Blogger templates

Pages

Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

25 Jul 2011

खानेपानी उपभोक्ता समस्यामा आन्दोलन गर्ने चेतावनी

काठमाडौं खानेपानी सँस्थानले समयमा पानी नदिएर समस्यामा परेका उपभोक्ता फेरि पनि समस्यामा परेका छन् ।
पुरानो वानेश्वरको क्याम्ब्रियज स्कुरदेखि सेतोपुल सम्मको लाइनमा धारामा पानी नआएर समस्या देखिएको छ । हप्तामा एकपटक आउने पानी पनि आउन छोडेपछि त्यस क्षेत्रका उपभोक्ता समस्यामा परेका हुन् । एक स्थानीएका अनुसार क्याम्ब्रियज स्कुल छिर्ने बाटोमा पानी खोल्ने ठाउँ थियो । नगरपालीकाले आउर त्यो पनि ठाउँ पुरिदिएको हुनाले पानी खोल्न नसकी समस्या भएको बताए । उनले थप्दै भने “हामीले खानेपानी सँस्थान र नगरपालिकामा पनि निवेदन पेश गरेका हाँै तर पनि कुनै सुनुवाई भएको छैन । यो सुनुवाई नभएमा हामी आन्दोलनमा उत्रिने छौं । ”
यसरी जिम्मेवार निकाय नै उपभोक्ताको अधिकार नै वञ्चित गर्न सक्रिय भएपछि नयाँ थपिएको नगरपालिकामा पनि यस्तै समस्या अनाउला भन्न सकिन्न ।

No comments:

Blogger news