न्युन स्तरको सरकारी शिक्षा र गुणस्तरीय शिक्षामा सर्वसाधारणको पहुँच यी दुइ असमानता नै नेपालका शैक्षिक क्षेत्रले भोगिरहेका दुई मुख्य समस्याहरु हुन् । यो समस्या समाधान गर्नको लागि एकिकृत रुपमा एकै दृष्टिकोण भएको सूचना, सञ्चार तथा प्रविधिमा आधारित मूल आधारका शिक्षा पद्धति लागु गर्नुपर्ने हुन्छ । उच्च शिक्षा हासिल गर्न चाहने विभिन्न भौगोलिक स्थिति र आर्थिक स्थिति भएका विद्यार्थी, शिक्षक र अभिभावकहरुलाई पनि यसमा समेट्न सकोस् । त्यस्तै कितावलाई मात्र
प्राथमिकता नदिई विदेशी शिक्षा नीति अपनाउन सके अथवा ल्यापटप(प्रविधि पुस्तक) प्रत्येक विद्यार्थीलाई प्रदान गर्न सके नेपाली विद्यार्थी, शिक्षक र समग्र देशको भविष्य उज्वल बन्नेछ ।
हाम्रै आफ्नै सन्दर्भमा पनि देशका केही विद्यालयहरुमा विदेशी तथा स्वदेशी संस्थाहरुको पहल र सहयोगमा यस किसिमको अवधारणा व्यवहारीक रुपमा लागू भएका छन् भने अर्काेतर्फ जुम्ला, हुम्ला जस्ता विकट जिल्लाहरुमा वर्षको अन्तिम सम्मा पनि पाठ्यपुस्तक पुग्न नसकेको अवस्था छ । जसले गर्दा विद्यार्थीले पढ्ने इच्छा हुँदाहुँदै पनि पढ्न पाउँदैनन् र परिक्षामा असफल वा थोरै नम्वर ल्याएर सफल हुन्छन् जसको कारणले देशले वर्षेनी अदक्ष जनशक्ति उत्पादन गरिरहेको छ ।
आजको २१ औं शताव्दीको युग अझ भनौं प्रविधिको युग भनेर विश्वले परिभाषित गरिसकेको अवस्थामा हाम्रो देशमा यस्तो अवस्था रहनु भनेको विकासको पथमा अगाडी बढ्ने् सबैभन्दा ठूलो पाटो वा बाटो रोकिनु हो । देशमा जति दक्ष जनशक्ति उत्पादन हुन्छन् ती सबै विदेशीको हातमा अनि अदक्ष जनशक्ति सबै स्वदेशमा नै रुमलिरहेका हुन्छन् र अति भएपछि तीनै जनशक्ति खाडी देशमा आफ्नो ज्यान फाल्न जान्छन् । होला केही सफल भएका तर अधिकतर असफल नै भएका धेरै खवरहरु दैनिक रुपमा समाचारका रुपमा आएका पनि छन् । जसलाई हामीले नजर अन्दाज गर्न पटक्कै मिल्दैन ।
हुनत देशको राजनैतिक अस्थिरता नै यसको मुख्य जड हो जहाँ । केही गरेर देखाउने इच्छा शक्ति हुँदा हुँदै पनि इच्छा कुण्ठित गरेर बस्नु पर्ने अनि भए गरेका काम कारवाही पनि बिचैमा छाड्नुपर्ने अवस्था सिर्जना भएको छ । जसरी शैक्षिक आन्दोलनको इतिहास आजको मितिसम्म चलिरहेको छ त्यसलाई अ झ प्राथमिकता दिएर काम गर्न सके यसले सार्थकता पाउने छ ।
No comments:
Post a Comment