Blogger templates

Pages

Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

10 Aug 2010

भारतका नामी अकबर–वीरबल–विनोद

अकबर–वीरबल–विनोद
द्रस्टव्यः यसका अगाडी तथा पछाडीका केही अंश सुरक्षित नभएकोले यसमा राख्न सकिएन ...................
तपस्याको केही प्रभाव आफूमा परेको पत्तो पाइएन । बाह्र वर्षको घोर तपस्याको फल नफलेको देख्ता सुशर्मलाई ज्यादै पीर प¥यो र उनले सन्यास लिए र फेरि तपस्यामा लिन भए, विचरा नाई पनि आफ्ना परम मित्र ब्राह्मण देवताको सेवामा सधैँ तत्पर रहन्थ्यो । उसमा पूरापूर विस्वास थियो कि मित्रको यस्तो अचाकलीको तपस्याले दुवैको मनोकामनाको पूर्ति हुन्छ हुन्छ । फेरि पनि त्यस्तो तीव्र तपस्या गर्दागर्दै बाह्र वर्ष बित्यो, तर कुनै परिणम प्रष्टिएको पाइएन ।
चौबिस वर्षको लामो तपस्याको फल तातोछारो केही नदेखिएकोले सुशर्माले आत्महत्या नै गर्नै अठोट गरे, तर त्यसलाई महान् अपराध ठानेर खामोश खाए । तब सुदामाले सुभाmव सुझायो कि आत्महत्या गर्नु त अवश्य नै महान् पाप हो, परन्तु त्रिवेणी–संगममा शरीर त्याग्नाले आत्महत्याको पाप लाग्दैन भन्ने मैले विद्धवानहरुबाट सुनेको छु । तपस्याले निराश भएर आत्महत्या गर्न तम्सिएका सुशर्मालाई यो कुरो जँच्यो र त्रिवेणीको संगम(गंगा–यमुना–सरस्वती नदीको दोभान) मा डुबेको डुब्नै हुन हौसिएर हिँडे । उहाँ पुगेपछि अर्को जन्ममा सुशर्माले सम्राट बन्ने संकल्पले र सुदामाले उनै सम्राटको सेवक बन्ने इच्छा लिएर संगममा शरीर त्यागिदिए ।
“जस्तो मति उस्तै गति” भन्ने उक्ति ब्राह्मण सुशर्माले जन्म मुगल बादशाह मुमायूँ कहाँ विक्रम सम्वत् १५४३ (पन्ध्रसय त्रिचालीस) का अमरकोट (राजस्थान० मा भयो र सुदामाको जन्म यौटा धनाढ्य ब्राह्मण कुलमा बुन्देलखण्डमा भयो रे र सुशर्मा प्रमुख मात्र ‘वीरबल’ ।
सुशर्माको इच्छा उच्च आर्यकुलमा जन्मिएर बिजयी सम्राट बन्ने थियो, तर उनले तपस्या गर्दा एक दिन नछानीकन नै गाइको दूध पिइदिएका थिए त्यस दूधमा गाइको रौँ पइन गएछ, त्यसै उसले मुगलकुलमा जन्मिएर खानदानी बादशाह मुन पुगे ।
सुदामा चाहिँ संयममा चुकेकै थिएन, त्यसकारण उसको जन्म ब्राह्मण कुलमा हुन गयो । यो पूर्वजन्मको मनगढन्ते कुरो जेसुकै होस्, तर बादशाह अकबरको दरबारमा वीरबल त्यस्तै प्रतिभाशाली थिए जस्तो विक्रमादित्यको राजसभामा कालिदास ।
अकबर–वीरबल–विनोदमा वीरबलको मात्र परिचय प्रस्तुत गर्दा विनोद खल्लने होला भन्ने भयले अब संक्षेपमा अकबरको परिचय प्रसार गर्छू ।

विनोद
सबभन्दा प्यारो चिज
कुनै दिन बादशाहले कुनै कुरामा रिसाएर आफ्नी बेगमलाई भने—‘तँ आजै मेरो महलबाट निस्केर आफ्ना बाबुको अन्भरिइ !’ ती बिचरी बेगमले बादशाहसित धेरै अनुनय विनय गरिन्, तर बादशाहले पटक्कै सुन्दै सुनेनन् । आखिर क्यै नलागेर बेगम साहिबाले बुद्धिमान् वीरबललाई सेवक द्धारा आफूभाठौँ बोलाइन् र उनलाई सबै कुरो सुनाइन् । वीरबलले बेगम शाहिबालाई यौटा युक्ति सिकाएर आफू गए । त्यो यूक्ति बेगम साहिबालाई मन प¥यो र उनले त्यसै गर्ने निश्चय गरिन् । अनि उनले आफ्ना सारा सरसामान बाँध–बुध पार्न लगाइन् र बिदाबादी हुनकालागि यौटि सेविकालाई बादशाहलाई आफू भाठौँ बोलाउन पठाइन् र यता आफुलेचाहिँ अलिकता कडा शराब मिलाएर एक गिलास शरबत तयार पारेर राखिन् । यतिकैमा बादशाह महलमा बेगमभाठौँ आइपुगे । बेगम साहिबाले पनि बडो आदर सत्कार गरिन्, धेरै खुशामद गरिन् तर ती खुशामद अनुनय–विनयले उनको दिल अलिकति पनि पग्लेन । उनले बेगमलाई भने, “कुनै प्रकारले पनि म आफ्नु आज्ञा वापस लिन सक्तिनँ, महलमा जुन–जुन चिज तिमीलाई प्यारो छ, बस ती ती चिज तिमी लैजाउ । ”
बादशाहको यस्तो बेरहिम बातले बेगम साहिबाले धेरै पीर मानिन् र बादशाहलाई विनय गन्,ि “अच्छा, यदि हजुरको यस्तै चाहना छ भने अब आज मेरो हातबाट अन्तिम पटक एक गिलास शरवत त पिइबक्सियोस्, फेरि नमालुम यस जन्ममा हजुरको दर्शन पाउन सक्छु या सक्तिनँ ।”
बादशाहले बेगम साहिबाको विनय स्वीकार गरेर शरबत पिउन राजी भए । बेगम साहिबाले पनि अघिबाटै ठिक्क पारेर राखेको शरबतको गिलास उठाएर ल्याइन् । बादशाहले पनि कुनै प्रकारको आनेकाने नगरीकन नै घटाघट पिइदिए । शरबत पिइसकेको एकैछिन पछि नै उनलाई नशा ले चुर पा¥यो र उनी मस्तसित निदाए । उता बेगम साहिबाले आफू जाने ठिकठाक पहिल्यै पारीसकेकी थिइन् । नोकर–चाकर सबै तम्तयार थिए । दुइटा पालकी पनि कहार सहित मौजुद भइदिए । अनि त बेगम साहिबाले यौटा पालकीमा बादशाहलाई लेटाइदिइन् र अर्कोमा चाहिँ स्वयं विराजमान भइन् । पालकी बाकेर डोलेहरु महलबाहिरसम्म बिस्तारै आए र बाहिरिइसकेपछि बाटामा पालो दिन बसेका अरु डोलेहरुलाई समेत साथ लिएर कुर्कुच्चा ठोकी । दिनभर रातभर पालैपालो कूँच मारेर भोलिपल्ट छःबज्दा न बज्दा बेगम साहिबाको माइत पु¥याए । उहाँ पु¥याएपछि बादशाहलाई सजिसजाउ यौटा कोठामा लिएर साहिबा नगिचै बसिरहिन् करीब दसबजेतिर नशा उत्रियो र उनी झल्याँस्स ब्यूँझिइ जुरुक्क उठे । अचानक उनले आफूलाई अन्तै भएको थाहा पाए अनि आफ्नी प्यारी बेगमलाई पनि नगिचै बसिरहेकी भेट्टाएर आश्चर्यचकित भए । तब उनले बेगमसित सोधे, “यो त हाम्रो महल हैन, अनि त हामी यहाँ किन र कसरी आइपुग्यौँ ? यो सबै बिस्तारपूर्वक मलाई बताउ !” त्यसपछि बेगम साहिबाले हात जोडेर बिन्ती बिसाइन्, स्वामी ! यो घर मेरा पिताको हो, हजुरको हुकुमले नै म यहाँ आएकी हँु । महलमा जो जो चीज तिमीलाई प्यारो लाग्छ ती ती चीज लिएरै जाऊ ! भन्ने हजूरभन्दा प्यारो वस्तु मेरो कुनै छैन, त्यसै उसले हजूरलाई समेत साथै लिँदै आएकी हूँ ।
आफ्नु प्रति बेगमको अगाध प्रेम देखेर बादशाह अत्यन्तै खुशी भए र बेगमको सारा अपराध क्षमा गरिदिए अनि आफ्ना सासु ससुरासित भेटघाट बिदाबादी भइ उसै दिन बेगमलाई समेत साथै लिई आफ्नु राजमहलमा वापस आए ।
केही दिन बितेपछि एक दिन कुरैकुरामा बेगम साहिबाले—“त्यस दिन मैले जो—जो गरेँ त्यो मैले आफ्ना बुद्धिले गरेकी थिइन, मन्त्री वीरबलको रायले गरेकी थिएँ ” भनी आफ्ना प्रिय पति बादशाहलाई बताइदिइन् आफ्नी प्यारी बेगमको मुखबाट यस्तो कुरा सुनेर बादशाह असाध्यै खुशी भए र वीरबललाई धेरै—धेरै धन्यवाद दिए ।

No comments:

Blogger news