काठमाडौंमा धेरैको कुल्ली रहेछ जीवन !
भुस्याहा कुकुर र पशुपतिको बाँदर रहेछ जीवन !!यसले पनि घोचपेच गर्छ उसले पनि घोचपेच !
सबको पैतालाको धुलो बन्दो रहेछ जीवन !!
पैसा छउञ्जेल एता र उता !
सकिएपछि रोडको बास रहेछ जीवन !!
कमाएका सबै पैसा यहीं सिद्धिन्छ !
त्यसपछि खरानी बन्दो रहेछ जीवन !!



