Blogger templates

Pages

Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

1 Oct 2013

काठमाडौंमा धेरैको (गजल)

काठमाडौंमा धेरैको कुल्ली रहेछ जीवन !
भुस्याहा कुकुर र पशुपतिको बाँदर रहेछ जीवन !!


यसले पनि घोचपेच गर्छ उसले पनि घोचपेच !
सबको पैतालाको धुलो बन्दो रहेछ जीवन !!


पैसा छउञ्जेल एता र उता !
सकिएपछि रोडको बास रहेछ जीवन !!


कमाएका सबै पैसा यहीं सिद्धिन्छ  !
त्यसपछि खरानी बन्दो रहेछ जीवन !!

घर व्यवहार सम्झी काप्न थाल्छ जीउ !
विस्तारै विस्तारै रोडको बास रहेछ जीवन !!


केहि हुँदैन साथमा अनि !
अन्तिम उपाया त रोज्नै पर्ने रहेछ जीवन !! 
“रविन्स”
कोशिशबाट
(२०६८ कार्तिक २१ गते)

No comments:

Blogger news