Blogger templates

Pages

Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

3 Aug 2011

सावधान उपभोक्ता

काठमाडौं श्रावण १९ गते
बजार भाउ आकाशिएर बिहान बेलुका खाना पनि समस्या भोगिरहेका उपभोक्ता नक्कली सामानलाई महँगो मूल्य चुकाउन बाध्य भएका छन् ।
बजारमा शताब्दीकै महँगो बजार भाउ भएको बेलामा नक्कली सामान र सक्कली सामान एकै ठाउँमा मिसाएर बेच्ने कालो धन्दा चलाइरहेका गिरोहहरु दिन दिनै बढिरहेकै छन् तर सरकार बेखबर भएर बसेको छ । बजारमा पाइने चक्लेट, चुइगम, विस्कुट, दालमा मसालामा रंङ मिसाउने, अरु खाद्य पदार्थमा अखाद्यय वस्तु मिसाएर बेच्ने गरेको पनि पाइएको छ । हुन त सरकारले पनि केहि कदम चालेको बेला बेलामा समाचारमा छाइरहेकै कुरा हुन् तर पनि सरकारको काम गराई र कारबाही अलि अमिल्दो भएकोले हुन सक्छ यस्ता कार्यहरु दिन दिनै बढिरहेकै छन्  ।
त्यसैले सावधान ! आफ्नो खाद्य वस्तु उपभोगको अधिकारको रक्षार्थ आजैदेखि लागौं ।

No comments:

Blogger news