Blogger templates

Pages

Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

5 Feb 2012

ऊँटको गर्दन किन टेढो होला ?

कुनै एक दिन बादशाहले वीरवललाई जागीर दिने प्रतिज्ञा गरेका थिए । जब उनलाई जागीर दिने बेला भयो त बादशाहले आफ्नो गर्दन टेढ्याए ।
क्यै कालपछि बादशाह एक दिन कहीं हावा खान घुमफिर गरिरहेका थिए, सम्राटकै साथमा वीरबल पनि मनोविनोदका लागि लुखुरलुखुरि रहेका थिए । यत्तिकैमा कैयन् ऊँट सडकमा हिडिरहेका देखिए । ऊँट को त्यो ताँती देखेर बादशाहले वीरवललाई सोधे–“क्या हो वीरवल तिमी यौटा कुरो बताउन सक्छौ ? ऊँटको गर्दन किन टढो छ ?”
‘जहाँपनाह ! यिनीहरुले पनि शायद कसैलाई जागीर दिने कबूल गरेका हुँदा हुन्’ भनी वीरबलले उत्तर दिए ।
वीरबलको उत्तर सुनेर बादशाह केही गुल्थिए जस्ता देखिए र आफ्नू प्रतिज्ञा
जसरी माथि कथामा अकबरले वीरबलको जवाफ सुनेर आफ्नो प्रतिज्ञा पुरा गरे हा त्यसरी नै, २०५२ सालदेखि सशस्त्र जनयुद्ध लडेर सत्तामा पुगेको माओवादीको नेतृत्वलाई आज हामीले पनि यसरी नै जगाउनुपर्ने आवश्यक्ता भएको छ । हामीले जति ढिला गर्छौ त्यत्ति नै हामी, हाम्रो देशको पनि भविष्य अन्योल देखिन्छ । आउनुहोस् सबै मिलि खबरदार गरौं ।

No comments:

Blogger news