Blogger templates

Pages

Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

13 Nov 2013

तिलगंगामा दुर्घटना, दुईको मृत्यु


 २७- कात्तिक, काठमाण्डौं । काठमाण्डौंको गौशालास्थित तिलगंगा नजिकै भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । गएराति  १ बजे तिर बा ८ च ३०४० नम्बरको निजी कार पुलबाट खसेको प्रहरीले जनाएको छ । 

कारका चालक बिमल गिरी र उहाँकी श्रीमती पुष्पा गिरीको उपचारका क्रममा मृत्यु भएको सई राजु भण्डारीले जानकारी दिनुभयो ।
दुर्घटनामा परी २२ बर्षकी विपना क्षेत्री, २२ बर्षकै लीला ढकाल र नारायण मैनाली घाइेत छन् । उनीहरुको काठमाण्डौं मेडिकल कलेजमा उपचार भइरहेको छ ।
तिब्र गतिका कारण दुर्घटना भएको भन्ने प्रारम्भिक अनुमान भएपनि घटनाको अनुसन्धान भइरहेको भण्डारीले बताउनुभयो ।




No comments:

Blogger news