जसरी आज विश्वमा प्रविधिको द्रुत गतिमा विकास भैरहेको छ । त्यस हिसावले अझै पनि यसमा कतिपय मानिसहरुको पहुँच पुगेको छैन । विशेषगरी ग्रामिण भेगका मानिसहरुलाई यसले ओगट्न नसकेको अवस्थालाई हामी नकार्न सक्दैनौं । यसले विश्वलाई एकै स्थानमा ओगटेको भएपनि यसको विकासले सकारात्मक र नकारात्मक दुवै पक्षलाई उत्तिकै महत्व दिलाउँछ । किनभने विश्वमा घट्ने धेरैजसो घटना वा परिघटना प्रविधकै गडबडी, दुरुपयोग, पहुँचको कमी आदिले हुने गर्दछ । त्यस्तै यसको विकासले कार्यक्षमतामा भने अत्यधिक वृद्धि गराई छिटो, छरितो, सुलभ तरिकाले कार्य सम्पन्न गराएको छ ।