रामकृष्ण खतिवडा ‘रविन्स’
२१ माघ, काठमाडौं । विगत १३ वर्षदेखी सडक बालबालिकासँग कार्यरत संस्था ‘सि.पि.सि.एस्.’ के साँच्चै सञ्चार माध्यमको नजरमा नपरेकै हो त ?
युरोपियन मुलका नागरिक तथा पत्रकार ले इ.सं. २००० तिर चन्द्रोदय इन्टरनेशनल नामक संस्था खोली सडक बालबालिका, तथा युवा युवतीहरुलाई स्वास्थ्य सेवा, अनौपचारिक शिक्षा तथा अन्य व्यवहारीक शिक्षा दिनुपर्छ भन्ने महशुस गरी यस संस्थाको स्थापना गरेका थिए । तर पछि केही आन्तरिक कारणले गर्दा पुनः अर्काे सि.पि.सि.एस्. नामक संस्था दर्ता गरी सञ्चालनमा आएको थियो ।
पहिला एउटा सानो घर भाडामा लिएर सुरु गरेको यो संस्था अहिले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा साखा विस्तार गरी सडक बालबालिकाको समस्या समाधानका लागि जुटिरहेको छ । त्यस्तै आफ्नो कार्यक्षेत्र विस्तार गर्ने क्रममा यस संस्थाले उपचारका लागि एउटा पुरै घर पनि लिएको छ जसमा ३० जना विरामीले सजिलै उपचार पाउन सक्छन् । सामान्य चोटपटक देखि ठुला ठुला अप्रेशन गर्न समेत यस संस्थाले सहयोग गरिरहेको छ । त्यस्तै शैक्षिक विकासका लागि देशका विभिन्न भागमा रहेका बालबालिका जो शिक्षा जस्तो नैसर्गिक अधिकारबाट वञ्चित रहेका र पिछडिएका बालबालिकाहरुलाई शैक्षिक सामग्री उपलब्ध गराउने काम गरिरहेको छ भने आफैंले घर भाडामा लिएर सयौं बालबालिकालाई औपचारिक शिक्षाको लागि विभिन्न विद्यालयमा पढ्नको लागि पठाउने काम पनि गरिरहेको छ । त्यस्तै सडक बालबालिका लगायत अहिलेका युवा पुस्ता जसरी कूलतमा फसिरहेका छन् त्यसको लागि जनचेतनामूलक सडक नाटक, पुस्तक प्रकाशन तथा अन्य धेरै तरिकाबाट कार्य सञ्चालन गरिरहेको छ ।
‘सेवा नै धर्म हो’ भन्ने मूल तत्वलाई आत्मसात् गर्दै काम शुरु गरेको यस संस्थाले सडकका युवाहरुको ज्यान मार्ने धम्की, घुर्की, खुट्टामा ठेला, जेल समेतको पर्वाह नगरी सडकको धुलो, धुवाँ खाएर आफ्ना परिवारबाट टाढा रहेर सडक बालबालिका र युवा र समग्र देशको हितको निम्ति वर्षाैँसम्म मेहेनत गर्ने त्यहाँका सामाजिक कार्यकर्तालाई भने हामी जनता र देशले अवश्य सम्मान गर्नु पर्छ । किनभने त्यो एउटा सिपाहीले युद्ध जिते भन्दा कम छैन ।
सेवा विस्तार गर्दै जाँदा काठमाडौं उपत्यका भन्दा बाहिर पनि आफ्नो साखा विस्तार गरेको यस संस्थाले त्यहाँका स्थानीय जनता र स्थानीय रुपमा पहिलादेखि नै सञ्चालित संस्था जो संस्थाको नाममा डलरको खेती गर्दथे उनीहरुको असहयोगको कारणले गर्दा पुनः वन्द गर्नु परेको एक कर्मचारीले बताउनुभयो । तर पनि यस संस्थाले आफ्नो कार्य रोकेको छैन । सिविन, भ्वाइस अफ चिल्ड्रेन, साथसाथ, साथी जस्ता अन्य थुप्रै संस्थासँग सहकार्य गरी काम गरिरहेको यो संस्था मिडियाको आँखामा भने कमै पर्छ । मिडियाले मात्र नेता तथा आधुनीक पद्धतिको कुरा गर्छ, तर यो संस्थाको बारेमा कमै मात्र कुरा गर्छ । एक पटक वसन्तपुरबाट लाइभ प्रसारण दिएको टेलिभिजनले त्यहाँ जुन बालबालिकाको हितको कुरा गरिरहेको थियो, जुन बालबालिकाले अधिकारबाट वञ्चित हुनुपरेको भनेर वकालत गरेको थियो, त्यहाँ उपस्थितमध्ये धेरैजसो सि.पि.सि.एस्.को सेवा र सुविधा नलिने कमै थिए । त्यो प्रसारणा खाली च्यानलको विज्ञापन जस्तो लाग्थ्यो ।
यसरी आफ्नो देश त्यागेर नेपाली बालबालिकाको हितमा काम सुरु गर्ने यस संस्थाका संस्थापक र त्यहाँका सम्पूर्ण कर्मचारीहरुलाई पनि धन्यवाद दिनुपर्नेछ, देशले त्यसको सम्मान गर्नेछ र मिडियाले पनि यसलाई अझ प्रभावकारी र प्रगति गर्नको लागि सहयोग गर्नेछ भन्ने आश राख्दछु ।
लेखक आफैं त्यस संस्थाका पूर्व कर्मचारी हुन् ।
No comments:
Post a Comment