Blogger templates

Pages

Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

8 Aug 2011

महिलाहरुको चाड


नेपाल कला, मठ मन्दिर र संस्कृतिको धनी देश मानिन्छ । यसै अनुरुप यहाँ चाडपर्वहरु पनि थुपै्र छन् । मुख्य चाड दशैं, तिहार तथा अन्य चाड इद, ल्होसार, तिज आदि इत्यादिले हाम्रो देशको साँस्कृतिक महत्व झल्काउँछ । यस्तै सन्दर्भमा महिलाहरुको लागि विशेष अथवा सुरुवात महिना । सत्य युगमा पार्वतीले शिव जस्तै वर पाउँ भनि निर्जला व्रत बसेको र पाएकी पनि थिइन् भन्ने मान्यता र चलिआएको परम्परालाई निरन्तरता दिँदै महिला दिदि बहिनिहरु यस महिनाको हरेक सोमबार शिवको व्रत बस्ने र बेलुका चोखो नितो बनाएर खाने गर्दछन् । यसरी परम्परालाई अँगाल्नु त ठिकै हो तर अरुको देखासिखि गरेर तडक भडक देखाउने फलानाले त यस्तो लाई मलाई पनि यस्तै लाउनु प¥यो भनि जसो तसो गरि जमाएको पैसा सिध्याउनु भने पटक्कै राम्रो चाँहि होइन । अझ अर्काे अचम्मको कुरा के छ भने एक पटक व्रत बसिसकेपछि साँङ्गे नगरेसम्म बसिरहनु पर्ने बाध्यता अनि बिरामी पर्दा पनि महिला दिदिबहिनिहरु मन्दिर जाने गर्दछन् । के यो परम्परा मनाउनको लागि अथवा निरन्तरताको लागि सकि नसकि मठ मन्दिर धाउनु पर्छ ?, के खाली पेट बसेका महिला दिदिबहिनिहरुको सबैको स्वास्थ्य ठिक रहन्छ ?, के सबै खाली पेटमा हिँड्न सक्ने क्षमताका हुन्छन् ?, के त्यसरी नखाइ बाँकी रहेका अन्नपातहरु खान नपाउनेको पेटमा पुग्छ ?, के यसरी आफ्नो स्वास्थ्यमाथि खेलबाड भएको स्वयं महिला दिदिबहिनिहरुलाई थाहा छ ? यस्ता यावत् प्रश्नहरु छन् जसको उत्तर खोज्न कठिन छ ।

2 comments:

Anonymous said...

to get the thumbail link on your site like in www.engineersurya.blogspot.com , go to www.linkwithin.com

kishore said...

ramro chh

Blogger news