Blogger templates

Pages

Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

30 Sept 2013

पत्तै भएन मलाई वफादार कसले बनायो

पत्तै भएन मलाई वफादार कसले बनायो
अत्याचार सहने इमान्दार कसले बनायो ।

सँधैभरी अर्काको लागि गुलामी
जे पनि मान्ने आज्ञाकार कसले बनायो ।

दोधारमा बित्दैछ अमूल्य जीवन
न वार, न पार मझधार कसले बनायो ।

फुर्सदमा बनाउनु पथ्र्यो यो मानव चोला
खै यो हतार गरि कसले बनायो ।

पीडीत पो भयो अरे रविन्स
खै यो निराधार हल्ला कसले बनायो ।

रामकृष्ण खतिवडा‘रविन्स’

No comments:

Blogger news