Blogger templates

Pages

Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

6 Nov 2011

दशैमा जमरा र रातो टिका

दशैमा जमरा र रातो टिका लिङ्गे पिङको झड्का याद आयो !
सबै जम्मा भई टिको लाउने दिन सम्झी आँसु आयो !!


हरीयाली जताततै फूलमा मौरी अनि पूतली पनि डुल्दै होलान् !
लाहुरेहरु फर्कि आका दुःख विर्सी रमाउँदै होलान्  !!
घरको याद धड्कन बनी चलिराछ घर जाउँ जाउँ लायो !
सबै जम्मा भई टिको लाउने दिन सम्झी आँसु आयो !!


घोर्ले खशी ढालिएको थियो पोहोर यसपाली पनि छ की !
पोहोर सम्म पिताको हातको टिका अब याद मात्र बाँकी !!
गाउँघर छोडी शहरमा बस्नुपर्दा जीन्दगी नै खल्लो लायो !
सबै जम्मा भई टिको लाउने दिन सम्झी आँसु आयो !!
“रविन्स”
कोशिशबाट
(कार्तिक २१ गते)

No comments:

Blogger news