Blogger templates

Pages

Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

10 Mar 2014

लैङ्गिक भेदभाव

लैङ्गिक भेदभाव विश्वभरी नै एउटा बढ्दो समस्याको रुपमा देखापरेको छ । एउटा लिङ्गद्वारा विपरीत लिङ्गमाथि भेदभाव भैरहेको छ । जसले एउटा गम्भिर प्रश्न खडा गरेको छ कि यसलाई कसरी रोक्न सकिन्छ ? यदि हामीले समयमा नै यसप्रति सजगता अपनाएर सहकार्य गरि हाम्रो देशमा यस्ता घिनलाग्दा कार्यलाई रोक्न सकिन्छ । 

मुख्य कुरो यो हो की यस्ता कुरा हामी सबैलाई थाहा भएकै हो तर, हामी नै यसलाई बर्षाैदेखी निरन्तरता दिँदै आएका छौं । कसैलाई लैङ्गिक रुपमा भेदभाव गर्नु भनेको गैरकानुनी हो । दूव्र्यवहार भन्नाले ‘लैङ्गिक भेदभाव’ वा अवाञ्छित रुपमा कुनै एक व्यक्तिले अर्काे व्यक्तिलाई आफ्नो यौन इच्छा पूर्तीको लागि बोलेर, छोएर, चित्र, चलचित्र देखाएर गरिने यौनिक हिंसा वा व्यवहार हो भनेर बुझ्नु पर्दछ । उदाहरणः यहाँ १ वर्षको रु.१,००,०००÷– छ र महिलाले उक्त कमाईबाट रु. ५०००÷– प्राप्त गर्दछे । सरसर्ती हेर्दा यसमा त्यस्तो खास फरक देखिँदैन तर, यदि पुरुषले र महिलाले त्यही काम गरेर १ वर्षमा क्रमशः रु. १,००,०००÷– कमाउँछ र महिलाले ५०००÷– मात्र कमाउँछे भने यसमा अघिको उदाहरण भन्दा धेरै फरक पाउनुहेनेछ । त्यस्तै यहाँ पुरुष र एकल महिलामा तुलना गर्दा, जो घरबार सम्हालेर बसेका छन् पुरुषको दाँजोमा धेरैजसो महिलाहरु गरिबीको रेखामुनी रहेका छन् । यसले के बुझाउँछ भने धेरैजसो महिलाहरु अश्वभाविक रुपमा गरिबीको रेखामुनी परेका छन् । त्यस्तै महिला र युवती जसले विश्वमा ७५ प्रतिशत गरिबी निम्त्याउँछन् भन्दा पत्याउन गाह्रो पनि छ । होला यो कुरा सान्दर्भिक  नहुन सक्छ तर, नेपालको जनसंख्याको हिसावले पुरुक्षको संख्यामा महिलाको संख्या धेरै छ त्यस्तै अहिले छोरीको भविष्य राम्रो बनाउनको लागि अभिभावकले  ऋण गरेर भने पनि उच्च शिक्षा दिने, महिला र युवतीहरुको भड्किलो रहन सहन र खर्चिलो जीवन यापन गर्ने शैलीलाई यसको एउटा कारकको रुपमा लिन सकिन्छ । समग्रमा भन्नुपर्दा आर्थिक भेदभाव, शैक्षिक भेदभाव पनि एउटा गरिबी बढाउने मुख्य कारक हो । 
यहाँ सोचनीय कुरो के छ भने, के विश्वमा महिलाले अहिले पाइरहेको अनादर उनीहरु महिला भएर, लामो कपाल भएर अथवा केटीको स्वभाव भएर मात्र हो त ? हामी सबै एउटै हौ, हामी सबै सक्षम छौं त्यसैले अलिकती अप्ठ्यारो लागे पनि हामीले एक अर्कालाई आदर गर्नैपर्छ । धेरैजसो विद्यालयमा ठूलालाई मानसम्मान र आदर सत्कार गर्नुपर्छ भनेर विद्यार्थीहरुलाई पढाइन्छ । के यसरी पढाइएको कुरा हामी आफ्नो जीवनकालभरी नै लागू गर्न सक्छौं त अनि हामी जीवनमा कसैलाई पनि अनादर गर्नेछौं त ? यदि यस्तो हुन्थ्यो भने आज विश्वमा लैङ्गिक भेदभावको बारेमा यति ठूलो समस्या  नै हुँदैनथ्यो । 
अर्काे एउटा उदाहरण लिऔं, रक्सी सेवन र ड्राइभिङ्ग जुन जीवनको साँचो र यथार्थ उदाहरण पनि हो । हामी धेरैजसो सोच्ने गर्छौं कि हामी रक्सी कहिल्यै सेवन गर्दैर्नाै र रक्सी सेवन गरेर ड्राइभिङ्ग पनि गर्दैनौं तर जब ठूला ठूला पार्टीहरु हुन्छ तब हामी त्यहाँ अवश्य पनि पुग्छौ र एउटा गलत निर्णय लिन्छौँ अनि आफ्नै मनले नमान्ने अथवा साथीभाईको कर वा लहैलहैमा लागेर अवश्य सेवन गर्छौं र घरतिर लाग्छौं तर घरसम्म सुरक्षित पुग्न सक्दैनौं । यहाँ पिउने र ड्राइभिङ्ग गर्ने समस्या जस्तै लैङ्गिक भेदभावको समस्या भएको छ । 
हामीले यही समस्यालाई नै समाधान गर्नुपर्छ र मलाई लाग्छ यो समस्या समाधानको लागि हामीले साधारण मानिसलाई साधारण तरिकाले सम्झाउनुपर्छ । यदि हामी सबैले यो महशुस गरेका छौं भने यो ठूलो समस्या पनि हुँदैन । यदि हामिले अहिलेदेखी नै जनचेतना फैलाउने किसिमका कार्यक्रमहरु देशका हरेक स्थानमा गर्न सक्यौँ भने यो समस्या समाधान गर्नको लागि केही सहयोग अवश्य पुग्ने छ । 
साराशंमा यस किसिमको कार्यले देश मात्र नभएर सम्पूर्ण विश्वमा नै लैङ्गिक भेदभावको अन्त्य हुनेछ । 
              
                                                                                                                         रामकृष्ण खतिवडा‘रविन्स’

No comments:

Blogger news