Blogger templates

Pages

Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

7 Jan 2013

औषधीको दुरुपयोग तथा त्यसको लत

औषधीको दुरुपयोग भन्नाले विनाकारण कुनै पनि औषधीजन्य पदार्थहरु धेरै मात्रामा सेवन गर्नु भन्ने बुझिन्छ ।
लत अथवा दुव्र्यसन भनेको एउटा यस्तो अवस्था हो जसमा शारिरीक तथा मानसिक रुपमा औषधीमा नै भर पर्ने गर्दछ ।
शारिरीक दुव्र्यसन भनेको औषधीको धेरै प्रयोग गर्दै जाँदा आफैं देखिने एउटा यस्तो अवस्था हो जसमा त्यस्तै किसिमको अवस्था सिर्जना गर्नको लागि धेरै भन्दा धेरै औषधीको आवश्क्ता पर्दछ र त्यत्ति नै मात्रामा औषधी दिएपछि त्यो अवस्था आफैं हराएर जान्छ । 
बजारमा पाइने सबै किसिमको औषधीहरु दुरुपयोग गर्न सकिने खालको छ । प्रायजसो गैर कानुनी रुपमा यसको प्रयोग हुने गर्दछ । जस्तैः खैरो हेरोइन, गाँजा, आदि इत्यादी । विश्वमा यसको प्रयोग पनि बढ्दो छ । 
जो मानिसले औषधीजन्य पदार्थको दुरुपयोग गर्ने गर्दछ त्यो मानिस सँधैजसो सामाजिक एवं स्वास्थ्य समस्याले ग्रसित हुन्छ जसले यीनिहरुलाई औषधीजन्न पदार्थको दुरुपयोग गर्नतिर अग्रसर गर्दछ तथा त्यही औषधीको दुव्र्यसनमै रमाउने गर्दछन् ।
औषधीजन्य पदार्थको दुरुपयोगले मानिसलाई आफ्ना साथीभाई, इष्टमित्र, आफन्त लगायत सामाजिक परिवेशबाट पनि टाढा राख्दछ । 

के कारणले औषधीजन्य पदार्थको दुरुपयोग हुन्छ र लत बस्छ ?
यो परिस्थिति भनेको औषधी प्रयोग गर्ने व्यक्तिको प्रकृतिमा भर पर्दछ । केहि औषधीहरु जस्तैः हेरोइन, कोकिन तथा केहि सिल्पिङ्ग ट्याब्लेट, पेनकिलर आदि शारिरीक रुपमा दुव्र्यसन हुन्छ । यसले शरिरमा विशेष असर गर्दछ र सहिष्णुता र लक्षण देखाउँछ । अरु औषधी भनेको मानसीक रुपमा दुव्र्यसनतिर अग्रसर गराउने मात्र हो । यदि मानिस त्यो औषधीको लागि लालस छ अथवा त्यसको लागि पछि लागेका छ भने । 
केही मानिसहरुमा भने सबै मानिसको तुलनामा अत्यधिक नशा दिने औषधीको सेवन खतराजनक हुन्छ । यो एउटा लत हो वा एउटा तत्व हो जसले मानिसलाई यसतर्फ अग्रसर गरेको छ भनेर विश्वका विभिन्न संस्थाहरुले अध्ययन अनुसन्धान पनि गरिरहेका छन् ।
सामाजिक परिस्थितिले दुव्र्यसनतिर लाग्नको लागि अझ बढि भूमिका खेलेको हुन्छ । 
त्यस्तै साथीभाईको लहलहीमा लागेर, भावनात्मक संकट, आत्मसम्मानमा कमिले पनि दुव्र्यसनमा लाग्नको लागि प्रेरित गरिरहेको हुन्छ । प्रचार प्रसार पनि दुव्र्यसनतिर अग्रसर गर्ने एउटा अर्काे माध्यम पनि हो । दुव्र्यसनको कारण बुझ्नको लागि दुव्र्यसनी कस्तो प्रकारको हो र दुव्र्यसनीलाई दुव्र्यसन गर्न कसले प्रेरित गरिरहेको छ भनेर बुझ्नु पनि जरुरी हुन्छ । 

दुव्र्यसनीको उपचार कसरी गरिन्छ ?
पहिलो चरणको उपचार भनेको हरेक दुव्र्यसनी व्यक्तिमा समस्या छ छैन भनेर बुझ्ने हो । त्यस्तै दुव्र्यसनीको समस्याको बारेमा बुझ्नको लागि यस क्षेत्रमा काम गरिरहेका व्यक्तिहरुनै सक्षम हुन्छन् र उनीहरुले कुनै विषेशज्ञको आवश्यक्ता छ÷छैन सल्लाह दिन सक्तछन् । प्रभावकारी उपचार व्यक्तिको आवश्यक्ता अनुसार नै हुने गर्दछ र यसको पहिचान कुन व्यक्ति कस्तो किसिमको दुव्र्यसनी हो र कस्तो प्रकारको औषधीजन्य पदार्थ दुरुपयोग गरेको हो । 

वर्तमानमा ब्रिटेन दिशानिर्देश गर्ने संस्थाले नशालु पदार्थको दुरुपयोगको उपचारमा ६ वटा प्रावधानहरु निर्धारण गरेको छः
१. चार तरिकाले औषधीजन्य तथा नशालु पदार्थको दुव्र्यसनीको मूल्याङ्कन गर्नु पर्ने हुन्छ । स्यास्थ्य,  
    सामाजिक कार्य तथा आपराध र अपराधिक संलग्नता ।
२. दुव्र्यसनी बनेका अभिभावकहरुको बाल बच्चामा पर्ने खतराको मूल्याङ्कन ।
३. उपचार सुरु गरेका दुव्र्यसनीहरुको दैनिक रुपमा निरिक्षण गर्नुपर्दछ । 
४. दुव्र्यसनीको उपचार एक शृङ्खलाबद्ध उपचार हो न कि सहभागी मात्र हो । 
५. दुव्र्यसनीको उपचार गर्दा कुनै एउटा विशेष योजना बनाएर मात्र कुनै निश्चित ग्रुपको जिम्मा दिनुपर्दछ र  
    नियमित निरिक्षण पनि गर्नुपर्दछ । 
६. औषधीको परिक्षण मूल्याङ्कन, निगरानी तथा अनुपालन उपचारको क्षेत्रमा एउटा नयाँ उपयोगी उपकरण 
    हुन सक्छ । 

No comments:

Blogger news