Blogger templates

Pages

Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

6 Dec 2013

हाम्रो गुरु योजना

जसरी आज विश्वमा प्रविधिको द्रुत गतिमा विकास भैरहेको छ । त्यस हिसावले अझै पनि यसमा कतिपय मानिसहरुको पहुँच पुगेको छैन । विशेषगरी ग्रामिण भेगका मानिसहरुलाई यसले ओगट्न नसकेको अवस्थालाई  हामी नकार्न सक्दैनौं । यसले विश्वलाई एकै स्थानमा ओगटेको भएपनि यसको विकासले सकारात्मक र नकारात्मक दुवै पक्षलाई उत्तिकै महत्व दिलाउँछ । किनभने विश्वमा घट्ने धेरैजसो घटना वा परिघटना प्रविधकै गडबडी, दुरुपयोग, पहुँचको कमी आदिले हुने गर्दछ । त्यस्तै यसको विकासले कार्यक्षमतामा भने अत्यधिक वृद्धि गराई छिटो, छरितो, सुलभ तरिकाले कार्य सम्पन्न गराएको छ ।
आज देशमा रोजगारीको सिर्जना नहुनाले हजारौँ दक्ष युवा विदेश पलायन भैरहेका छन् । भनिन्छ ‘नेपालको कानुन दैव जानुन’ त्यसैले पनि होला देशमा वर्षमा जति जनशक्ति उत्पादन हुन्छन्
त्यसमध्ये धेरैजसो अदक्ष नै हुन्छन् । जे जसो भएपनि हाम्रो उदेश्य भनेको हाम्रा गाउँ ठाउँका युवायुवतीहरु जति पनि आफ्नो देशबाट टाढा गएर आफ्नो श्रम बेचेर सकि नसकि दुःख गरि घरमा पैसा पठाइरहेका छन्, जसरी उनीहरु परिवारबाट टाढा बस्न बाध्य भएका छन् त्यो दुरीलाई केहि हदसम्म कम गर्ने माध्यमका रुपमा हामीले हाम्रो गुरु योजना अन्तर्गत हाम्रै आफ्नै गाउँ ठाउँ अर्थात कल्लेरी गा.वि.स., वडा नं. ८ छाँगेटारमा एउटा कम्युनिकेशन सेन्टर खोल्ने कार्य अन्तर्गत प्राविधक कार्य गरिरहेका छाँंं । जसबाट तपाई आमा बुवा र भनौँ आफ्नो घरबाट टाढा गएर पैसाको कारोबार गर्नुपर्ने, भेटघाटको अथवा बोलचालको माध्यमले नियार्साे मेटाउनु पर्ने बाध्यता छ त्यसलाई हामी भिडियो कलको माध्यमबाट केही हदसम्म कम गर्ने कार्य गर्ने छौं । साथै अन्य विभिन्न कार्यहरु यसको सुरुवात सँग सँगै गर्ने योजना पनि हामीले बनाएका छौं । आशा छ तपाईहरुले यसलाई मन पराईदिनुहुनेछ र साथ पनि दिनुहुनेछ ।

No comments:

Blogger news