Blogger templates

Pages

Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

7 Nov 2011

दशैं तिहार इद


दशैं तिहार इद आदि जुन चाड मनाएनी हामी नेपाली नै हौं !
हिमाली पहाडी मधेशी सबैको रगत एउटै हाम्रो अनि एक हौं !!


कालापानी, सगरमाथा लगाएत अरु सबै नेपालकै !
कालो गोरो रातो जे जस्तो भएपनि आखिर नेपाल आमाकै !!
हामी भाइचारा बटुलेर अहिले सम्म अस्थित्वमा बसेकै हौ !
हिमाली पहाडी मधेशी सबैको रगत एउटै हाम्रो अनि एक हौं !!


चाडबाड त फेरि आउँछ तर समय नै बित्दै जान्छ !
आफ्नो भनेको आफ्नै हो अरुको त सिक्न र सिकाउन मात्र हुन्छ !!
चाडबाडले नै हो भाईचारा बनेको हाम्रो किनकी हामी नेपाली हौं !
हिमाली पहाडी मधेशी सबैको रगत एउटै हाम्रो अनि एक हौं !
“रविन्स”
कोशिशबाट
(२०६८ कार्तिक २१ गते)

No comments:

Blogger news