Blogger templates

Pages

Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

1 Feb 2014

बृद्ध हुनु दोष हो ?

बृद्ध हुनु कसैको दोष हैन । समयको गतीसँगै जीवनमा एक पटक हरेकले यो अवस्थामा पुग्नै पर्छ । तर प्रायः कसैले पनि बुद्धावस्थालाई सहज रुपमा स्वीकार गर्न सकेको अवस्था छैन । आफू त्यहाँ नपुग्दा सम्म प्रायः त्यो अवस्थाको बारेमा कल्पना पनि गरिँदैन । विशेषगरी वितेका केही दशक यता हाम्रो देशको उत्पादन प्रणालीमा आएको परिवर्तनसँगै जीवन शैलीमा पनि परिवर्तन आएको छ । अघिल्लो पुस्ताको पालासम्म अधिकाँश परिवार कृषि व्यवसायमा निर्भर थिए । खेती–पाती गर्ने, वस्तु–भाउ पाल्ने र परम्परागत ढंगले अगाडि बढ्ने प्रक्रियाले पारिवारिकसंरचना सहज ढंगले चलिरहेको थियो । एउटै घरमा बाजे–बज्यै, छोरा–बुहारी, नाती–नातिनी रहने
एक–अर्काले सकेको सर सहयोग गर्ने चलन थियो । परिवार आपसमा निर्भर थियो । कोही एक्लै हुनु पर्ने बाध्यता थियो । जसले गर्दा बृद्ध–बृद्धाको अवस्था तुलनात्मक रुपमा अहिले भन्दा सहज र सरल थियो ।
तर शैक्षिक विकार सँगै अवसरको खोजी र नयाँ किसिमको आयश्रोतको बाटो पहिल्याउने प्रक्रियाले क्रमशः नयाँ पुस्ताहरु गाउँबाट सहर र सहरबाट विदेशिने क्रम सुरु भएको छ । नयाँ अवसर र सम्भाव्यता सँगै अप्ठ्यारा र चुनौतिहरु थपिँदै गएका छन् । जसले गर्दा पुरानो पारिवारिक संरचना भत्कंदै गएको छ । विकासको क्रमसँगै सोचाईमा आएको वेमेल र अन्तरपुस्ता खाडलको कारण बाजे–बज्यै, बाबु–आमाको झमेलाबाट मुक्त भएर भिन्न बस्ने, नीजि जीवनलाई सुखी र सहज बनाउने जस्ता सोचहरु अगाडि आउन थाले भने कतिपयलाई अवसरको खोजीका क्रममा त्यो अवस्था बाध्यकारी पनि हुँदै गयो । यसरी चाहेर या नचाहेर पहिलो पुस्ताले एक्लो जीवन (सहाराहिन अवस्था) गुजार्नु पर्ने हुँदै आएको छ भने दोश्रो पुस्ता पनि पारिवारिक माया–ममता, अभिभावकत्व र संरक्षणबाट टाढा भईरहेको छ । जसको परिणाम हिजो बाजे–बज्यैका काखमा हुर्किएका नाती–नातीताले आज आफ्नो सन्तान शिशु स्याहार केन्द्रमा पु¥याउने बाध्यता पनि आएको छ । 

No comments:

Blogger news