आकाशभरी कयौं तारा, एक तारा झरे के भो?
दुनियाँ छन् तिम्रो साथ , म एउटा मरे के भो?
दुखाए रे छाती मैले दिए रे चोट धरै
छुटायो सम्बन्धलाई , अब खोलि तरे के भो?
षड्यन्त्र रच्यौ ठूलो, सार्न माया अन्त कतै
फल त सबै टिपि हाल्यौं, अब काँडा छरे के भो?
असल प्रेमी सधै उत्सुक, मायालुको हेर्न
देखिहाले तिम्रो खुशी अब बसाई सरे के भो
ओइलिएको फूल अब बोट देखि झरे के भो?
छैन म तिम्रा लागि मलाई दुख परे के भो?
सक्छु एक्लै आफ्नो जिवन सुल्झाउन परे पनि
विदाइको हात हल्लाउदै अब विदाई गरे के भो?
कविता दाहाल

No comments:
Post a Comment