Blogger templates

Pages

Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

6 Dec 2013

जेष्ठ नागरिक व्यवस्थापन एक चुनौती

             बढ्दो जेष्ठ नागरिकहरुको संख्याको कारणले गर्दा आज सबै राष्ट्रको ध्यान यो विषयतिर दिनदिनै बढ्दैछ र यसबारे अन्तराष्ट्रिय समूह पनि विस्तारै कृयासिल हुँदैछन् ।
संयुक्त राष्ट्र संघले पनि आफ्नो वार्षिक कार्यक्रममा जेष्ठ नागरिकको कार्यक्रम जस्तो अक्टोबर १ तारिखलाई अन्तराष्ट्रि बृद्ध वर्ष र जुन १५ लाई विश्व जेष्ठ नागरिक दुव्र्यवहार विरुद्धको चेतना कार्यक्रम मनाउने गर्दछ जसलाई नेपालमा पनि मनाउँदै आइएको छ ।
जेष्ठ नागरिकहरु बारे सबै राज्यले केही व्यवस्था गरेन वा गर्न शुरु गरेन भने यो समस्याको समाधान विकारल हुँदै जाने कुरा विश्व स्वास्थ्य संगठनको एक तथ्याङ्कले पुष्टी गरेको छ । जस अनुसार ई.स. २००६ मा विश्वमा ६० वर्ष माथिको जेष्ठ नागरिकहरुको संख्या ६५ करोड थियो र यो संख्या ई.स. २०२५ सम्म एक अरब बीस करोड पुग्ने छ । ई.स. २०५० मा यो संख्या २ अर्बभन्दा बढी हुनेछ । जन संख्या त्यस बेलाको बालबालिका संख्याभन्दा बढी हुन्छ । उचित स्वास्थ्य, ज्ञान, राम्रो खानपान, व्यायम र शरिर शारे चेतना बुद्धको कारणले तथा घट्दो जन्मदर र घट्दो मृत्युदले गर्दा पनि यो तथ्याङ्क आएको हो । 
जेष्ठ नागरिकहरुको बुद्धीदर फरक–फरक मुलुकमा फरक–फरक भए तापनि विकसित मुलुकमा बुद्धिदर बढी छ । त्यसै क्रममा विकासशील र अविकसित मुलुकमा कम छ तर पनि यो संख्या सबै ठाउँमा क्रम बढ्दो छ । विश्वमा ५ देखि २५ सम्म बुद्धीदर छ । नेपालमा २०६८ को जनगणना अनुसार ७.१ ले जेष्ठ नागरिकहरुको बुद्धिदर भएको अनुमान छ । जसअनुसार करिब २४–२५ लाखको हाराहारीमा पुग्न आउँछ । 
             नेपालमा यसको संख्या बढिरहेको महसुश बुद्धाश्रमहरुमा (म देवाश्रम भन्न रुचाउँछु) भएको तिनमा उपस्थिती जनाउँछ । यसरी यो संख्या बढिरहेता पनि नेपालमा मात्रै होइन विश्वमा नै यसको  लागि पुग्न पर्ने ध्यान जति हो त्यति पुग्न सकेको छैन भन्दा असुक्ती नहोला । विश्वमा यसको व्यवस्थापनको बारेमा दिनदिनै चासो बढ्दो छ किनकी भट्ट हेर्दा बालबालिका र यिनीहरुको उस्तै देखेता पनि धेरै फरक छ । किनकी शारीरिक बनोट यिनमा लाग्ने तिनको सोच्ने क्षमता आदि बालबालीकाको भन्दा बिलकुलै फरक र जटील हुने गरेको पाइन्छ । अतः यसको व्यवस्थापन गर्नेहरुलाई र प्रत्यक्ष हेरचाहमा सामेल हुनेलाई प्रसस्त तालिम र परामर्शको खाँचो पर्दछ र त्यतिमात्र नभई कुनै अवस्थामा स्वयं सेवा जतिलाई मानसिक तनाम व्यवस्थापन परामर्श समेतको जरुरत पर्न सक्छ । 
यिनीहरुको व्यवस्थापन पक्षको विचार गर्दा एउटा सानो घर परिवारका बुवा आमा, सासु ससुरा आदि जेष्ठ नागरिकहरुलाई आजभोली झन्झटीलो रुपमा लिना थालिएको गुनासाहरु प्रसस्तै आउन थालेको छ जसको परिणाम तिनलाई वेवारिसे अवस्थामा छाडिदीने वा फालिदिने घटनाले पुष्टी हुन आउँछ । यो हुनुमा कमजोर कानुन, दण्डहीनता, सानो परिवारको अवधारणा, कमजोर आर्थिक पारिवारिक स्थिति हाम्रो संस्कृतिको लोप अशिक्षा अन्तरपुस्ताको ठूलो खाडल आदि हुन सबैभन्दा बढी नयाँ संस्कार र यस बीचमा संस्कृति पनि जिम्मेवार हुनु जस्तो मलाई लाग्छ । 

भात खाएपछि यो भातको सिता जिउभरि हिँड्छ यो सारा शरीर आगोमा पोले जस्तो हुन्छ पैतालाबाट सुईरो पसेर तालुबाट निस्कन्छ, अक्षता फालिदेउ मनकामनामा भाकल छ, त्यसैले यस्तो भाको यस्ता कुरा डाक्टरले हुँदैन आदि भनाई हाम्रा घरमा केही जेष्ठ नागरिकहरु हुन् यसरी मेरो सामान चोरीयो, मलाइ थोरै दियो चिया सँधै ढिलो हुन्छ, लामखुट्टेले हैरान पायो नून बढी भो खोरसानी बढी हालेछन् तरकारीमा पिरो भो, मेरो मान्छे कोही आउँदैनन्, फोन गरी दिन प¥यो, मलाई केही पर्दैन, ईष्टमित्रकोमा जान्छु जान पाउँ मामावलीले वोलाएका छन् गएर आउँ है, फूपू दिदिकोमा वोलावट भाको छ जाउँकि के गरौँ भाई पर्नेको श्राद्ध छ, आज गएर आउँ है, मालिकबाट लिन आउन भाका थियो जान मिल्छकि मिल्दैन । 
आदि त्यसरी भनाई अधिकाँश जेष्ठ नागरिकहरुको भनाई हो यी भनाईबाट अधिकांश जेष्ठ नागरिकहरुको सन्तुष्टीमा पुष्टी हुँदैन ।
अब यसमा प्रश्न यो समस्या साधारण हुन वा असाधारण र यो समस्या व्यवस्थापनले समाधान गर्न सक्छ कि सक्दैन झट्ट हेर्दा यी समस्या साधारण लाग्न सक्छ तर यो उनीहरुको लागि समस्यानै हो । कष्ट जिवन हुन सक्छ केबल प्रस्तुतीको ढंग मिलेको हुन सक्छ । 
नेपालमा जेष्ठ नागरिक व्यवस्थापकीय पक्षबाट हेर्दै एउटा साधारण घर परिवारबाट रहेकालाई हेरचाह गर्दा पु¥याउनु पर्ने ध्यान र अर्काे पैसा लिएर वा नलिए नेपाल राज्यभर संचालित बुद्धाश्रम (म वेदाश्रम भन्न रुचाउँछु) दिवा सेवा केन्द्र वा जेष्ठ क्लव आदि जसमा राज्यद्वारा संचालित संघ संस्था समेत पर्दछ । 
             नेपालमा वास्तवमा बृद्धाश्रम व्यवस्थापनलाई हेर्ने हो समाज, परिवार र राज्यको दुष्टीकोण यसको ज्ञानको अभावको कारण झण्डै उस्तै देखिन्छ अर्थात् परम्परागत र कल्याणमुखी छ । यसो हुनाको कारण आर्थिक सामाजिक र कानूनी कारण प्रमुख हुन् अर्थात् आर्थिक अभावले गर्दा व्यवस्थापन राम्रो बनाउन नसक्नु सामाजिक संरचनामा रहेकाहरुले यसलाई मर्यादित र विषयलाई पहिचान गर्न नसक्नु पनि हो । त्यति पाउन सकेको पाईदैन । नेपालको सन्दर्भमा यस विषयमा पनि सुरुवात भैसकेको छ जसमा विगत ४ वर्ष देखि नेपाल सरकार महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय र तत्कालिन राष्ट्रिय जेष्ठ नागरिक संस्था संजाल र हाल राष्ट्रिय जेष्ठ नागरिक महासंघको संयुक्त प्रयासमा हालसम्म करिब ५०० जना जेष्ट नागरिक संघ सम्बन्धित र आवास तथा दिवा सेवा केन्द्र आदि संचालन गर्नेहरुलाई जेष्ट नागरिक संचालन व्यवस्थापन तालिम प्रदान गर्दै आएको छ जसमा सन्तुलित आहार, तिनमा लाग्ने रोग, प्राथमिक उपचार, जेष्ठ नागरिक मैत्री वातावरण परिवार सम्झन राज्य आदिको भूमीका, सरकारी कानूनी व्यवस्था जस्ता कुराको व्यवस्थापकीय कोणबाट आवासीय तालिम दिईँदै आइरहेकोले पछि नेपालमा पनि यस विषयमा बामेसर्दै गरेको अुनभव गर्न सकिन्छ । 
नेपालमा जम्मा जम्मी संचालनमा आएका जेष्ठ नागरिक आवास गृह (बृद्धाश्रम) हरुको संचालनमा आएका समस्यामा प्रमुख रहेको यही आर्थिक अभाव नै देखिन्छ त्यसमा अरु व्यवस्थापकीय पक्ष भने गौण पर्न गएको पाइन्छ । किनकी यसको पूर्वाधार नै राम्रो नभएको बुद्धाश्रमहरुको संख्या उल्लेखित ढंगबाट मात्र बढी देखिन्छ जसको अगाडि अन्य प्रमुख मानिन्छ त्यसपछि अवस्था गौण हुन जान्छ । धेरैजसो बुद्धाश्रमहरुमा काम जेष्ठ नागरिक १५ जनाभन्दा कमको संख्या छ भने, २५ देखि ५० संख्याका अझै न्यून र १०० भन्दा माथिको नेपाल सरकारले संचालन गरेको समाज कल्याण केन्द्र बुद्धाश्रम पशुपतिको मात्र छ जसमा हाल २३० जनाको दरवन्दि छ जुन कहिले काही बढेर २४० सम्म पुग्छ र कहिले घटेर २२७ पनि हुन्छ । एउटा उखान सुनेको थिएँ ‘जेठा मामाको के गती, कान्छा मामाको भांग्राको धोती न टोपी’ भनेझैँ सरकारले नमूनाको रुपमा प्रस्तुत गर्न पर्ने बृद्धाश्रम व्यवस्थापकीय सन्तोषजनक छैन भने, अरुले कसरी राम्रो गर्ने प्रश्न उठ्न सक्छ । तर यो पनि ठूलो काम मान्नु पर्छ किनकी यसले केही नभएका वा घरवार समेत वेसाहारा आमाबाबुले आँसु भने पुछेको कुरामा दुई मत छैन । 
             राज्यको ढुकुटीबाट झण्डै वार्षीक १ करोड ३० लाख गत वर्ष आएकोमा ३० लाख तलव मै सकिन्छ बाँकी एक करोडले खाना लत्ता औषधोपचार पानी, वीजुली, कार्यालय व्यवस्थापन मर्मत संभार आदिमा खर्च गर्न पनि पुग्दैन त्यसमा पनि २३० जना बुद्धाहरुलाई वार्षिक कम्तीमा २०००÷– को औषधी मात्र लागेमा ४ लाख ६० हजार खर्च जान्छ भने हस्पीटल लानुपरेमा वार्षिक विनियोजित रु. ३ लाखले पुग्छ ? अहिले बुबा आमालाई झुल किन्ने बजेट छैन भन्नु हुन्छ कार्यालय प्रमुख राम शरण थापाज्यू सरसर्ती हेर्दा यूनेस्कोको विश्व सम्पदा सूचीमा परेको घर जसलाई फेर बदल १ ईन्च गर्न मिल्दैन झ्यालमा किला हान्न मिल्दैन चिसोेले काम्दै कुनामा लुकेर जीउ तताउन चुरोट तान्ने आमा बुबाको मुखबाट कसरी कुन मनले चुरोट थुतेर फाल्ने ? हिटर वालीदिन राखेको छैन । त्यसरी नै लोडसेडिङ्ग हुँदा अन्धकार छ वस्ने छर जेष्ठ नागरिक मैत्री छैन मबाट डर हुन्छ बुबा आमा व्यवस्थापन जानेर मात्र के गर्ने यो भनाई पनि कार्यालय प्रमुख कै हो ।
बृदाश्रम चलाउन संसार मै फलामको चिउरा चपाए जस्तो छ चाहे अमेरिका यूरोप आदि नेपालको त ढलान किला नपाए जस्तै छ भन्दा असली होला तापनि जति पनि बृद्धाश्रम छन् तिनलाई सञ्चालन गर्न चाहे रु.१ चन्दाबाट होस मूठी दानबाट होस् या सरकारी अनुदानबाट जेष्ठ नागरिक स्वयंले दिएर सञ्चालन भएका हुन् तिनमा पूर्णरुपमा व्यवस्थापन काममा हेर्दा फेल भए तापनि माया र साहारा दिएर धर्म कमाउने मा भने अव्वल नम्बर ल्याएका छन् भन्दा अत्युक्ती नहोला ती आश्रीत आमा बुबालाई बृद्धाश्रममा के कसो गर्न सकिन्छ गरेर सकेसम्म राम्रै सँग राख्नु पर्छ सो उनीहरुको स्वतन्त्रता पनि हो । 


Blogger news