Blogger templates

Pages

Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

21 Dec 2013

इन्टरनेटमा अश्लिल सामग्री हेर्नेको संख्या बढ्दो

इन्टरनेट फेसबुक, ट्वीटर लगायत अन्य सामाजिक सञ्जाल र इन्टरनेटको विकास र विस्तारसँगै यसको विकृतिले अभिभावकको टाउको दुखाएको छ । 
युवा मात्र नभएर बालबालिका समेत यस्ता सञ्जालहरुबाट अश्लिल भिडियो डायउनलोड गरि हेर्ने क्रम बढेपछि अभिभावकको टाउको दुखाएको हो ।
जति मात्रामा उच्च माध्यामिक तहका विद्यार्थीहरु यसको प्रयोग गर्छन् त्यति नै मात्रामा यसको दुरुपयोग पनि गर्ने गरेको पाइन्छ । 
यस किसिमको प्रविधिको विकाससँगै विकृति र विसंगति पनि बढ्दै गएपछि प्रमाणिकरण कार्यालयले विभिन्न जनचेतनामुलक कार्यक्रमहरु पनि गर्दै आएको छ । 
त्यस किसिमको अश्लिल भिडियो पोष्ट गर्ने, कमेन्ट गर्ने आदि इत्यादि कार्यहरु साइवर अपराध अन्तर्गत पर्ने र यसको लागि देशभर विभिन्न स्थानमा जनचेतनामुलक कार्यक्रहरु गरिँदै आएको र यसलाई अझ तिव्र रुपमा प्रचार प्रसार गर्ने कार्य भइरहेको नियन्त्रक लक्ष्मीप्रसाद यादवले बताउनु भयो ।
‘फेसवुक रन्य सञ्जाल प्रयोग गर्ने निहुँमा कतै आफ्ना बालबालिकाहरु कुलतमा फस्दै गइरहेका त छैनन्’ भन्ने कुरालाई अभिभावकहरुले विशेष ध्यान पु¥याउँदै बालबालिकालाई सबैको पहुँच पुग्ने स्थान अथवा परिवारका सदस्यहरु उपस्थित भैरहने स्थानमा राख्नुपर्ने उहाँले बताउनुभयो । 
विश्वव्यापि रुपमा बढिरहेको यस्ता प्रविधको विकास र विकृति सँगै सँगै विभिन्न देशहरुमा धर्मको पनि मर्यादा नतोडिने किसिमको साइवर कानुनहरु बनाइएका छन् । 
पछिल्लो समयमा यस्ता सामाजिक सञ्जालबाट अश्लिल भिडियो, तस्विर हेर्ने बालबालिकाको संख्या पनि बढेको र अभिभावकहरुको गुनासो बढेको उहाँले नकार्न सक्नुभएन । 
यस्ता सेवाको सुविधामा विद्यालय, अभिभावक र अन्य सम्पूर्ण व्यक्तिहरु यसप्रति बढि सजग हुनुपर्ने कुरा पनि यसमा औँल्याइएको छ । 
ग्रामीण भेगको तुलनामा शहरी क्षेत्रमा यसको प्रयोग अत्याधिक मात्रामा हुन्छ र विकृति पनि बढेको छ । जसले पछिल्लो समयमा साइवर अपराधका घटनामा पनि वृद्धि गरेको छ । 
इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले यस किसिमको गतिविधि रोक्ने प्रयास गरेपनि नसकेको र आगामी दिनहरुमा यसको लागि नयाँ नीति नियम बनाउने कुरा उहाँले उल्लेख गर्नुभयो । 

No comments:

Blogger news