Blogger templates

Pages

Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

5 Jan 2013

महिलाहरुको तल्लो पेटको दुखाई ।


के को कारणले महिलाहरुको तल्लो पेट दुख्छ त ?
सबै महिलाहरुले समय समयमा तल्लो पेट दुखेको महशुस गरेकै हुन्छन् । विशेषगरी महिनावारीको बेलामा यस्तो दुखाईको महशुस हुन्छ । 
धेरै जसो यस्ता समस्याहरुको सहि पहिचान गर्न साह्रै गाह्रो हुन्छ । तर केहि कुराहरुको जानकारीले डाक्टरलाई पत्ता लगाउन भने अवश्य सहज हुन्छ ।
धेरै जसो समस्याहरु भने मुत्र प्रणालीमा गडबड हुनुनै हो । जस्तैः पत्थरीको कारण, प्रजनन प्रणाली, गर्भाशय, अण्डवाहिनी नली आदि ।

मुत्र प्रणालीबाट उत्पन्न हुने समस्याका प्रकारहरु
धेरै जसो मानिसमा हुने समस्या भनेको नै पिसावको समस्या हो यो त्यतिखेर देखिने लक्षणहरु पनि हो । जस्तैः वारम्वार पिसाव लाग्नु र पिसाव गर्दा पोल्नु आदि । 
पिसावको इन्फेक्सन किड्नीसम्म फैलन पनि सक्छ र महिला दिदिवहीनिहरुले धेरै गर्मी महशुस गर्ने गर्दछन् भने पछाडी पटिको भाग पनि दुखेको महशुस गर्ने गर्दछन् ।
यदि तपाईहरुले पछाडीको भाग दुखेको, तथा हाडजोर्नीहरु दुखेको आदि जस्ता समस्याहरु डाक्टरलाई बताउनु भयो भने डाक्टरले पक्कै पनि तपाईको किड्नीमा पत्थरी भएको हो भनेर टेस्ट गर्ने गर्दछन् ।
यदि तपाईहरुको पिसावमा रगत आएको थाहा पाउनु भएमा तुरुन्त डाक्टरसँग सल्लाह गरेर उपचार गर्नु पर्ने हुन्छ साथै यसको अनुसन्धान पनि गर्नु पर्ने हुन्छ ।
पिसाव गर्ने ठाउँ सुन्निनु भनेको साधारण कुरा होइन त्यसैले डाक्टरले जाँच गर्दा तपाईलाई के के भएको छ भनेर लक्षणहरुको बारेमा जानकारी लिन पनि सक्छन् ।


प्रजनन अङ्गलाई प्रभावित भएर उत्पन्न हुने पिडा(दुखाई) का प्रकार
दुखाई अथवा पिडा तपाईको गर्भाशय, अण्डवाहिनी नली तथा अण्डाशयबाट पनि उत्पन्न हुन सक्छ । यस्तो प्रकारको पिडा धेरै प्रकारको हुन्छ तर अण्डाशयबाट हुने पिडा विशिष्ट प्रकारको हुन्छ । महिनावारीको समयमा गर्भाशयबाट हुने पिडा अधिक दुःखदायी हुन्छ जसलाई डाइमेनोरिह्या भनिन्छ । प्रजनन प्रणालीमा समस्या आउनाले सम्भोगको बेला पिडा पनि दिने गर्दछ जसलाई डाइपारेनिया भनिन्छ अनि यो कुरा तपाईले आफु यस प्रकारको समस्याबाट ग्रसित हुनुहुन्छ भने डाक्टरसँग भन्नु भयो भने अति नै राम्रो हुन्छ ।

समस्या समाधानको लागि डाक्टरले के गर्ने गर्दछन् त ?
तपाईले घरमा लाजले समस्या लुकाएर राखेपनि डाक्टरकहाँ जँचाउन गएपछि धेरै प्रश्नहरु सोध्न सक्छन, त्यस्तै लक्षणको बारेमा पनि सोध्न सक्छन् । आवश्यक परेको खण्डमा भित्री अङ्गहरु पनि चेक जाच गर्ने गर्दछन् ।

No comments:

Blogger news