन्न अंङ्ग पनि हो, किनभने उनिहरुले आफ्नो लेख रचना, सुचना आदिद्धारा समाजमा सकारात्मक परिवर्तनका लागि अहम भूमिका खेलेका हुन्छन्–जस्तै: महिला शिक्षाको लागि उत्प्रेरित गर्ने, दुर शिक्षा दिने, भ्रष्टाचार भएको कुरा सार्वजनिक गरी नियन्त्रणमा सहयोग गर्ने आदि कार्य गर्दछन् त्यस्तै नयाा किसिमको प्रयोग गर्न उत्प्रेरित गर्ने । “पत्रकार राष्ट्रको विशेष सल्लाहकार पनि हो अनि नराम्रा कायको आलोचक, शिक्षक, कुनै पनि कार्यको प्रमुख हो भनेर नेपोलियन वोनापार्टले परिभाषित गरेका छन् ।”
वास्तवमा पत्रकार राष्ट्रको चौथो अंङ्ग पनि हो । किनभने पत्रकारको कार्य क्षेत्र राजनिति, शिक्षा, कृषि, यातायात, पर्यटन्, बजार प्रवद्र्धन, फिल्मी लगायत धेरै छन् । जसले एउटा राष्ट्रको मूलभुत आधारहरुलाई टेवा प्रदान पनि गरिरहेका हुन्छन् । हुन त आजभोली पत्रपत्रिका सम्बन्धी कार्य गर्ने सबैलाई नै पत्रकार भन्ने गरिन्छ । अथवा, पत्रपत्रिका, रेडियो, टेलिभिजन, म्यागजिन, अनलाइन आदिको लागि कार्य गर्ने सम्पादक, समाचार संकलक, वितरक लगायत अन्य मिडिया सम्बन्धी कार्यलाई पनि समेटिएको छ । पत्रकारले पुस्तक तयार गरि इन्टरनेटमा राख्ने बजारमा पुस्तकको रुपमा पठाउने आदि कार्य पनि गर्दछ । अहिले आएर पत्रकारलाई पेसेवार लेखक पनि भनिन्छ ।

Knowladge
Knowledge is power Early men were ignorant of many things. They did not understand anything about their world. Life itself was a riddle to them. They did not know why things happened. So, they were helpless like any other animals. They lived in constant fear and moved from place to place in search of safe shelter.
But today we have learned a lot from their experiences. We are wiser now. We know a great deal about our world, about nature and about things that happen around us. We are no longer helpless like our primitive forefathers. Our knowledge has helped us to fame the forces of nature and build our great civilization. This knowledge has made us the lord of the animal world. The more we know the more powerful we become.
After gaining mastery over everything in our world we are now preparing to be masters of the universe. We have already sent men into space. Our flights into space to help us to know more and our knowledge appear to have made us more powerful.

Subscribe to:
Posts (Atom)