Blogger templates

Pages

Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

21 Jan 2014

विद्यार्थीमा सञ्चार प्रक्रियाका आधारभूत आवश्यक्ताको कमी

रामकृष्ण खतिवडा‘रविन्स’

  1. संसारमा जो कोही पनि संगठित रुपमा वा मौखिक रुपमा पढ्न, लेख्न र संवाद  तथा संचार प्रक्रिया गर्न सक्षम छन् । तर दुर्भाग्यवश, धेरै जसो मानिसहरु अथवा विशेषगरी विद्यार्थीहरुमा सञ्चार गर्नको लागि चाहिने आधारभुत वा महत्वपूर्ण तत्वहरुको अभाव छ । यो एउटा विरोधाभासपूर्ण सत्य हो कि आजको २१ औं शताब्दिको युगमा पनि विश्वमा धेरै जसो विद्यार्थीहरु पूर्ण रुपमा शिक्षित छैनन् । 
साधारणतया हामीले हेर्दा र बुझ्दा धेरै जसो विद्यार्थीहरु सञ्चार प्रक्रिया गर्ने कलामा सक्षम छन् । तर शुद्ध र प्रभावकारी भाषाको प्रयोग नै एकदम महत्वपूर्ण तथा व्यवहारीक उपयोगिता हो । जुन एउटा साधारण विद्यार्थीमा पाउन मुस्किल छ । यो एउटा कुरा खुल्ला रुपमा भनौं वा व्यक्तिगत रुपमा आंकलन गरिएको कुरा हो । एउटा प्रभावकारी भाषाको प्रयोगविना विचार, भावना र मनका कुरा व्यक्त गर्न असम्भव छ । विद्यार्थीमा कुनै पनि कुरा लिन सक्ने र सूचना दिन सक्ने एउटा विशेष तह हुनै पर्छ । म्ष्बलभ च्बखष्तअज लेख्छन् “साधारण लेखपढ” र “सावधानी पूर्वक गरिएको लेखपढ” लाई  रेक्टर स्केलको नाम जसरी नै मूल्याङ्कन गरिन्छ । सञ्चार जगतमा मौखिक शब्दलाई त्यति जोड दिइदैन त्यसैले विद्यार्थीले अक्षर वा शब्द नै सूचक हो भन्ने बुझेर अहिलेको शैक्षणिक युगमा भाषालाई पनि बढि प्राथमिकता दिनुपर्ने हुन्छ । 
 भाषा भनेको कुनै पनि शिक्षाको आधारभूत स्तम्भ हो । यहाँ जो कोहि पनि साहित्य, विज्ञान वा अरु कुनै विषय अध्ययन गर्न चाहन्छ र त्यसको लागि भाषाको कला अपरिहार्य छ । यदि कुनै व्यक्ति जो ल्यावमा काम गर्छ उसँग भाषाको ज्ञान वा अनुशासन छैन भने उसको लागि ल्याव रिपोर्ट अथवा अन्य कुनै रिपोर्ट बुझाउन वा प्रस्तुत गर्न एकदमै गाह्रो पर्छ । जो साहित्यिक सीपलाई उपयोग गर्न सक्छ उसले मात्र आफूलाई प्राप्त भएको सूचनाको सहि सदुपयोग गर्न सक्छ । उनीहरुले त्यसको लागि पुस्तकालय वा इन्टरनेटको पनि प्रयोग गर्न सक्छन् । त्यसकारण उपलब्ध भएका सबै सूचनाहरुको फाइदा लिनको लागि साहितियक तथा भाषिक ज्ञानको जग बलियो हुनुपर्दछ । 

सञ्चारको सबैभन्दा मौलिक रुप बोली हो । पछि भाषा विधिको विकास भएपछि मात्र  सञ्चारको क्षेत्र फैलँदै गएको हो जसले गर्दा विश्वको सबै क्षेत्रमा अपेक्षाकृत रुपमा संवाद गर्न सहजता भएको हो । धेरै मानिसहरु धेरैवटा देशमा बसोबास गर्दछन् र त्यहाँ धेरै वटा स्थानीय भाषाको प्रयोग हुन्छन् । सञ्चार अराजक पनि हुनसक्छ जस्तैः चाइना, अमेरिका आदि ।

भाषा एक विश्वव्यापी सम्बन्ध कायम गर्ने माध्यम हो । त्यसकारण, आजको प्रतिस्पर्धाको विश्वमा त्यसको पर्याप्त  ज्ञान हुनु जरुरी छ । आजका विद्यार्थीहरुलाई भोलिको भविष्यको लागि तयार हुनको लागि शिक्षा पद्धतिमा ल्याएको भाषाको विकासले पनि महत्वपूर्ण भूमिका खेल्दछ । एकपटक विद्यार्थीको मस्तिष्कमा प्रेरणाको टुसा उमार्न सकियो भने उ शैक्षणिक रुपमा फुल्नेछ, फलिफाप हुनेछ । 

No comments:

Blogger news