नेपाल टेलिकमको वेभसाइट खोलेर आफ्नो इच्छाअनुसारको सीआरबिटी मोवाइलमा राख्ने काम अबदेखि बन्द गरिएको छ ।
किनकी विभिन्न म्युजिक कम्पनीहरु लगाएत अन्यले प्रविधिको दुरुपयोग गरी सीआरबिटी डाउनलोड गरी करोडौं रुपैयाा ठगी गरेको समाचार सार्वजनिक भएपछि टेलिकमले यस्तो निर्णय गरेको हो । वेभसाइटको दुरुपयोग गरेर धेरै जना सेवा ग्राहीको मोबाइलबाट पैसा चोरी गरी सिआरबिटी राखेको पाइएकोले यो सेवा बन्द गर्न बाध्य भएको कम्पनीका प्रवक्ता सुरेन्द्र थिकेले बताउनुभयो । उहाँले भन्नुभयो सिआरबिटी चोरी गर्ने विभिन्न कम्पनीहरुमाथी छानबीन भैसकेको छ । अब छिट्टै प्रक्रिया पु¥याएर सार्वजनिक गरिनेछ ।
सिआरबिटी डाउनलोड गर्न टेलिकमकै प्राबिधिक कर्मचारीको मिलेमतो रहेको पनि पाइएको छ । प्रहरीले पनि टेलिकमको पत्र प्राप्त गर्नासाथ कारबाही अगाडी बढाउने जनाएको छ । त्यस्तै अपराध अनुसन्धान महाशाखाले पनि आइतबारदेखिनै यसबारे अनुसन्धान भइरहेको बताएको छ । उसले सिआरबिटी चोरी कार्यमा संलग्न कम्पनीहरुमाथी विद्युतिय कारोबार ऐन २०६३ को दफा ९ अनुसार दुई लाख रुपैयाँ सम्म जरिवाना र तीन वर्ष कैद सजाय हुनेछ ।
आषिश म्यूजिक, समर्पण म्यूजिक, पुष्पाञ्जली म्यूजिक, सरिता डिजिटल म्यूजिक, स्रोता संगीत म्यूजिक, रक्षा म्यूजिक लगायतका थुप्रै कम्पनीहरुले प्रविधिको दुरुपयोग गदैै सिआरबिटी चारेको पनि पाइएको छ । सिआरबिटी चोरिबाट सम्बन्धित म्यूजिक कम्पनी र गायकगायिका समेत मालामाल भैरहेको र मिलेमतोमा यो काम भइरहेको स्रोतको भनाइ छ । फोन गर्दा बज्ने टोनको सट्टा फोन गर्नेलाई सुनाउनका लागि राखिने धुन सिआरबिटी हो । टेलिफोन प्रदायक संस्थाहरु नेपाल टेलिकम, एनसेल र यूटियलले यस्तो सेवा दिँदै आएका छन् । टेलिकमबाट सिआरबिटी राख्दा एउटा गीतको १२ रुपैयाँ ४३ पैसा लाग्न । जुन १५ दिनको लागि हुन्छ । यसरी सिआरबिटी राख्दा फोन गरेर या सम्बन्धित कम्पनीको वेभसाइट प्रयोग गर्न सकिन्छ । म्यासेज र फोन गर्नका लगि सम्बन्धित मोबाइल नै चाहिने हुँदा यसबाट अन्य व्यक्तिले राख्न पाउँदैनन् ।
तर, कम्पनीको वेभसाइटबाट भने अर्काको मोबाइलबाट पनि सिआरबिटी राख्न मिल्छ । यसकै फाइदा उठाएर विभिन्न म्यूजिक कम्पनीले अरुको मोबाइलमा आफ्ना गीत राखिदिएर अपराध गर्दै आएका हुन् । कम्पनीले उपलब्ध गराउने पासवर्ड सजिलो हुने र धेरैमा दोहोरिने सम्भावना भएका कारण पनि सिअरबिटी चोर्नको लागि निकै सजिलो भएको हो ।
No comments:
Post a Comment