Blogger templates

Pages

Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

28 Dec 2012

आलुवाद

आलु कस्तो मिलनसार छ भने गान्टोमा स्वयं गान्टे मूलादेखि लिएर अग्लोमा लौकासम्म चुच्चेमा स्वयं चुच्चेकरेलादेखि लिएर बुच्चेमा परवरसम्म, आँदिएकोमा गुन्दु्रकदेखि लिएर बाँधिएकोमा कुरिलोसम्म, जेसँग मिलाई दिनु होस् आलु ठ्याम्मै मिलि हाल्छ । त्यसैले धनी, गरिब, मानी, मगन्ते, विद्वान, लुम्फु, बुद्धिमान्, लट्ठु साराका भान्सामा आलुको समान सम्मान छ, समान प्रवेश र प्रतिष्ठा छ । यस अर्थमा आलूूलाई समाजवादी, समन्वयवादी, साम्यवादी तपाईं जे नाम दिनुहोस्, वस्तुतः आलुको मूल सिद्धान्त आलुवाद नै हो । जतिसुकै समानताको आदर्श राखे पनि आफू आफूमा मैले नगर्नु आलुवादको विशेषता हो । 

No comments:

Blogger news