Blogger templates

Pages

Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

16 Aug 2010

वीरबलको परिक्षा

एकपल्ट वीरबल बिरामी परेका  थिए । बिमारले उनी तीन दिन थलिएपछि चौथो दिन बादशाह खुद नै वीरबललाई हेर्नकालागि उनकै घरमा गए । संयोगवश त्यस दिन बिरबलको तबियत केहि बेस थियो । बादशाह धेरै बेरसम्म उहीं बसेर उनीसँग कुरा गरिहे । यसपछि वीरबललाई दिसा लाग्ला जस्तो भो र उनी बिदा लिएर चर्पी गए । यता बादशाहलाई भने नयाँ तरीकाले वीरबलको बुद्धिको परिक्षा लिने विचार सुझ्यो । बिमारीले वीरबलको प्रतिभाशाली बुद्धिलाई बोधो त पारेको छैन ! भन्ने सोचेर उनले यौटा नोकरलाई बोलाएर वीरबल सुत्ने खाटको चारै खुट्टामुनि एकुनओटा कागजको टुक्रा राख्न लगाए र वीरबललाई यो कुरा नभन्नु भनी अराए पनि । केही बेरपछि वीरबल चर्पीबाट आए र हातपाउ धोएर कोठामा गई खाटमा लेटे । बादशाहका साथ कुराकानीको सिलसिला फेरि शुरु भयो । वीरबल कुराकानी त गरिरहेका थिए, तर उनको ध्यान भने तल–माथि गरी कुनै चीजको खोज गरे जस्तो गरिरहेको थियो । उनी कहिले मास्तिर कहिले तलतिर बडो ध्यानसित हेर्ने गर्थे । उनले त्यसरी बराबर तलमाथि हेरको देखेर–‘वीरबल ! तिमी के तजबिजिरहेका छौ ?’ भनेर बादशाहले सोधे । तब वीरबलले, ‘केही गोलमाल भएझैँ लागिरहेको छ, भनी विन्ती चढाए । फेरि बादशाहले नजाने जस्तो गरी, ‘कस्तो गोलमाल भएझँै लागिरहेको छ ?’ भनी सोधे । तर वीरबलले, ‘यो मेरो खाट यौटा कागजको टुक्रा जति अग्लो भएको हो या त्यो छत नै यौटा कागजको टुक्रा जति तलतिर धसेको हो, यी दुई कुरामा यौटा त अवश्यै भएको छ, भनी विन्ती चढाए । तब फेरि बादशाहले, ‘अरे विरबल ! तिमी यी सब पगला कुरा किन गरिरहेका छौ, के बिरामीले मगजमा केही खराबी त आएको छैन, भने अनि वीरबल ‘पगला कुरा म गरिरहेको छैन । न त मेरो मगज नै खराब भएको छ, म जो भनिरहेको छु सब ठीक भनिरहेको छु’ भने । अनि त बादशाहले सबै कुरो वीरबललाई सुनाइदिए र उनको बुद्धिको प्रशंसा गर्नासम्म गरे ।

No comments:

Blogger news