Blogger templates

Pages

Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

30 Aug 2010

मइनको शाहजादा

कुनै दिन कुरैकुरामा बादशाहले वीरबललाई लज्जित पार्ने विचारले ‘ए वीरबल ’ तिम्रा भगवान् श्री कृष्णजी गज(हात्ती) को पुकार सुन्नेवित्तिकै आफैँ हस्याङफस्याङ गर्दै दौडेर उहाँ पुगे रे ! के उनका साथमा कुनै मानिस या उनको कोही नोकर चाकर थिएन रे ? सोधे बादशाहको यस्तो उरन्ठ्याउलो प्रश्न सुनेर वीरबलले, ‘पृथ्वीनाथ ! यसको जवाफ अरु कुनै बेला म टक्¥याउनेछु’ भने । बादशाहले पनि त्यो कुरो मञ्जुर गरि लिए ।
    त्यसपछि वीरबल यस प्रश्नको उचित उत्तर सोदाहरण दिनका लागि यूक्ति सोच्न लागे यस्तैमा एक दिन उनलाई यौटा अजबको युक्ति सझ्यो । बादशाहका नातिको धराले रोजै उस नातिलाई सभामा बादशाह विराजमान भएको ठाउँमा ल्याउने गथ्र्यौ । वीरबलले कुनै प्रकारले उस धरालेलाई फुस्लाए र ठिक्क उस नाति शाहजादाको अनुहार गढ्न डीलडाम सँग मिल्ने गरी मइनको यौटा पुतली तयार गर्न लगाए र उस पुतलीलाई शाहजादाले लगाए जस्तै गरगहना पोशाक पहिराइदिए । अनि एक दिन त्यस धरालेलाई त्यो पुतली दिएर तैँले यसलाई अगाडी बोकेको बोक्यै बादशाहले देख्ने गरी गोडा चिप्लिएको बहाना बनाई हौज(कुण्ड) मा झ्वाम्मै डुबेस् !’ भनी अह्राए । त्यो धराले पनि उपद्रै बाठो थियो । उसले पनिृ उस्तै ग¥यो ।
धराले चिप्लित्त चिप्लिइ आफ्नु नातिलाई हौजमा डुबाएको देखेर आतेसमा आतिँदै ज¥याकजुरुक्क उठेर दौडदै गई पोशाकमै सुद्ध त्यस कुण्डमा हाम फाले र चुर्लुम्म डुबेर हत्तर पत्त मइनको त्यो पुतलीलाई लिई बाहिर निक्ले । वीरबलले मौका पाएर उसै बेला विन्ती चढाइहाले, ‘पृथ्वीनाथ ! के हजुरभाठौँ कोही मानिस थिएन अथवा के सरकारका कुनै नोकर चाकर थिएनन् र आफ्नु नाती शाहजादालाई निकाल्न स्वयं तक्लीफ गरी यस हौजमा हामफालिबक्सनु प¥यो ?’ तब वादशाह पनि वीरबलका कुराको मतलब बझेर र आफ्ना प्रश्नको समुचित उत्तर पाएर रिसाउनु अनुचित ठानी चुपचापै रहे । वीरबल फेरि पनि विनम्र भई विन्ती चढाए, ‘पुथ्वीनाथ ! जसरी सरकारलाई आफ्नु सन्तानमा ममता छ, त्यसरी नै भगवान् श्रीकृष्णलाई पनि आफ्ना भक्तहरुमा असीम ममता र दया छ ।

No comments:

Blogger news