Blogger templates

Pages

Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

30 Aug 2010

अचम्मको उखान

कुनै दिन जब सभासद्हरुले खचाखच भरिएको बादशाह अकबरको राजसभामा वीरबल पुगेर बादशाहलाई सलाम बजाई आफ्नू आसनमा बसे तब बादशाहले उनलाई, ‘वीरबल ! मैले यौटा उखान सुनेको छु, त्यसको अर्थ बताऊ त !’ भनी सोधे । बादशाहको त्यस्तो सुक्ति सुनेर वीरबलले, ‘कहिबक्सियोस्, के हो ?’ भनी विन्ती गरे । तब बादशाह अकबरले भने—
    मास्तिर ढक्कन तलतिर ढक्का वीचमा खरबुजा । मईन स्याँगिले स्वयं काटिने के होला अर्थ बुझा !! यस्तो अचम्मको उखान सुनेर वीरबलले चकित हँदै, पृथ्वीनाथ अहिल्यै ठाडठाडै त यसको अर्थ बताउन म असमर्थ छु, यदि हजुरले केही समय दिइबक्से शायद बताउन सकँुला, भनेर चुपलागे । तब बादशाहले, ‘अच्छा ठीक छ, कुनै हर्जा छैन,केही समय पछि नै बताए पनि हुन्छ’ भने ।
त्यस दिनको सभा सकिएपछि सबै भारदारहरु घरघराँ गए, बिचरा वीरबलचाहिँ उखानको अर्थ जान्ने विचारमा रङमङिदै यौटा गाउँतिर लागे । साँझ पख भैसकेको थियो । भोकै प्यासै दइ अढाई घण्टाको हिँडाइले उनी लखनतरान भैसकेका थिए । बल्ल—बल्ल यौटा गाउँमा पुगे । गाउँको छेउमा वस्तुभाउ भएको तर मान्छे कोही नरहे जस्तो आँगनमा घुसे । त्यस घरको दलानमा कुनै केटी बेलुकाको खाना पकाइरहेकी थिई । आँगनमा उभिएर, के गरिरहेकी नानी ? भनेर वीरबलले सोधे । उस केटीले उरन्ठ्याउलो उत्तर दिई—‘म छोरी पकाउँछु, आमा जलाउँछु ।’ फेरि वीरबलले सोधे, ‘तिम्रा बाबा के गर्दै छन् ?’ कन्याले उत्तर दिई, ‘बाबा त माटोमा माटो मिलाउन जानुभएको छ ।’ फेरि वीरबलले सोधे, तिम्री आमा कहाँ हुनुहन्छ नि ?’ झट्ट कन्याले उत्तर दिई, ‘एकुनओटालाई दुओटा बनाउन जानु भएको छ ।’
    आफ्ना सोझा प्रश्नका त्यस्ता बटारिएका उत्तर सुनेर वीरबल एकदम घड्बडाए यत्तिकैमा त्यस केटीका आमाबाबु पनि टुप्लुक्क आइपुगे । साँझ मा घर आएका पाहुनालाई गर्नुपर्ने सोधखोज गरीवरी दलानमा बिछ्याइएको आसनमा स्वागतपूर्वक बसाइसकेपछि र आफू हरु पनि बसिसकेपछि वीरबलले उनीहरुलाई आफू आएर केटीलाई सोधेका कुरा र उसबाट पाएका अनौठा उत्तरहरु सबै सुनाए । सबै सुनिसकेपछि त्यस केटीका पिताजीले भने, ‘ठिकै त छ, यो मेरी छोरी अरहरको दाल पकाइरहैकी छ र उसकै डण्डी बालिरहेकी छ । यसैकारण उसले; म छोरी पकाउँछु आमा जलाउँछु’ भनेकी हो । यता मचाहिँ आफ्नै बन्धुको लाश दाहसंस्कार गर्न गएको थिएँ अर्थात प्राणहिन त्यस शरीररुपी माटोलाई माटो मै मिलाउन गएको थिएँ र उसकी आमा दाल दल्न गएकी थिई अर्थात एकुनओटालाई दुइओटा बनाउन गएकी थिई ।
    त्यति सानी केटीको र उसका बाबुको कुरो र कुराकानी गर्ने रंगढंग देखेर ‘यो परिवार साँच्चै नै बुद्धिमान परिवार रहेछ’ भन्ने वीरबलले  सोचे । यिनीहरुको कुरो सुन्दा यो परिवारै उखानिया परिवार रहेछ भनिठानेका वीरबलले बादशाहका उखानको मतलब यिनसँगै पो सोधूँ कि क्या भन्ने ठानी आफू रन्थनिएर राजदरबाट हिँडेको सबै बेलिबिस्तार लाए । बादशाहको उखान वीरबलका मुखारविन्दबाट सुनेपछि ती किसानले भने, ‘अरे ! यति जाबो कुरा पनि बुझ्नुभएन ! यो कुन त्यस्तो गूढ अर्थ भएको उखान हो र ! यस उखानमा त सबै अर्थ उदाङ्गै छ । सुन्नुहोस्—‘मास्तिर र तलतिरका ढक्कन भनेको ‘आकाश र पृथ्वी हो । जसरी मइन तापरुप गर्मीले पग्लिन्छ त्यसरी नै प्राणी पनि समयरुपी सूक्ष्म कीटाणुले जर्जरिएर अथवा विषम अयुक्त खान—पानबाट उब्जिएका तगडा कीटाणुले ठहरै मर्छ ।’
    किसानका कुरोले वीरबल असाध्यै खुृशीभए र उसलाई प्रशस्त इनाम दिएर भोलिपल्टै आफ्नु घरतिर फर्के । अर्को दिन राजसभामा पुगेर आफ्नू आसन ग्रहण गरिसकेपछि बादशाहलाई उनका उखानको मतलब बुझाए । वीरबलले दिएको समूचित उत्तरले बादशाह गद्गद् भएर प्रशस्त इनाम बक्सिस् दिए ।

No comments:

Blogger news