Blogger templates

Pages

Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

21 Jan 2014

कम्प्युटर शिक्षाको मूल्य के हो ?

रामकृष्ण खतिवडा‘रविन्स’
रामकृष्ण खतिवडा‘रविन्स’
कम्प्युटर शिक्षाको मूल्य के हो ? केही व्यक्तिहरु यसको त्यस्तो कुनै मूल्य छैन भनेर तर्क गर्छन् । तर यसको खास महत्व छ जुन उपयुक्त पनि छ । के कम्प्यूटर शिक्षाले हाम्रो संवाद गर्ने माध्यममा असर गर्छ ? यदि त्यसो हो भने, यो आवश्यक र नराम्रो कुरा हो त ? कम्प्युटर शिक्षा हाम्रो आवश्यकता भए यसमा हाम्रो भविष्य कस्तो छ त ? कम्प्युटर शिक्षा आवश्यकीय वस्तु भए व्यक्तिगत, वित्तिय र सामाजिक मूल्य के हो त ?

वेवस्टर डिक्सनरीले, साहित्यलाई लेख्ने र पढ्ने क्षमता भनेर लेखेको छ । यहाँ साँच्चिकै ‘साहित्य’ शब्दको एक भन्दा बढीनै अर्थ छ जसै हामीले कक्षाकोठामा छलफल पनि गरेका हौँ र धेरैवटा विषयहरुको  निवन्ध पढेका पनि हाँै । विश्व त्यसै पनि साहित्य नै लेख्ने र पढ्ने क्षमता हो भनेर अघि बढिरहेको अवस्था छ र हामीले यसमा विविध समझदारीता जनाएका पनि छौं । तर अहिले विश्वमा नयाँ साहित्यको विकास यसरी हुँदैछ र त्यसले चाँडै नै हामी सबैको ध्यान त्यसतर्फ मोड्ने माग गर्नेछ । 
म तपाईहरुलाई यहाँ कम्प्युटर शिक्षाको बारेमा लेखेर के सङ्केत गर्न खोज्दै छु भने जसरी हाम्रो समाजमा दैनिक कार्यको लागि यसप्रति निर्भरता बढिरहेको छ त्यस हिसाबले यसलाई सञ्चालन गर्न र लाभ लिनको लागि चाहिने आवश्यक दक्ष जनशक्तिको पनि उत्तिकै मात्रामा माग बढ्दो छ । आजभोली कम्प्युटरको काम, एउटा बजार, एउटा प्रविधिको लहर जस्तै भइसकेको छ । हामीसँग यसको सदुपयोगको विकल्पनै छैन । तर हामीले हामी उच्च शिक्षाको लागि कलेज नगइ पैसा कमाउनको लागि मात्र कम्प्युटरको प्रयोग गरेका थियौं भने आज हामी धेरै पछि पर्ने थियौं । अथवा हामीले न त पैसा कमाउँथ्यौं न त राम्रो कम्प्युटर शिक्षा लिन सक्थ्यौं । यदि यसरी यसको सकारात्मक र नकारात्मक दुवै पक्षलाई औंल्याउने हो भने यसको महत्व र मूल्यलाई नकार्न सकिन्न । त्यसैले अब तपाईँ आफैं भन्नुहोस् कि कम्प्युटर शिक्षाको महत्व र मूूल्य र समाजमा त्यसको मूल्य कति रहेछ ? 
जसरी नयाँ नयाँ प्रविधिको विकास हुँदै जान्छ, मार्केटमा तपाईँको कामको माग नहुन सक्छ । यही नै मुख्य कुरो हो नेटवर्क प्रसाशनको । पहिला नोभेल भन्ने नेटवर्कीङ्ग सफ्टवयेर एकदमै रुचाइएको र चलेको सफ्टवयेर थियो र पछि माइक्रोसफ्ट भन्ने अप्रेटिङ सिस्टम आयो जुन नेटवर्किङ मार्केटमा अत्यधिक परिमार्जित रुप पनि थियो । काम गराउने मान्छेहरु कुनै विशिष्ट क्षेत्रको काम गर्ने मान्छे खोज्न थाले ।  मैले यी यावत कुरा उल्लेख गर्नुको अर्काे कारण पनि छ कि काम भनेको कहिल्यै पनि स्थायी हुँदैन, तर तपाईँले हासिल गरेको शिक्षा तपाईबाट कसैले पनि लिएर जान सक्दैन । यो तपाईको भविष्यको बाटो बनाउने माध्यम हो र जुन आजको युगमा देखिएको कुरो पनि हो । 
के साँच्चै नै कम्प्यूटरले हाम्रो कार्य गर्ने क्षमतामा प्रभावकारी रुपमा बाधा अड्चन खडा गरेको छ त ? यो प्रश्नले हाम्रो कार्य गर्ने क्षमतालाई पूर्ण रुपमा व्यक्त मद्दत गर्दछ । धेरैजसो हामी ई–मेल मात्र पठाउछौं जुन छोटो हुन्छ र हामीले प्रकट गर्न खोजेको कुरो के हो भन्ने स्पष्ट हुँदैन । हामी अझै पनि पुरानै चलन चल्तिको कुराकानी गर्ने तरिकालाई बढावा दिइरहेका छौं । टेलिफोन, फ्याक्स र हातले लेख्ने चिठिको दिन बितेर गइसकेका छन् । त्यसैले आउनुहोस् अब बेला आएको छ पुराना हातले लेखिएका चिठिपत्र टिकट टाँसेर पठाउने दिन गए अब मात्र १० सेकेण्ड भित्रमा नै तपाईको काम बन्नेछ । त्यस्तो खर्चिलो काम गर्नुभन्दा दश १५ रुपैयाँ मानै काम हुन्छ । जसले नयाँ रोजगारको सिर्जना गर्नेछ साथै यसको विकासले धेरैको रोजगार खोसेको कुरालाई नकार्न सकिन्न । 
यसबाट कस्तो किसिमको व्यवहारीक लागत आउँछ ? यदि हामी यसको सुविधा भोगी मात्र भयौँ र यस क्षेत्रमा काम गर्नै दक्ष प्राविधिकहरु भएनन् भने के हुन्छ ? यो दक्षताको मूल्य के हो ? हामीले हामीसँगै काम गर्ने सहकर्मीहरुले कसरी संवाद वा सञ्चार गर्दछन् भन्ने कुरा हेर्नुपर्ने हुन्छ । हामी कार्यालयमा काम गर्नेसमयमा एक अर्कासँग सँगै हुन्छौँ तर हामी सँगै हिँड्दै गफ गर्दै घर आउन वा अफिस जान किन सक्दैनौँ ? हामी खाली इ–मेल गर्छाैँ र त्यसको जवाफको प्रतिक्षामा हुन्छौं । हामीले यसो गर्दा संवाद गर्ने पद्धतिको सदुपयोग गर्न सकिरहेका हुँदैनौँ किनभने यस्ता कार्यमा हामीले शरीरको हाउभाउ,  जसलाई अंग्रेजीमा मिसकम्यूनिकेशन भनिन्छ । कम्प्युटरले संवाद प्रक्रिया, हाम्रा दैनिक कार्यहरु सहज त बनाएका छन् तर के त्यो साँच्चै प्रभावकारी छ त ? 
के यहाँ कुनै दक्ष प्राविधिकको सम्पर्क विना काम गर्न सम्भव छ त ? छैन यहाँ त केबल एउटा कम्प्युटर समस्या पर्दा, अन्य त्यस्तै प्राविधिक समस्या पर्दा सम्पर्क गर्नको लागि मोवाइलफोन, टेलिफोनको विकास र प्रयोग अनि इमेलको प्रयोग बढेको मात्र छ । इमेल प्रसासक र प्राविधिकाई काममा सहयोग गर्ने साधन मात्र हो । तर टेलिफोन र मोवाइलफोनको प्रयोगले यस किसिमको कार्य गर्न सहयोग भने अवस्य पुगेके छ जस्तैः
क. तपाईलाई कसैसँग फोन सम्पर्क गरेर समस्या भन्न थोरै समय लाग्छ,
ख. प्राविधिक र फोन गर्ने व्यक्तिबीच सूचना राम्रोसँग आदान प्रदान हुन्छ, 
ग. तपाईँले आफ्ना महत्वपूर्ण कामहरु फोन सम्पर्कको भरमा गर्न सक्नुहुनेछ 

No comments:

Blogger news