Blogger templates

Pages

Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

19 Nov 2011

आँसु झारेर पिडा


आँसु झारेर पिडा सुनाएँ ।
घुँडा टेकेर पिडा सुनाएँ ।

भुईंमा बस्दा कसैले सनेन,
रुख चढेर पिडा सुनाएँ ।

भोकमरी लागेर आफ्नो घरमा,
असुरो सिस्नो टिपेर पिडा सुनाएँ ।

संस्कृति विविध छ छाँगेटारमा,
 त्यही हुलमा मिसीयर  पिडा सुनाएँ ।

बजाई मादल ती डाँडा पाखा नाचेर,
ओठ सुकाई पिडा सुनाएँ ।

कुरै नगरौं मानवियताको,
भोको पेट भौंतारिएर पिडा सुनाएँ ।

No comments:

Blogger news