Blogger templates

Pages

Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

1 Nov 2010

मेरो बिचार

म एउटा लेखक हुँ  । मलाई लेख्न मन पर्छ । म एउटा पाठक पनि हुँ । मलाई पढ़न मन पर्छ । कहिलेकाहीँ मलाई लाग्दछ म एउटा पाठक नभएर एउटा लेखक पनि मात्र भएको भए कति धेरै पुस्तक लेख्थेँ होला । फेरि कहिलेकाहीँ मलाई यस्तो पनि लाग्दछ म एउटा लेखक नभएर एउटा पाठक मात्र भएको भए मैले कति धेरै पुस्तकहरू पढ्दथेँ होला । मैले अहिले त के पनि अनुभूत गर्न थालेको छु भने यदि म जागिरे नभएको भए मैले कति धेरै पुस्तक लेख्दथेँ होला । कति धेरै मुस्तक पढ्दथेँ होला । यसरी हेर्दा मेरो लेखनलाई अवरोध पु¥याउने मेरो लेखन मात्र रहेनछ । मेरो जागिर पनि एउटा तगारो रहेछ ।
मैले विश्वविद्यालयबाट डिग्री प्राप्त गरेको थिएँ । मलाई थियो मेरो त्यस्तो डिग्री वा प्रमाणपत्र जागिर खानको लागि नै हो । यदि मैले विश्वविद्यालयबाट डिग्री गरेर पनि जागिर खान्न भने मेरो त्यो डिग्रीको के काम भयो ? मैले डिग्री लिनुको अर्थ के भयो ? यसैले म के सोच्न वाध्य थिएँ भने हातमा डिग्री भएपछि मैले आफ्नो लागि जागिर नखाए पनि डिग्रीको लागि जागिर खानै पर्दछ । अर्काे कुरो यो पनि हो । जागिर खानु मेरो आवश्यक्ता पनि हो । पेट पाल्नको लागि पनि मैले जागिर खानै पर्दछ । पेट पाल्नको लागि भानुभक्तले त जागिर खाएका थिए भने म को हुँ र मैले जागिर नखाऊँ । आखिर इतिहारस हेर्दा कस्ता कस्ता ठूला ठूला लेखकहरूले त जागिर खाएका थिए भन्ने कुरा चाल पाइन्छ । शेक्सपियरले नाट्यशालामा जागिर खाएका थिए ।  शायद नाट्यशालामा जागिर खाएको हुनाले नै उनी विश्वविख्यात नाटककार भए । अंग्रेजी निवन्ध साहित्यका पिताा भनेर चिनिने फ्रान्सिस बेकनले पनि सरकारी जागिर खाएका थिए । अङ्ंगे्रजीका चर्चित कवि तथा समालोचक टिएस एलियट बैङ्कमा जागिरे थिए । अंङ्गे्रजीका प्रसिद्ध उपन्यासकार जोसेफ कोनार्ड नाविक थिए । उनले ब्रिटिस नेभीमा जागिर खाएका थिए । उनका उपन्यासमा समुन्द्री यात्राको वर्णन पाइन्छ । नोवेल पुरस्कारले विभूषित अमेरिकी लेखक अर्नेष्ट हेमिग्वे फौजी थिए । युद्धको बेलामा एम्बुलेनस चलाउँथे । प्रसिद्ध रुसी उपन्यासकार लियो टल्स ट्वाए सेनामा भर्ती भएका थिए । शायद सेनामा भएको कारणले नै उनले युद्ध र शान्ति जस्तो विश्व विख्यात उपन्यास लेख्न सके । हाम्रै मुलुकमा महाकवि लक्ष्मीप्रसाद देवकोटाले पनि एकपछि अर्को जागिर खान परेको हो । अर्का लेखन तगा कवि भीमनिधि तिवारी त जागिर खाएर यति आजित भएका रहेछन् कि उनले आफ्ना कवितामा जागिरे जीवन बिताउनुभन्दा गिद्ध भएरु सिनो खाई बाँच्न मन पराउने कुरा समेत पोेखे । दार्जिलिङका प्रसिद्ध लेखक रुपनारायण सिंह कलकत्ता हाइकोर्टका न्यायधीस थिए । आखिर उनी पनि जागिरे नै थिए । अङं्गे्रजीका उपन्यासका पिता भनेर चिनिने चाल्र्स डिकन्सको आर्थिक अवस्था यति कमजोर थियो कि उनले दस वर्षको उमेरमा जागिर खान प¥यो । कुनै बालश्रम कानुनले उनलाई जागिर खानबाट रोक्न सकेन । यस्तै अवस्था थियो । विश्व विख्यात अमेरिकी माक्र्सवादी लेखक हावर्ड फास्टको । उनले पनि आफ्नो गरिबीका कारणले कुनै विश्वविद्यालयको मुख देख्न पाएनन् । उनले मुख्यततः आफ्नो बालश्रमको अनुभवलाई आफ्नो विश्व विद्यालय बनाए ।
हुन त कति लेखक कविहरू आजभोली जागिर खान छोडेर कलम चलाएर नै आफ्नो जीविकोपार्जन गर्न थालेका छन् । उनीहरू लेख लेखेर नै पेट पाल्न सक्दछन् । उनीहरू किताब लेखेर नै ठूला ठूला महल बनाउन सक्दछन् । गगनचुम्बी भवन निर्माण गर्न सक्दछन् तर यस्ता लेखक हाम्रो देशमा अङ्गुलमा गनिन सकिने जति छन् । यसैले म जस्ता चार पाँच दशकसम्म कलम धस्दा पनि लेखक वा कविको मान्यता प्राप्त गर्न नसकेको प्राणीहरूले जागिरबिनाको जीवनको परिकल्पना गर्नु महामूर्खता नै हुन्छ होला शायद । यसैले म लेखक वा कवि हुन खोजेर मात्र हुँदैन । यथार्थ त के पनि हो जागिर खाएको हुनाले पनि म आफूले चाहे जस्तो कवि वा लेखक बन्न सकिरहेको छैन । कस्तो विडम्बना । लेखक वा कवि बन्नका लागि मैले जागिर खानै पर्ने । जागिर खाउकै कारणले म लेखक वा कवि बन्न नसक्ने । लेखक बनिहाले पनि जागिरमा बाँधिएर निकै महत्वपूर्ण समय खेर फाल्नुपर्ने ।
आजाभोली  म सोच्न थालेको छु–मैले जागिरे जीवनबाट अवकाश लिएपछि कति धेरै लेखपढ गर्ने समय निकाल्दो हुँ । तर मलाई के कुराको डर पनि लागिरहेछ भने जागिरले मलाई फुर्सद दिए पनि लेखनले अध्ययनको लागि फुर्सद दिनेछैन । त्यसैलै म लेखनमा लागेँ भने मेरो अध्ययन रोकिन जानेछ । लेखन र अध्ययनलाई एक साथ अगाडि बढाउन सकिनेछैन । यसैले जागिरले मलाई दिने फुर्सद निरअर्थक हुन पुग्ने छ । जागिरबाट मैले फुर्सद पाए पनि मैले चाहे जसरी लेखनलाई अगाडी बढाउन सक्नेछैन । मैले चाहे जस्तै अध्ययनलाई अगाडि बढाउन सक्नेछैन ।
कुरा त्यति मात्र    होइन, मैले जागिरबाट फुर्सद पाए पनि सामाजिक कार्यबाट फुर्सद पाउनेछैन । समाजमा बसेपछि असामाजिक बन्न भएन, भनिएकै पनि छ,  मानिस सामाजिक प्राणी हो । त्यसैले मैले समाजका हरेक गतिविधिका हिस्सा लिनुपर्नेछ । सामाजिक कार्यमा सरिक हुन पर्नेछ । म विवाह व्रतबन्ध, पूजाआजा, झैझगडा, लेनदेन खेलकुद, चाडपर्व आदि जानुपर्नेछ । अझ कुरा त्यति मात्र होइन म कतै सभा सम्मेलन भए त्यसमा हाजिर जनाउन पुग्नुपर्ने छ । कतै जुलुस हडताल भए त्यसमा समोल हुन पुग्नुपर्नेछ । कतै नाराबाजी भए त्यसमा स्वरमा स्वर मिलाउनु पर्नेछ । कतै कुनै अन्तक्रिया भए त्यसमा वक्ता नभए पनि श्रोता बन्न पुग्नुपर्नेछ । कतै कवि सम्मेलन वा साहित्यक कार्यक्रम भए मेले त्यसमा उपस्थिति जनाइदिनु पर्नेछ । केही नभए एउटा अणु कविता भए पनि सुनाइदिनु पर्नेछ । कतै त म अतिथि वा प्रधान अतिथि पनि बनिदिनु पर्नेछ । फेरि कतै त म सम्मानित हुन पनि पुग्नु पर्नेछ । अभिनन्दित हुन पनि जानुपर्ने छ । यसरी हेर्दा मलाई मेरो जीवनको निकै महत्वपूर्ण समय मेरो लेखपढ बाहेकका कार्यमा खर्च गर्नुपर्नेछ । यसको अर्थ के हुनेछ भने मैले न चाहे जति अध्ययन गर्न सक्नेछ । न चाहे जति लेखन कार्यमा आफूलाई व्यस्त राख्न सक्नेछु । यसको अर्थ यही हुन्छ, मेरो अध्ययन र लेखनको कार्उ भनेको कार्यदेखि फुर्सद पाएको समय हो । भनौँ लेखन र अध्ययनको कार्य भनेको फुर्सदको समयको कार्य हो । शायद यही भएर होला लेखक कविहरूसँग कसैले कुनै पत्र—पत्रिकाका लागि लेखरचना मागेका उनीहरू भन्ने गर्दछन्—मलाई फुर्सद छैन । फुर्सद पाएँ भने म तपार्इँको पत्रिकाका लागि केही न केही त अवश्य कोर्नेछु । म यो भन्दिनँ, लेखक वा कविहरू सधैंँ फुर्सदमा हुन्छन् । लेखक र कविहरू सधैँ यो वा त्यो कार्यमा व्यस्त हुन्छन् । उसरी कति लेखक कवि त मादक पदार्थ सेवनमा पनि व्यस्त हुन सक्दछन् । हामीलाई थाहा भएकै कुरा हो भूपिले आफ्नो जीवनको पछिल्लो चरणमा कवितालाई भन्दा मदिरालाई प्रेम गर्न थालेका थिए । उनले आफ्नो फुर्सदको अधिकांश समय मदिराको सेवनमा नै खर्च गर्दथे । उनले त मदिराको महिमागानामा कवितै लेखेका थिए–मैले पिएकोमा...........। यही आलत हरिभक्त कटुवालको थियो । अलिकति मदिरा सेवन नगरी हरिभक्तको सरस्वती प्रसन्न हुँदैन थिइन् । आफ्नी सरस्वतीलाई उर्जावान् बनाउन पनि हरिभक्त कटुवालले मदिरापान गर्नै पर्दथ्यो । हिन्दीका प्रसिद्ध कवि हरिवंश राय बच्चनले त झन् मदिराको महिमागानमा महापुराण नै रचेका छन्— मधुशाला । जे होस् कति ऊर्जावान् लेखक कविहरूको अलिकति समय मधुशालाले पनि हजम गरेको छ । भट्टी पसलले पनि खाएको छ ।
कुरा जे भए पनि मेरो गन्थनको मुख्य विषय हो अध्ययन र लेखन । मेरो लेखनको सार हो लेखनले मेरो अध्ययनलाई कमजोर पारेको छ । फेरि मेरा लेखनले मेरो अध्ययनलाई कमजोर पारेको छ । मलाई लाग्दछ  मेरो यो निष्कर्ष सही भए पनि सोह्रै आना सही होइन । सोहै्र आना सही कनि पनि होइन भने अध्ययन नै नगरी मैले आखिर के पो लेख्न सक्दछु र ? यसैले किन मेरो लेखनको लागि पनि मैले मेरो अध्ययनलाई अगाडि बढाउन पर्दछ । अध्ययनले मेरो लेखनलाई ओझिलो पार्दछ । बोझिलो पनि पार्दछ । अध्ययनले मेरो लेखनलाई ऊर्जा दिन्छ । प्रेरणा दिन्छ । बल दिन्छ । ताकत दिन्छ । यसैले लेखनको लागि पनि अध्ययन आवश्यक छ । कुरा यो पनि छ आखिर अध्ययन नगरेको मान्छेले के लेख्दछ ? उसको लेखनीमा के गहिराइ हुन्छ ? के व्यापकता हुन्छ ? हामीले बेकनको पढ्याँै भने त्यसमा अध्ययनको व्यापकता पाइन्छ । हामीले हैजलिटका निबन्ध पढ्यौ भने तिनमा पनि अध्ययनको व्यापकता पाइन्छ । चेष्टरटनका निबन्धमा पनि त्यसरी नै अध्ययनको व्यापकता पाइन्छ । शायद आफ्नो अध्ययनलाई व्यापक बनाउन नसकेको भए देवकोटाको निबन्धरू खोक्ता र बोक्ता मात्र हुन्थे होला । यसरी हेर्दा त मलाई लाग्दछ, मैले लेखनलाई अघि बढाउन पनि अध्ययनलाई अघि बढाउ आवश्यक छ । हुन त कुरो यो पनि छ । अध्ययन नै नगरेका मान्छेहरूले पनि गहिरा गहिरा कुरा भनेका छन.् । उनीहरूको हात नचले पनि मुख चलेको छ । उनीहरूले आफ्न कलमले कुनै पुस्तक नलेखे पनि उनीहरूका चेलाहरूले उनका वाणीलाई लिपिवद्ध गरिदिएका छन् । ब्रिटिस गणितज्ञ तथा दार्शनिक अल्फ्रेड ह्वाइटहेडले भनेका छन्—पश्चिमा दर्शनको इतिहास भनेकै प्लेटोमाथि लेखिएको पाद टिप्पणी मात्र हो । यिनै प्लेटोका गुरु सोक्तेटसले क, ख, ग, पनि पढेका थिएनन् । यस्ता मान्छेले आफ्ना हातले एक अक्षर लेख्ने कुरा पनि भएन तर पनि उनी प्राचीनकालमा सात बुद्धिमान मान्छेमध्ये एक मानिन्छन् । हिन्दीका सन्त कवि भनेर चिनिने कविरदास पनि कुनै पढे लेखेको व्यक्ति होइनन् तर पनि उनले मोखिक रचेका सुनाएका कविता उनका चेलाले लिपिवद्ध गरिदिएको हुनाले यतिबेला विद्यावारिधिका विद्यार्थीका लागि पढेका मान्छे थिए र ? सरस्वती आएर उनका जिब्रोमा आएर बसिदिएपछि कसको के लाग्छ र ? उनी संस्कृत वाङ्मयका महान् कवि तथा नाटककार भए । यसबाट के बुझिन्छ भने अध्ययनको लागि कुनै पुस्तक पल्टाउनु नै पर्दछ वा पुस्तकालय धाउनु नै पर्दछ भन्ने कुरा अनिवार्य शर्त भने होइन रहेछ । तर पनि हामीलाई के सोच्न वाध्य हुनुपर्दछ भने सोक्तेटस वा कविरदास ज्ञान वा अनुभव शुन्य व्यक्ति भने अवश्व थिएनन् । उनीहरूसित प्रशस्त ज्ञान हुँदो हो । उनीहरूसित प्रशस्त अनुभव हुँदो हो । यसबाछ के बुझिन्छ भने अनुभव पनि केही चीज रहेछ । शायद यही भएर पुष्पलालले भनेका थिए कि पढेकाले जान्दछ कि परेकाले जान्दछ । पढेकाले पनि नपरी जान्दैन । यसको अर्थ यही भयो व्यावहारिक ज्ञान अझ बढी उपयोगी हुँदो रहेछ । व्यवहारबिनाको अध्ययन अव्यवहारीक हुँदो रहेछ । व्यवहारबिनाको अध्ययनले गर्दा पण्डितहरू सबै कुुरा गुमाउनुभन्दा अलिकति पनि बचाउनु ठीक हो भनेर डुब्न थालेको टुप्पीमा समातेर टाउको छप्काउँदा रहेछन ।
भनिन्छ, व्यवहारबिनाको ज्ञानले मान्छे लङ्गडो हुन्छ । ज्ञानबिनाको व्यवहारले मान्छे अन्धो हुन्छ । यसबाट के बुझिन्छ भने ज्ञानको लागि अध्ययन मात्र पर्याप्त रहेनछ । मेरो यो लेखन मेरो ज्ञानसित सम्बन्धित छ भन्ने कुरा जगजाहेर छ । लेखाइको लागि ज्ञान चाहिन्छ । प्रश्न उठ्दछ— ज्ञान कहाँबाट आउँछ ? पक्कै हो, ज्ञान चिन्तन मननबाट आउँछ । ज्ञान वादविवाद र संवादबाट आउँछ । ज्ञान विश्लेषण र सश्लेष्णबाट आउँछ । ज्ञान अध्ययन र अनुसन्धानबाट आउँछ । ज्ञान अनुभवबाट आउँछ । ज्ञान प्यवहारबाट आउँछ । ज्ञान चाहे जहाँबाट आओस् लेखनको लागि ज्ञान चाहिन्छ ।
यी कुराको चर्चाले मलाई के दिव्य ज्ञान दिन्छ भने मैले मेरा लेखनबाट मेरो अध्ययनलाई बिदा दिन हुन्न त्यसरी मेरो अध्ययनबाट मेरो लेखनलाई बिदा दिन हुन्न । मेरो लेखनसित मेरो अध्ययनसित फ्युजन भएकै हुनुपर्दछ । संयोजन भएकै हुनुपर्दछ । मलाई लाग्दछ, अध्ययनबिनाको लेखन चीनी नहालेको चिया जस्तो हुन्छ । दाना नलागेको बाली जस्तो हुन्छ । फल नलागेको फूल जस्तो हुन्छ । प्राण नभएको शरीर जस्तो हुन्छ ।
कुरो जे भए पनि म पटक पटक यही कुरो सोच्न पुग्दछु कि मैले अध्ययनबाट बिदा पाए पनि लेखनलाई कति अघि बढाउन सक्दो हुँ । ठीक त्यसरी नै म पटक पटक यही कुरो सोच्न पुग्दछु कि मैले मेरो लेखनबाट बिदा पाए मेरो अध्ययनलाई कति अघि बढाउन सक्दो हुँ । मलाई कता कता मेरो अध्ययनले मेरो लेखनलाई रोके जस्तो लाग्दछ । कुन्नि किन म यस अवस्थामा मेरो लेखन र अध्ययनको फ्युजनलाई भुसुक्कै बिर्सिरहेको हुन्छु । कुन्नि किन म अध्ययनको महत्व लेखनमा हुन्छ र लेखनको महत्व अध्ययनमा हुन्छ भन्ने कुरालाई महत्व दिन खोविरहेको हुँदिन ।
यो कुरो पक्कै हो लेखनले अध्ययनको समय खान्छ । त्यसरी नै अध्ययनले लेखनको समय खान्छ । शायद यही भएर मैले अध्ययनमा डुबेको बेलामा लेखनलाई अघि बढाउनु हुँदैन । त्यसरी नै मैले लेखनमा डुबेको बेलामा अध्यययनलाई अघि बढाउनुहुँदैन । मैले एक पल पनि के कुरा भुल्नुहँुदैन भने लेखनको लागि अध्ययन आवश्वक छ । अध्ययनको लागि लेखन आवश्यक छ । यसैले मैले लेखनलाई अध्ययनको शत्रु ठान्नु हुँदैन । अध्ययनलाई लेखनको शत्रु ठान्नुहुँदैन । बरु असल हितैषी ठान्नु राम्रो हुन्छ ।

No comments:

Blogger news