Blogger templates

Pages

Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

8 Mar 2014

बालबिबाह अझै पनि कायमै

सुनको औंठीसँग बेहुलीको तुलना

२०७० फागुन २५ गते
विश्वभरी नारी दिवसको मनार्इँदै गदौ नेपालको मोरङ्ग जिल्लामा जन्ती लिएर आएका बेहुलाले सुनको ओंठीसँग बेहुलीको तुलना गरी बेहुली लिएर जान अस्वीकार गरेका छन् भनि आजको अन्नपूर्णपोष्टमा खबर छ । बाजागाजासहित शुक्रबार भारतको बिहार राज्यबाट आएका २३ वर्षीय राजकुमार दासले ससुराली पक्षले सुनको औंठी नदिएको भन्दै उर्लाबारी–३ की १९ वर्षीय संगीता दासलाई लैजान अस्वीकार गरेका हुन् ।

      विहार किसान्गन्जस्थित पयाङटोला गाउँका दासले सिन्दुर हाल्ने बेलामा औंठी दिनुपर्ने नत्र बेहुली अस्वीकार गर्ने अडडी कसेका थिए । बेहुलीको परिवारका सदस्य चटपटे बेचेर गुजारा गर्दै आएका छन् । सुरुदेखि नै सुनको विषय झिकेर विवाद गरिरहेका बेहुला पक्षले सिन्दुर हाली दुलही लाने बेलामा यस्तो हर्कत देखाएका हुन् । ‘बिहेको कुरा छिन्दा चार तोला सुन र मोटरसाइकल दिनुपर्ने माग राखेका थिए,’ दुलहीका दाजुले भने । तर एउटा चटपटे बेचेर गुजारा गर्ने परिवारले ती सबै माग पुरा गर्न सक्ने कुरै भएन । यो त एउटा प्रतिनिधि घटना मात्र हो जुन आजको अन्नपूर्ण पोष्टमा छापिएको थियो । 

      अधिकांश यस्ता घटना तराईका जिल्लाहरुमा घट्ने भएतापनि यो अवस्था देशभरीका स्थानमा कायम छन् । गरिबीले गर्दा छोरीले सुख पाउँछे भनेर सानै उमेर बिवाह गर्ने गरिएतापनि विवाह पछि वा लैजाने बेलामा समेत बेहुली पक्षले धोका पाउने गरेको छ । तर के यसरी सानै उमेरमा विवाह गरि पठाउनु कानुन विपरीत हैन र ? के वालविवाह गर्न नहुने भनि कानुनको ठेली बनाएर राख्दा मात्र यो समस्या सुल्झिने हो त ? यसरी कानुन बनाएर कार्यान्वयन हुने भए अथवा कानुन लागु गर्ने नै भए पहिला ती परिवारको आर्थिक अवस्था सुधार्ने काम गर्नुप¥यो जसले हरेक आमा बाबुले आफ्ना छोरी चेलीलाई उच्च शिक्षा दिन सकुन् र सन्तानको भविष्य उज्वल पार्न सकुन् । 

No comments:

Blogger news