हेर्दा कसले कसको क्षमता चिन्न सक्छ र ? यो सम्भव छैन । किनकि संगत गर्दै जाँदा सबै कुरा अलि अलि गरेर थाहा हुने हो । भन्न त बाटामा बस्ने ज्यातिषले पनि भन्छ तर उसको ज्ञानले जे देखाउँछ त्यहि नै हो त्यो बाहेक उसले अरु कुनै पनि कुरा भन्न, गर्न र देखाउन सक्दैछ । कविले गहिराईमा नडुबिकन कविता लेख्छ सक्दैन । भनाई न छ “जहाँ रवी पुग्दैन त्यहाँ कवि पुग्छ” त्यसै गरी जवसम्म मानिसले आफूमा भएको क्षमताको पहिचान गर्न सक्दैन, जवसम्म आफूमा भएको क्षमता प्रदर्शन गरेर देखाउँदैन तवसम्म उसले आफ्नो श्रमको सहि मूल्य पाउन सक्दैन । मानिसले जति मेहेनत गरेपनि उचित प्रतिफल त्यत्रिबेलासम्म प्राप्त गर्दैन जवसम्म उसले श्रमको गहिराईलाई नियाल्दैन । गर्न त चोर, फटाहाले पनि मेहेनत गर्छन् तर पक्रियो भने उनिहरुको मेहेनत त्यसै खेर जान्छ । त्यस्तै अहिले हामी मानिसहरु जति पनि दुःख, मेहेनत अथवा संघर्ष जो जो जे जे गरिरहेका छौँ त्यो केवल आवश्यक्ता पुरा गर्नको लागि मात्र गरिहेको छौँ । धेरै दाजु भाई, दिदि बाहिनिहरु मेहेनत गर्नुहुन्छ तर उचित प्रतिफल पाइराख्नु भएको छैन र सोचेजस्तो पनि हुँदैन । हो त्यस्तै भइरहेको छ किनकी हामीले मेहेनत गर्ने ठाउँको विषेश ख्याल गर्नुपर्छ । जसबाट आफ्नो श्रमको मूल्य, समय, क्षमता आदि इत्यादि सबैको मोल पाईयोस् । एउटा कुरा दुःख र संघर्ष गर्दैमा सुःख पाउनैपर्छ भन्ने कहिले पनि छैन । दुःख गरे सुख मिल्न सक्ला तर समय नआईकन कुनै पनि काम बन्दैन । आफ्नो तर्फबाट हात पाखुरी चलेसम्म कर्म गर्न छाड्नु हुँदैन । खान नपाउनु, आफन्त , धन सम्पत्ति आदि इत्यादि गुमाउन, बगलीमा एक पैसा नहुनु दुःख होइन त्यो त केबल बाहिरी आवरण हो । हुन त आजको समयमा पैसा नभईकन कुनै पनि चिन पाइन्छ तर त्यसो भन्दैमा पैसाकै पछि लाग्नु जस्तो महान् भूल संसारमा अरु कुनै भूल नै छैन । अमेरिकी राजनीनिमा नेलसन मन्डेला, अब्राहम लिकंन, भारतमा गान्धी, मनमोहन सिंह, नेपालमा विश्वेशेर प्रसाद कोइराला, त्यस्तै फुटबलका हस्ती म्याडोना, राकेश श्रेष्ठ, क्रिकेटमा सचिन तेन्डुल्कर आदि हस्तीहरुको संघर्ष हेर्नुहोस् उनीहरुले श्रम र समयको उचित मूल्य पाएका छन् कि छैनन् । म पनि यहि सिद्धान्तलाई शिरोपर गर्दै अघि बढिरहेको छु र पाठक वर्गबाट पनि यहि किसिमको अपेक्षा राख्दछु ।
No comments:
Post a Comment