Blogger templates

Pages

Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

10 Nov 2011

आज एउटा कुरा गर्यो भोलि अर्को कुरा

आज एउटा कुरा गर्यो 
भोलि अर्को कुरा l 
मेरो बोलि लागेनी लागोस 
भएर धारिलो छुरा l l 

जनता ढाटन म कति सिपालु 
भएको छु l 
तेसैले त आज मैले
यति ठुलो पद पाएको छु l l 

मेरो लागि जनता भन्दा 
नाता गोता ठुलो l 
जब माथि चढीसकियो 
किन झर्नु चढेको खुड्किलो l 

सत्ताको लिप्सा भनेनी 
मलाई कुनै सुर्ता छैन l 
जसले मलाई गाली गर्छ 
त्यो मेरो लागि कोहि पनि हैन l l 

यस्तै चलन चली आएको हो l 
अझै कति चल्छ l 
जनताको साथ नभएपनि 
मसंग हतियारको बल छ l l 

कति दुख गरेर बल्ल तल्ल 
यहासम्म आइयो l 
जनताको लागि नभयनी 
आफु र आफ्नालाई पाइयो l l 

भनेर भन्दा जनतामा 
नराम्रो असर पर्छकी l 
यस्तै यस्तै सोचले टाउको मेरो 
यति दुखाउछकी l l  
"रबिन्स "
कोशिश बाट 
(२०६८/०७/२५)

No comments:

Blogger news