Blogger templates

Pages

Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

14 Sept 2010

अजबको तमासा

कुनै एक दिनको कुरा हो सभामा बादशाहले वीरबललाई भने ‘विरबल ! आज कुनै यौटा यस्तो तमाशा देखाउ जो कहिल्यै न त कहिले देखिएको होस् न त देखियोस् नै ।’ बादशाहको यस्तो मनसाय बुझेर वीरबलले मुस्कुराउँदै उत्तर दिए, ‘पृथ्वीनाथ, यो कुन ठुलो कुरा हो ! यसमा के छ र ! सरकारबाट जहिले आज्ञा बक्सिन्छ म त्यसै बेला त्यस्तो तमाशा देखाइदिन्छु ।’ वीरबलको त्यस्तो साहस देखेर बादशाहले, ‘भोलि नै देखाउ’ भने ।

        तब वीरबलले, हैन महाराज । भोलि नै हैन, यसका लागि कमसेकम एक वर्षको समय मलाई बक्सनु पर्छ र यस तमाशाका लागि यथेष्ट द्रष्टव्यको पनि आवश्यक्ता पर्छ भने ।

        बादशाहले भने—‘रुपियाँको लागि कुनै चिन्ता गर्नु पर्दैन । परन्तु हुन सक्छ भने समयचाहिँ अलि छोट्याउ । रुपियाँ जति भन्छौ उति अहिल्यै दिलाई दिन्छु ।

        तब वीरबलले बिन्ती चढाए–‘प्रभु ! समय त मैले पहिले नै छोट्याएर भनेको हँु । यस गजबको तमाशाको लागि एक वर्षको समय र दुई लाख रुपियाँ अवश्य चाहिन्छ ।’ वीरबलको आग्रहलाई बादशाहले टालेनन् । उनले तुरुन्तै वीरबललाई दुई लाख रुपियाँ दिनु भन्ने राजकीय खजाञ्चीलाई फर्माए । खजाञ्चीबाट उसै दिन मिलेको दुई लाख रुपियाँ लिएर वीरबल आफ्नु घर गए । तब ती रुपियाँबाट एक लाख चै उनले तुरुन्तै ब्राह्मणलाई दान दिए र एक लाख चाहिँ आफूसँगै राखे ।

        उता बादशाहले भने कुराको प्रशंगमा दिए, प्रसंग बदलिए पछि यी सब कुरा बिर्से पनि । यस्तैमा एक दिन विरमीको बहाना बनाएर घरै बसे, दरबार गएनन् । जब बादशाहको बोलाहट आयो त ‘आज तबीयत एकदम ठीक छैन सके भने भोलि आउँला भनेर खबर पठाइदिए । बादशाहले एकाएक वीरबलको तवीयत खराब छ भन्ने सुन्ने बित्तिकै उपचारका लागि ठूला—ठूला नामी—नामी बैद्यहरु पठाइदिए परन्तु उनको बिरामी निको भएन । आखिरमा बादशाह स्वयं नै वीरबललाई हेर्न आए तर वीरबल बोल्नै नसक्ने जीतो गरी हिकिके हिकिक् गर्दै ‘पृथ्वीनाथ, अब म जान्छु भने ।

        वीरबलको त्यस्तो निराशजनक कुरो सुनेर बादशाहले उनलार्ई ढाडस दिँदै भने, “हैन वीरबल ! हैन, यस्तो कदापी हँुदैन, तिमी चाँडै नै आरोग्य भैजानेछौ, तिमी नहुँदा जस्ता कष्टले मेरा दिन बित्छन् त्यो त परमेश्वरै जान्दछ । ”

        त्यसपछि वीरबलले भने, “हृ दिनदयालु ! ईश्वरको इच्छामा कसैको दाल चल्दैन, उसको अहसान(कृतज्ञता) लाई कसैले पनि रोक्न सक्तैन, जो हुनु छ; सो भएरै छाड्छ । परन्तु म अन्तिम समयमा यति प्रार्थना गर्छु कि मेरा पछि मेरा परिवारलाई सरकारको दया निगाहा रहिरहोस्, मलाई बेचैनी बढिरहेको छ, ऐया बाबा ! ओह्, उफ्” भन्र्द आफ्नु कृतिम ढोङ बढाउन थाले । बादशाहले पनि वीरबलको अन्तिम मरादालाई पूरा गर्ने प्रतिज्ञा गरे । क्यै बेरपछि बादशाह उहाँबाट बिदा भए । त्यसै रात वीरबल मरेकै जस्तो गरी उनका स्त्री र बालबच्चाहरु ऋलाप विलाप गर्दै रुन कराउन थाले । आफ्ना जानिका र आफ्ना दाजुभाई बन्धुवान्धव नातागोताका र छरछिमेकहर मलामी जान भेला भए । सबैले एकै मतो मिलाई मासका पीठाको मुर्ति बनाई मुर्दा लाने किसिमले लगे र लाश जलाउने काइदाले दाहसंस्कार गरिदिए । यता वीरबल भने आफ्ना घरको बुइँगलमा गई लुकेर बसे । उनी उहाँ लुकेर बसेको कसैले पत्तो नपाओस् भनी आफ्ना परिवारका सबैलाई कडा किसिमले चेताइयो । अर्काे दिन विहानै वीरबलका सवर्गवास भएको कुरा शहरभर फैलियो । यस दःखद समाचारले बादशाह पिरिनासम्म पिरिए, परन्तु मुसलवान अमीर र प्रतिष्ठित तथा अनेक दरबारिया मुसनवानहरुमा आनन्दको सीमा रहेन । उनीहरुले उस खुशियालीमा मिठाई बाँडे, गाई काटेर मासुको भोज लगाए, ऊँट काटेर पकुवा बवाए, साह्रै ठूलो उत्सव मनाए ।

हिन्दुहरुले वीरबलको मरण सुनेर शोक मनाए, कतिले छाक छाडे, कतिले त खल्को समेत हाले, कतिले साह्रै पीर माने, कतिले अविरल आँसुका धारा बगाए । उनको शोकमा दुइ दिन सम्म सारा पसल बन्द राखिए ।

        वीरबलका काजक्रियाका लागि उना छोरालाई बादशाहले धेरै धन पठाइदिए । छोराले पनि वैदिक विधि अनुसार बाबुको काजक्रिया सके । विस्तार—विस्तार धेरैजसो वीरबललाई विर्सदै गए । वीरबलको स्थानमा मुसलवान मन्त्री भर्ना गरियो । त्यस मुसलवानले हिन्दु प्रजालाई पिर्नु सम्म पि¥यो, उनीहरुको बडो दुर्दशा भयो, सारांश सारा त्राहिमाम् भए, परन्तु त्यस मुसलमानी शासनमा हिन्दुको पुकार कहाँ कसले सुनिदिने । यस्तै प्रकारले जसरी—तसरी दस महीना विते त एक दिन वीरबल आफ्नू छोरालाई आफ्ना पास बोलाएर अराए–‘हेर बाबु ! एक लाख रुपियाँ लगेर ऊ त्यस थुम्कामाथी यौटा असाध्यै राम्रो चिटिक्क परेको साततले सानु घर एक–दुइ कोस टाढैबाट त्यहाँको बत्ती देखिने गरी एकै रातमा तयार गराऊ ।

        वीरबलको छोरो पनि कम चलाक थिएन । उसले पनि सुटुक्कसित दुइ दिनसम्म मालसामान ओसार्न लाएर उस थुम्काको गुफामा थन्क्याउन लगायो र यौटा आफ्नु अति विश्वासी कारीगरलाई बोलाएर बाबुको सबै इच्छा सुनायो । त्यस चतुर कारीगरले पनि आफ्ना विश्वस्त जामीहरु लगेर एकै रातभरिमै भने मुताबिकको घर तयार गरायो, त्यस घरको भित्रपट्टि यस्तो रङ्गरोगन वार्निशले पोतिदियो कि झलक्क हेर्दा कसैले पनि यो काठको महल हो भन्न सक्तैन थियो, बाहिरपट्टि यस्ता ऐना जडिएका थिए कि जसबाट भित्रवालेको बत्तीको प्रकाश टाढासम्म पुग्दथ्यो र त्यहाँ बालेको दुइ कोस टाढाबाट पनि देखिन्थ्यो ।

        खुब राम्रा—राम्रा पोशाक र आभुषण लगाएर बडो ठाटसित ठाँटिई मानो साक्षात् स्वर्गका इन्द्रको जस्तै बनेर राति सुटुक्क गएर वीरबल त्यसै घरमा पसेर बसे । भोलिपल्ट दरबारको सभा सकिने बेलामा त्यस घरबाट निस्केर राजधानीको शहरमा सरासर आए । दस महिनासम्म घरमा आराम र निश्चिन्त रहनाले वीरबल अघिभन्दा निकै नै हृष्टपुष्ट र सुन्दर देखिन्थे । त्यसमाथी झन् साह्रो राम्रा—राम्रा लुगा गहनाले गर्दा त अझ शोभायमान लाग्दथे । उनको अत्यन्त तजस्वी स्वरुप र फुर्तिलो चालढाल रवाफल देखेर नगरवासीहरुले उनलाई उनै वीरबल भनेर चिन्नन सकेनन

 । कतै नहेरी कसैसित नबाली फटाफट गएर खचाखच भरिएको सभाको बीचमा पुगेर एकाएक ठिङ्ग उभिए । त्यस्तो विचित्र रुपको गन्धर्व जस्तो सुन्दर पुरुषलाई एकाएक देखेर सब सभासद्का कान ठाडठाडा भए, जीउ जिरिङ्गिए, कामकाज ठप्पिए, बातचित रोकिए, साराका आँखा उसै मुर्तिलाई हेर्न टोलाए, सबैका चाल लोलाए, सहसा सभामा सन्नाटा छायो, सकलको होशहवासै हरायो, कसैले उनलाई को हुनुहुन्छ ?’ भनेर सोध्ने हिम्मत गर्न सकेनन् , चोबदारहरुले पनि अघि द्धारमा रोकेनन् । एकदेव गुरुजीवाला वासवदत्ताको, गुलबकावलीको, इन्द्र सभाको, दशकुमारको र कादम्बरीको प्रधान पात्र जस्तो त्यस पुरुषलाई अन्तमा बादशाहले नै साहस गरेर सोधे—‘महाशय ! तपाई को हुनुहुन्छ र यहाँ कति कारणले कष्ट गर्नु भयो, यहाँ सम्म कष्ट गर्ने कारण के हो ?’

        स्वयं बादशाहले यस्तरी विनम्र पाराले सोधिएका वीरबलले ‘हे पृथ्वीनाथ ! म नै हजुरको पुरानू दिवान –मन्त्री) वीरबल हँ ।’ यस्तो उत्तर सुनेर बादशाह आश्चर्यचकित भए । अनि उनले फेरि सोधे—‘ए तिमी नै वीरबल हौ ? तिमी त मरिसकेका थियौ, जसको लाश आर्यसंस्कृतिअनुसार वैदिक विधिले दाहसंस्कार भैसकेको थियो, फेरि कसरी यस्तो शरीर पाएर कुन प्रकारले यहाँ आइपुग्यौ ?’

        बादशाहको यस्तो प्रश्न सुनेर वीरबलले उत्तर दिए, वास्तवमा म मरेको थिएँ, स्वर्गलोकमा पुगेपछि मलाई इन्द्रमहाराजले आफ्नू निजी मन्त्रिपरिषद्मा नियुत्त गरिबक्स्यो, यसभन्दा बढेर मलाई अर्काे थोक के चाहिन्थ्यो र ! त्यो स्वास्थ्यवर्धक खानपान, अप्सराहरुका साथको गानबजान, सुनका गिलासहरुमा भरी–भरी सुरापान, अलिकता नशाले लट्ठ्यायो कि मुखभित्र टपाटप अमृतका थोपाका दान, गन्धर्वहरुका साथ इन्द्रसभामा नाचगान’ नाचगानमा देखाएका प्रखर प्रतिभाले महाराजबाट मिल्छ ठूला—ठूला मान । महाराज उहाँ मलाई यस्तो सुख चैन छ कि जसको वर्णन थोरै समयमा गरिसिद्ध्यिाइन्न यसका लागि धेरै समय चाहिन्छ ।

        वीरबलको त्यस्तो कुरो सुनेर वादशाहले फेरि सोधे अनि त तिमी त्यस्तो सुखभोग मोजमज्जा छोडेर किन यहाँ आयौ त ?’ वीरबलले विनम्र स्वरमा उत्तर दिए, ‘हजुर मेरो पुरानु मालिक होइबक्सिन्छ, यसैकारण इन्द्रमहाराजसित छुट्टी लिएर हजुरको दर्शन गर्न आएको हँु । आउँदाखेरी मालिकका लागि स्वर्गकी अति राम्री नामूद अप्सरा उर्वशीलाई पनि साथै ल्याएको छु । उसका साथमा यौटा मन चिन्ते महल पनि छ, जसलाई यहाँ बाट डेढ कोश जति पर यौटा थुम्कोमाथि राखेर ऊ उसैमा बसेकी छ । यदि हजुर मसित गैबक्सन्छ भने हनुरलाई म त्यो महल दर्शन गराउन सक्छु ।’

        वीरबलको त्यस्ते कुरा सुनेर बादशाहले साँच्चै होला भनिठाने । उनले आफ्नू मनमा सोचेकि त्यो मरिसकेको मान्छे यदि त्यस्तो नभएको भए कसरी यहाँ यस्तो रुप लिएर आउन सक्थ्यो ! तब बादशाहले वीरबलको बातको सत्उासत्यको निर्णयका लागि वीरबलकै ठाउँमा भर्ति गरिएका दिवानलाई साथ लाएर पठाइदिए । वीरबल आफूचाहिँ घोडामा चढे र अरुहरुचाहिँ उनका पछि लागे । डेढकोशसम्म उनीहरुलाई पैदल हिँडाएर अनि उनले त्यस दिव्य महलको नगीचै उनीहरुलाई पु¥याए । सानु पहाडै जस्तो त्यस थुम्कोको नगिचै फेदिमा सबैलाई उभ्याएर उसै थुम्कोतिर हातले देखाउँदै वीरबलले भने—हेर्नुहोस् ! त्यस मनचिन्ते महलको सातौँ तलामाथीको झ्यालमा त्यो अप्सरा उर्वशी बसिरहेकी छ । हामीहरु धेरै जना भेला भएर आएका हुनाले त्यो हामीतिरै हेरिरहेकी छ । हेर्नुहोस् त्यसको मुख टहटहाएका चन्द्रमा जस्तै कति राम्रो देखिइरहेको छ । स्वर्गलोकलाई नै आफ्ना चहकले चकचौध पार्ने त्यही उर्वशी अप्सरा हो’ भन्ने अनेक झुटा प्रशंसा र वर्णन गरिसकेपछि उनले सोधे—‘के तपाईहरुले राम्रोसित देख्नुभो के? कि देख्नुभएन ? यदि न देखिएको भए जाँचिहेर्नोस्, किनकि तपाईहरुले बाखशाहलाई साँचो समाचार सुनाउनु छ ।

            त्यस जनसमुदायमा देशका ठला—ठूला अमीर र नगरका सेठसाहूहरु थिए । उनिहरुले आ—आफ्नू मनमा सोच्न लागे कि कहीँ यो वीरबल जीत(भूत) बनेर त आएको हैन ? किनकि जति कुरो यो भनिरहेको छ र जुन कुरो यो देखाइरहेको छ त्यो कुरो कोही पनि वास्तवमा देखिरहेको छैन । केवल त्यो मनचिन्ते महल मात्र देखिइरहेको छ । यस्तै प्रकारका अनेक शंका—उपशंका खुलदुल आ—आफ्ना मनमा परेर उनिहरुले वीरबललाई सोेधे—‘जुन कुरो तपाई भनिरहनु भएको छ र देखाइरहनु भएको छ ।, वास्तवमा अहिले सम्म हामीहरुले यो पटक्कै देखेका छैनौँ ।’ तिनीहरुको यति कुरो सुनेर वीरबलले फेरि भने—‘अरे कस्तो नदेख्नु भएको, ऊ क्या त त्यो उत्तर पटिको झ्यालबाट हेरिहेकी छ, तपाईँहरुले राम्रोसित ध्यान नदिएर पो त अथवा कहिल्यै न देखेकोले अरु नै चीन ठान्नु भयो होला, तपाईहरु  जस्ताले न देखे अरु कसले देख्छ ! स्वर्गका प्राणी वा पदार्थलाई न देख्ने त केबल मनुष्य लोकका पापी वर्णसंकरहरु मात्र हुन्छन्, तपाइहरुले देखिसक्नुभएको छ केबल ठम्याउन त सक्नुभएको मात्र हो । ऊ..............लौ हेर्नोस, अहिले त उसले पुरै मुन्टो नै बाहिर निकालेर हामीतिरै हेरिरहेकी छ । सबैले आँखा तानेर मरी मरी हेरे, कतै कुनै झ्यालमा पनि केही देखिएन, विचराहरुले देखुन् पनि के र ! जब उहाँ देखिने कुनै कुरै केहि थिएन । अनि वीरबलले ‘अब त मन्टो समेत निकालकी उसलाई तपाईहरुले अवश्यै देख्न पर्छ’ भनेर मन्त्रीजीलाई सोध्दा मन्त्रीले, अरुले आफूलाई वर्णसंकर संझलान् भन्ने भयले, देखेँ देखें, बल्ल पो देखेँ भने, अनि अरुहरुले पनि ‘ए त्यहि हो ? बल्ल पो देख्यौँ त भनी सबैले—‘बाफरे बाफ् !! के विध्नकी पो रहिछे मोरी त अघि नै हामीले देखिसकेका थियाँै, त्यसको केशपाशालाई बादल र मुख मण्डललाई चन्द्रमा ठानेर पो अल्मलियौँ । अरे बाबा । यस्ती राम्री स्त्री त सपनामा पनि कसैले देखेको छैन होला, धेरै के भनौँ ‘शकुन्तला नाटक’ का रचयिता कवि कालिदासले आफ्नू नाटकमा वर्णन गर्नु भएको मेनकाकी छोरी नायिका शकुन्तलालाई पनि यो मोरी त मात गर्ने खालकी । हेर्नुहोस् न सबैले उसलाई राम्रैसित देखेको स्वाङ देखाए ।

            तिनीहरुको मूर्खता देखेर वीरबल मनमनै मुस्कुराइरहेका थिए । उनीहरुलाई अझ मूर्ख बनाउने विचारले उनले भने—‘तपाईहरुले जस्ती अलौकिक सुन्दरीलाई देखिरहनुभएको छ, यो कुरो बादशाहका सामने निवेदन गर्नलाई कुनै आपत्ति त छैन ? वीरबलको यस्तो प्रकारको कुरा सुनेर उनीहरुले—‘कुनै परवाह छैन । जो चीज जसरी जस्तो हामीले देखिरहेका छौँ, त्यो सत्य कुरो भन्नमा केको डर ?’ त्यसपछि वीरबलले फेरि उनीहरुलाई लिएर राजसभामा भए । उनीहरु आइपुग्न ढिलाएको देखेर अप्सरालाई अँगालो हाल्न हौसिएका अकबर अकुलाइरहेका थिए । उनीहरु आइपुग्ने बित्तिकै बादशाहले हड्बडाउँदै—के तिमीहरुले त्यो महल र उर्वशी अप्सरालाई देख्यौ ? भनी सोधे । नयाँ दिवानले हात जोडेर बिन्ती गरे ।—‘ खुदानन्द (स्वामी) ! वीरबलले भनेभन्दा पनि ज्यादै राम्रो महल र असाध्यै राम्री अप्सराको शोभा देखियो ।

            नयाँ मन्त्रीको बढे—चढेको प्रशंसाले गर्दा बादशाह उसलाई भेट्न असाध्यै तम्सिए । अनि उनले उकुसमुकसिदै वीरबललाई भने—‘वीरबल त्यसलाई यहिँ ल्याऊ—न !’ बादशाहका् त्यस्तो आग्रह देखेर वीरबलले उत्तर दिए—‘पृथ्वीनाथ ! ऊ त स्पर्गकी सर्वश्रेष्ठ सुन्दरी अप्सरा हो त्यस्ती मानिनीले यहाँ आफँै आउन कठिन छ । यदि सरकार गएर ल्याए मात्रै अघि लाग्ली । किनकि उसको शान नै निहोरा गराउनु हो ।’

No comments:

Blogger news