Blogger templates

Pages

Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

9 Aug 2010

पत्रकार

पत्रकार शव्द पत्रं र कार मिलेर बनेका छ । पत्र भन्नाले कुनै पनि किसिमको लेख वा रचना र कार भन्नाले पत्र लेखन कार्य गर्ने व्यक्ति भन्ने बुझिन्छ । १९ औा शताव्दिमा पनि पत्रकार भनेर त्यो व्यक्तिलाई चिनिथ्यो जसले पत्र लेख्ने कार्य गथ्र्यो जस्तै: चाल्र्स डिकन्स । तर पछि आएर यसको परिभाषामा वृहत परिवर्तन आयो । आज पत्रकार भनेर उसलाई चिनिन्छ जसले पत्रकारिता सम्बन्धी अभ्यास गर्छ, जसको काम पत्रकारिता हो । अनि वर्तमान घटना, रहनसहन, चालचलन, रितिस्थिती, जनचासो आदि कुराहरुको समाचार बनाउाछ । पत्रकार त्यो व्यक्ति हो जसको काम समाचार संकलन गर्ने,लेख्ने र कुनै पनि मिडिया, पत्रपत्रिका, म्यागजिन, रेडियो, टेलिभिजन, अनलाइन आदि माध्यमद्धारा साधारणा भन्दा साधारणा जनतालाई सुचित गराउने कार्य गर्दछ भनेर परिभाषित गर्न थालियो । पत्रकार समाजको अभिन्न अंङ्ग पनि हो, किनभने उनिहरुले आफ्नो लेख रचना, सुचना आदिद्धारा समाजमा सकारात्मक परिवर्तनका लागि अहम भूमिका खेलेका हुन्छन्–जस्तै: महिला शिक्षाको लागि उत्प्रेरित गर्ने, दुर शिक्षा दिने, भ्रष्टाचार भएको कुरा सार्वजनिक गरी नियन्त्रणमा सहयोग गर्ने आदि कार्य गर्दछन् त्यस्तै नयाा किसिमको प्रयोग गर्न उत्प्रेरित गर्ने । “पत्रकार राष्ट्रको विशेष सल्लाहकार पनि हो अनि नराम्रा कायको आलोचक, शिक्षक, कुनै पनि कार्यको प्रमुख हो भनेर नेपोलियन वोनापार्टले परिभाषित गरेका छन् ।”   
वास्तवमा पत्रकार राष्ट्रको चौथो अंङ्ग पनि हो । किनभने पत्रकारको कार्य क्षेत्र राजनिति, शिक्षा, कृषि, यातायात, पर्यटन्, बजार प्रवद्र्धन, फिल्मी लगायत धेरै छन् । जसले एउटा राष्ट्रको मूलभुत आधारहरुलाई टेवा प्रदान पनि गरिरहेका हुन्छन् । हुन त आजभोली पत्रपत्रिका सम्बन्धी कार्य गर्ने सबैलाई नै पत्रकार भन्ने गरिन्छ । अथवा, पत्रपत्रिका, रेडियो, टेलिभिजन, म्यागजिन, अनलाइन आदिको लागि कार्य गर्ने सम्पादक, समाचार संकलक, वितरक लगायत अन्य मिडिया सम्बन्धी कार्यलाई पनि समेटिएको छ । पत्रकारले पुस्तक तयार गरि इन्टरनेटमा राख्ने बजारमा पुस्तकको रुपमा पठाउने आदि कार्य पनि गर्दछ । अहिले आएर पत्रकारलाई पेसेवार लेखक पनि भनिन्छ ।

No comments:

Blogger news