Blogger templates

Pages

Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

13 Aug 2010

आज भोली सबै जना हाम्रो नाता टुटयो भन्छन l

त्यती राम्रो सुहाउदो जोड़ी छुट्यो  भन्छन l l 
भेटघाट कमी भाव बोली चाली बंद भयो l 
मिलनको गठबंधन सबै छुट्यो भन्छन l l 
आर्कै संग जानु रैछ आखिर धोखा दिनु रैछ l 
तेहि भएर सकने जाती मोज सब लूट्यो भन्छन l l 
तेती मात्र नपुगेर हिजो आज बिश्वास घाती l 
 फेरी पानी उसकै बदनाम गर्न जुट्यो भन्छन l l
नवराज पोखरेल 'पाखेली'
    

No comments:

Blogger news