Blogger templates

Pages

Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

3 Nov 2010

आज मेरो मन दुखेको छ ।

आज त्यसै त्यसै मेरो मन दुखेको छ ।
हिजो वीर गोर्खालीको नामले विश्वमा सामु
कहलिएको मेरा देश आज त्यहि विश्वमाझ झुकेको छ
हो त्यसैले मेरो मन दुखेको छ ।

नेपालको इतिहासका ठूला ठूला घटनाले नदुखेको मेरो मन
आज जनताको भावना विपरीत खेलवाड हुँदा दुखेको छ ।
आज त्यसै त्यसै मेरो मन दुखेको छ ।

देशमा जनता नुन समेत खान नपाएर बसेका छन्
दशैं जस्तो महान चाडमा भोकै भोकै बसेका छन्
तर नेताहरू विदेश भ्रमणमा करोडौँ खर्चेर मोज गरिरहेका छन्
हो त्यसैले मेरो मन दुखेको छ ।

हातमा बन्दुक हुँदा खुकुरीदेखी डराउने विस्तारवादी
आज ठाडो हस्तक्षेपमा लागेको छ ।
हो त्यसैले आज मेरो मन दुखेको छ ।
हो त्यसैले आज मेरो मन दुखेको छ ।

No comments:

Blogger news