Blogger templates

Pages

Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

27 Nov 2013

चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी

कञ्चनपुर, १३ मंसिर । ज्यानको माया मारेर काम  निर्वाचनमा सुरक्षा दिन खटिएका एक म्यादी प्रहरीले उपचार नपाएका हुन् ।


कञ्चनपुरबाट बैतडी खटिएका भीमदत्त नगरपालिका(७ हल्दुखालका म्यादी प्रहरी राजेन्द्र चन्द बैतडीको दशरथ चन्द नगरपालिका सुन्दरखालीस्थित दशरथ उमाविमा डयुटीमा खटिएका बेला दुईतलाबाट खसेका थिए । 
दुईतलाबाट खस्दा चन्दको अघिल्तिरका तीनवटा दाँत खसेका छन् भने छाती र हातखुट्टमा समेत चोट लागेको उनको परिवारले जनाएको छ । उनका बुबा उदा चन्दका अनुसार राजेन्द्र कात्तिक १७ गते डयुटीमा खटिएका बेला खसेका थिए, उनको उपचार बैतडी जिल्ला अस्पतालमा गरिए पनि निको हुन सकेको छैन । 

सरकारले निर्वाचनमा खटिने जुनसुकै कर्मचारीलाई घाइते भएमा झन्डै २५ हजारबराबरको उपचार खर्च गर्ने व्यवस्था गरे पनि चन्दले भने सो रकमबराबरको उपचार नपाएको गुनासो गर्नुभयो । राजेन्द्रले आफ्नो तलबबापत पाँच हजारबराबरको उपचार गरे पनि निको नभएको बुबा उदाले बताउनुभयो ।

चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी भनेझैं भयो ” उहाँले भन्नुभयो ।  घाइते चन्दको थप उपचार र क्षर्तिपूर्तिका लागि स्थानीय प्रशासनले प्रहरीलाई परिपत्र पठाए पनि बैतडीका प्रहरी प्रमुख हुमनाथ निरौलाले उपचार खर्च दिन नमानेको उहाँले बताउनुभयो । उनका परिवारले घाइते चन्दको थप उपचार र क्षतिपूर्तिका लागि सरकारसँग माग गरेका छन् ।

No comments:

Blogger news