Blogger templates

Pages

Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

4 Sept 2010

हाँस्ने कि रुने

कुनै दिनको कुरा हो । बादशाह अकबरको दरबारमा समस्त दरबारी मन्त्री आदि भारदारहरु उपस्थित थिए, केबल बादशाह मात्र त्यहाँ ढिलाएका थिए ।
सभासद् भारदारहरु ‘आज बादशाह आउन किन यति विलम्ब गरिबक्स्यो’ भन्ने यस्तै खासखुस कराकानी आपसमा गर्दै थिए, यतिकैमा शाही महलभित्रबाट दुइ जना एकपछि अर्को गरी उहाँ आए । ती दुइमध्ये पहिलो आएकोले भन्यो कि ‘बादशाहकी आमाको भरखरै स्वर्गवास भयो ।’ यति भनेर उ गयो पनि । त्यसपछि लगतै अर्काे मान्छे सभामा आयो र सबैलाई सम्बोधन गर्दै, ‘बधाई छ बधाई अहिले भर्खरै बादशाहलाई पुत्ररत्न पैदा भएको छ भनी सनायो यस्ता प्रकारका दुइ जनाले दुइ किसिमको समाचार सुनाएर गए ।
दइ जना लगालग आएर यौटाले शोक–समाचार र अर्कोले खुश खबर सुनाएर फरक्क फर्के , अब हामीहरुले पीर मानेर रुने कि खुशियालीले हाँस्ने ? के गर्ने हो ? भन्ने बडो असमञ्जसमा साराका सारा सभासद्हरु परे । जब कसैलाई पनि कुनै उपाया सुझेन त सबैले मिलेर, ल वीरबल ! तिमी जे भन्छौ त्यसै गर्ने’ भन्ने मतो मिलाए । तब सबैको सुधवुध ठेगानामा आउने गरी वीरबलले—‘हामी सबै बादशाहको बाटो हेरीरहाँै, यदि बादशाह मुस्कुराउँदै आइबक्सियो भने हामीहरु प्नि खुशियाली मनाउन हाँसौला, यदि बादशाह रुञ्चे अनुहार लाएर आइबक्सियो भने हामी पनि पीर मानिटोपलेर रोइदिउँला’ भन्ने सुझाउ दिए । वीरबलको यो सुझाउ सबैलाई मन प¥यो ।

No comments:

Blogger news